शिलबन्दी बोलपत्र आह्वान

Dalit Society Welfare Committee Nepal

Details / requirements:

EiZehmEYhmEYhmGUC9TBy05QfrxSBI9tTjXDjfF7pwtuCSZehmEYhmEYhmEYW5ltP3OYYRiGYRiGYRjG3wwTL8MwDMMwDMMwjK2KyP8DI2PUhy+ezf4AAAAASUVORK5CYII=

दलित समाज उत्थान समिति नेपाल

जनकपुरधाम उपमहानगरपालिका ४, धनुषा

शिलबन्दी बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मिति २०८१।०६।१८

दलित समाज उत्थान समिति नेपाल एक गैर नाफामुखी, गैर धार्मिक र गैर राजनैतिक संस्था हो । ईस्लामिक रिलिफ USA को आर्थिक सहयोग, ईस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोग तथा दलित समाज उत्थान समिति नेपालको साझेदारिमा संचालित उत्थानशिल समुदायको निर्माण परियोजना (BRC) अन्तर्गत महोत्तरी जिल्लाको बलवा नगरपालिका वडा नं. १ र ३ तथा लोहारपट्टी नगरपालिका वडा नं. २ र ७ का गरिब, दलित, सिमान्तकृत र जोखिममा परेको समुदायका अति विपन्न घर परिवारहरुको आय आर्जनमा बृद्धि गर्नको लागि साना व्यवसायीहरुलाई व्यवसायीक सहयोग गर्ने उद्देश्यले खाद्य वस्तु, सौन्दर्य प्रसाधन, खाजा पसल, तरकारी तथा फलफूल, टेलर, ग्यास चुलो, खेलौना, बाख्रा, र किराना पसल तथा आपुर्तिकर्ताहरुको लागि आवश्यक सामाग्री खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरुबाट रितपूर्वक शिलवन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

बोलपत्र न.

सामाग्री विवरण

स्थान

०१/२०८१/८२

साना व्यवसायीहरुलाई

व्यवसायीक सहयोग

महोत्तरी जिल्लाको बलवा नगरपालिका वडा नं. १ र

३ तथा लोहारपट्टी नगरपालिका वडा नं. २ र ७

  • ईच्छुक र इजाजत प्राप्त फर्म तथा कम्पनीले www.JobsNepal.com को बेबसाईटमा गई आवश्यक थप जानकारी प्राप्त गर्न सक्नेछन वा संस्थाको कार्यालयबाट शिलबन्दी बोलपत्रको प्राविधिक तथा आर्थिक प्रस्ताव फारम नि:शुल्क प्राप्त गर्न सक्नेछन् वा ईमेल dswcn.procurement@gmail.com मार्फत् समेत मागँ गर्न सक्नेछन् । 
  • शिलबन्दी बोलपत्र पेश गर्दा योग्य कम्पनी तथा फर्मले आवश्यक कानुनी कागजातहरु दर्ता प्रमाणपत्र, प्यान/भ्याट दर्ता प्रमाण पत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाण–पत्र साथै अनुभवको प्रमाणपत्र समेत पेश गर्नुपर्ने छ । नयाँ दर्ता भएको फर्मले कर चुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने छैन । कबोल गरेको रकमको २.५  प्रतिशत रकम बराबरको बैंक जमानत पत्र पनि पेश गर्नु पर्नेछ ।
  • बोलपत्रको प्राविधिक र आर्थिक प्रस्तावलाई छुट्टा छुट्टै खाममा लाहाछाप शिलबन्दी गरी खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ र फर्मको छाप अनिवार्य खाममा लगाई पेश गर्नु पर्नेछ । 
  • शिलबन्दी बोलपत्र पेश गर्ने अवधि सूचना प्रकाशन भएको मितिले सात दिन सम्मको लागी २०८१ असोज २४ गते दिनको ५:०० बजे सम्म रहनेछ । शिलबन्दी बोलपत्र पत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा कार्यालय खुलको दिनमा शिलबन्दी बोलपत्र बुझने छ । 
  • बोलपत्र फारम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट बिहान ११:०० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा बोलपत्र खोलिनेछ वा कुनै कारणबश उक्त मितिमा बोलपत्र खोल्न नसकिएमा खरिद समितिले निर्णय गरे बमोजिम हुनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । 
  • समय सिमा नाघि पश्चात प्राप्त भएको शिलबन्दी बोलपत्रहरु स्वत: अस्विकृत हुनेछन् ।
  • शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।
  • शिलबन्दी आशयपत्रको आर्थिक तथा प्राविधिक प्रस्तावनाको मुल्यांकनको आधारमा पूर्ण रुपमा खारेज वा अस्विकृत गर्ने पुर्ण अधिकार संस्थाको खरिद समितीमा निहीत रहनेछ । 
  • ईच्छुक योग्य कम्पनी तथा फर्मले शिलबन्दी बोलपत्र यस संस्थाको कार्यालय जनकपुरधाम उप महानगरपालिका–४, विश्वकर्मा चौक, धनुषामा शिलबन्दी गरि हार्डकपि बुझाउनु पर्नेछ । 
  • शिलबन्दी बोलपत्र सम्बन्धमा केही जानकारी आवश्यक परेमा तल उल्लेखीत फोन नंम्बर वा ईमेल मा सम्पर्क गर्न सक्नुहुनेछ ।

ठेगाना

दलित समाज उत्थान समिति नेपाल (DSWCN), महोत्तरी

जनकपुरधाम उपमहानगरपालिका–४, विश्वकर्मा चोक, धनुषा

सम्पर्क नं.: ९८४४३८२५८८/९८४००९२३६५

ईमेल: dswcn.procurement@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 04 Oct, 2024
Apply Before 10 Oct, 2024
City Mohattari