शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मितिः२०८१/०६/२२०)

राष्ट्रिय कृषक समुह महासंघ नेपालले केएर नेपाल सँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गा.पा. तथा धनगढीमाई न।पा। साथै सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णसावरन गा पा संगको सहकार्यमा मधेश प्रदेशमा अवस्थित साना र भूमिहीन महिला, युवा र सीमान्तकृत किसानहरूलाई हरितगृह ग्यास उत्सर्जन घटाउँदै जलवायु परिवर्तन अनुकूलन अभ्यासहरू अपनाउने र सम्बन्धित स्थानीय नगरपालिका तथा गाउँपालिकाहरुको नीतिहरू, योजनाहरू तथा कार्यक्रममा जलवायु न्यायलाई प्रतिबिम्बित गर्न मद्दत गर्ने उद्येश्यले जलवायु मैत्री गाउँ नेपाल परियोजना संचालनमा रहेको छ ।

उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले मुल्य अभिवृद्धि करमा दर्ता भएको वा मुल्य अभिवृद्धि करमा दर्ता नगरी संचालन गर्न पाउने भनी कानुनले तोकिदिएको हकमा पान दर्ता भएका उल्लेखित सामग्रीहरु आपुर्ती गर्न ईच्छुक अधिकृत बिक्रेता आपुर्तिकर्ता तथा वितरकहरुबाट यो सूचना प्रकाशित भएको मिति देखि २०८१ साल कार्तिक ४ गते दिउँसो १ः०० बजे सम्म  तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन वा ईमेल ठेगानालाना nfgfmadeshpradesh2075@gmail.com मार्फत पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ।

आपूर्ति गरिने सामग्रीहरुको विवरणः 

आपुर्ति गरिने सामग्रिको विवरण तलको लिंक वाट डाउनलोड गर्न सकिने छ। 

https://docs.google.com/document/download

१.    माथि उल्लेखित सामग्रीहरु लाभग्राहीले आवश्यकताअनुसार छनौट गरी खरिद गर्नेछन् । साथै स्थानीय समुदायले बढी खरिद गर्ने गुणस्तरिय सामग्रीलाई उच्च प्राथमिकता दिईनेछ । .

२.     माथि उल्लेखित पालिकाहरुमा प्रति पालिकाभित्र रहेका कृषक समुहका २० देखि २५ घरपरिवार संख्या हुने गरी करीव १०० वटा कृषक समूहहरु छनौट गरिनेछ । उस्तै प्रकृतिका सामग्रीहरु यस महासंघद्धारा संचालन भएका अन्य परियोजनामा पनि आवश्यक परेमा छनौट भएका आपूर्तीकर्ताहरुबाट नै खरिद गर्न सकिने छ । यस्तो अवस्थामा तोकिएको लाभग्राही संख्या वृद्धि हुन सक्ने छ ।  छनौट भएका ती लाभग्राहीहरुले उल्लेखित सामग्रीहरु तथा निर्माण सामग्रीहरु आवश्यक्ता अनुसार छनौट गरी सम्बन्धित आपूर्तिकर्तासँग खरिद गर्न सक्नेछ   । सामग्रीखरिद लाभग्राहीसंग निर्माण गरिएको खरिद योजना अनुसार गरिने छ ।  

३.     छनौट भएको आपूर्तीकर्तासंग गरिएको सम्झौता तथा खरिद आदेश बमोजिम सामग्रीहरु खरिद गरिने छ । आपूर्तिकर्ताले लाभग्राहीले माग गरेका उल्लेखित सामग्रीहरु उपलब्ध गराउने छ । आपूर्तिकर्ताले लाभग्राहीलाई उपलब्ध गराएको सामग्रीहरुको विवरण आफूसँग रेकर्ड राख्ने छ । उक्त रेकर्डको आधारमा आवश्यक कागजात सहित आपूर्तीकर्ताले विल र भर्पाई सहित महासंघमा भुक्तानी माग गर्ने छ र महासंघले आवश्यक प्रकृया पुरयाई बैंक खातामार्फत रकमभुक्तानीगर्दै जानेछ । 

४.     आपूर्तिकर्तालाई भुक्तानी गर्दा नियमानुसार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिने छ ।  

५.     उपरोक्त बमोजिमको कारोवार २०८१ साल कार्तिक महिना देखि २०८२ साल असार महिना सम्म सञ्चालन गरिने छ ।

६.     स्थानीय तथा सम्बन्धित पालिकामा सञ्चालनमा रहेका आपूर्ति कर्ताहरुलाई छनौट प्रकृयामा प्राथमिकता दिईने छ । प्रत्येक पालिकाको लागी फरक फरक सामग्रीहरु आपूर्ती गर्नको लागि फरक फरक आपूर्तीकर्ता छनौट गरिने छ । तर अन्य पालिकामा पनि सामग्री आपूर्ति गर्न सक्ने क्षमता र उपलब्धता देखिएमा एउटै आपूर्तिकर्तालाई एक भन्दा बढी पालिकामा समेत सामग्री आपूर्ति गर्नको लागि छनौट गर्न सकिनेछ ।   

७.     इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले कार्यालय समय भित्र संस्थाको कार्यालयमा उपस्थित भई वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत बोलपत्र प्राप्तीको लागि आधिकारीक पत्र मार्फत बोलपत्र फारम प्राप्त गर्न सक्ने छ ।  यो सूचना प्रकाशित भएको मिति देखि २०८१ साल कार्तिक ४ गते दिउँसो १ः०० बजे सम्म  कोटेशन पेश गर्न सकिने छ । 

८.     बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यान दर्ताप्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खामबाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथिउल्लेखित सामग्रीहरु मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरुको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ ।

९.     बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (कर तथा स्थानीय कृषक समूहहरुमा गरिने ढुवानी समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्यहुने छैन ।

१०.    बोलपत्र फाराम खामबन्द गरी लाहाछापले शिलबन्दगरिएको हुनु पर्नेछ, अन्यथा उक्तबोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

११.     बोलपत्रहरु मिति २०८१ साल कार्तिक ४ गते २ः३० बजे महासंघको कार्यालयमा  खोलिने छ ।   वोल पत्र पेश गर्ने फर्महरुको तर्फबाट र बोलपत्रदाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिने छ । तोकिएको मिति , समय र स्थानमा बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

१२.     म्याद नाघी वा रित नपूगीआएकाबोलपत्रउपर कुनै कारबाही हुने छैन ।

१३.     थप जानकारी आवश्यक परेमा तलउल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।    

१४.     अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र  नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपाल नीहित रहेको छ ।

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः 

राष्ट्रिय कृषक समूह महासंघ नेपाल

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.– १, सिरहा–(बालाजु पेट्रोल पम्पभन्दा उत्तर पट्टीकोे गल्ली बाट १०० मिभित्र ।)  

फोन न. ०३३–५६४०७३

ईमेल ठेगाना: nfgfmadeshpradesh2075@gmail.com

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 08 Oct, 2024
Apply Before 08 Nov, 2024
City Siraha