शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८१/६/१)

राष्ट्रिय कृषक समूह महासंघ नेपालसामुदायिक वन उपभोक्ता महासंघद्धारा केएर नेपालसँगको साझेदारी तथा लहान नगरपालिकाको समन्वयमा सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. १५ र १८ मा मुतनीखोला जलाधार क्षेत्र भित्रका वासिन्दाहरूलाई लक्षित गरी संरक्षण परियोजनाबाट वन संरक्षण, जलाधार व्यवस्थापन तथा जीविकोपार्जन सुधार कार्यक्रमहरू सञ्चालन गरिहेको छ । यसै सन्दर्भमा सामुदायिक वनमा भएका सालको पातबाट दुना टपरी वनाउने र बजारीकरण गरी साना तथा भूमिहीन किसानहरूले आयआर्जन गर्ने लक्ष्य यस परियोजनाले लिईएकोछ । सालको पातको दुना टपरी व्यवसाय सञ्चालन गर्नको लागि दुना टपरी बनाउने मेशिन खरिद गरी लहान न.पा. वडा नं. १५ मा जडान गर्ने र संलग्न किसानहरूलाई दुना टपरी बनाउने सीप समेत सिकाउने प्रयोजनको लागि मेशिन खरिद, जडान र दुना टपरी बनाउने सीप सिकाउन इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका तपशिलमा उल्लेखित स्पेसिफिकेशनका सामग्रीहरू आपूर्ति गर्न इच्छुक अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत शिलबन्दी कोटेशन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएकोछ ।

तपशिल

S.no

Particular

Specification

Required quantity

Rate Per Unit Rs.

1.

Sal leaf Plate Making Machine

Double Cylinder Dyes fitted Semi-Automatic Machine Size: L x H x W (Feet) 4.5 x 4.5 x 2 (1 Unit) Machine Weight : 350 Kgs, Pressure: 5 ton, Cutting metal: DOUBLE CUTTER HCHCR, Die Sizes (inches): 10, 8 Diaz Metal: Aluminum casting, Die Plate Size: 60mm, Heater type: 10 mm tubular Heater: 800 watt, Power Pack: Single, Control Box: 10 Regulators, Motor: Single Phase Motor (2HP), Production Capacity: 800-1000 Plates per day.

1 set


2.

Additional dyes 4”-12” (Per Inch Rate)

Additional installation of dyes (machines) with Pre installed Power Packs with Individual Control Valves. Die Metal: Aluminum casting, Die Plate Size: 60mm, Heater type: 10 mm tubular Heater: 800 watt

1 Set


3.

Heat Sealing Machine

Electric Heat-sealing machine for plastic with hot air blower for sealing



4.

Transportation and Installation cost




5.

Skill based training for making leaf plate




१. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान, व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरूको मात्र दर भाउ उल्लेख गर्नु पर्नेछ ।

२. बोलपत्र सम्बन्धित आपूर्तीकर्ताकै लेटर प्याडमा प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

३. बोलपत्र फाराम खाम बन्द गरी लाहा छापले शिलबन्द गरिएको हुनुपर्नेछ, अन्यथा भएमा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन । 

४. पेश गरिएका बोलपत्रहरू यो सूचना प्रकाशन भएको मितिबाट ८ औँ  दिन मध्यान्न २:०० बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्रदाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन । तर सो दिन सार्वजनिक बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिनेछ ।

५. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

६. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

७. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति, नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । यस सम्बन्धि सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेकोछ ।

बोलपत्र पेश गर्ने र खोलिने ठेगानाः

राष्ट्रिय कृषक समूह महासंघ नेपाल ,

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.– १, सिरहा (बालाजु पेट्रोल पम्प भन्दा उत्तर पट्टीको गल्ली बाट १०० मि.भित्र ।)

फोन न. ०३३–५६४०७३

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 17 Sep, 2024
Apply Before 23 Sep, 2024
City Kathmandu