सवारी चालक - संख्या १ धनुषा

Plan International Nepal

Details / requirements:

प्लान इन्टरनेशनल बालबालिकाको अधिकार र किशोरीहरुको समानताका लागि काम गर्ने अन्तराष्ट्रिय संस्था हो । प्लान इन्टरनेशनलले  नेपालमा २०३४ सालदेखि पिछडिएका क्षेत्रका बालबालिका, उनीहरुका परिवार र समुदायलाई जीविकोपार्जन, विकास, संरक्षण र सहभागिताको अधिकार दिलाउन सहयोग गर्दै आएको छ । प्लान इन्टरनेशनल नेपालले अहिले १२ वटा जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ । 

प्लान इन्टरनेशनल नेपाल सबै प्रकारका हिंसाबाट बालबालिका र युवा व्यक्तिलाई संरक्षण गर्न लैंगिक उत्तरदायी संरक्षण मापदण्ड लागू गर्न पूणर् रुपमा प्रतिवद्ध छ । प्लान इन्टरनेशनलको  पूर्व क्षेत्रीय कार्यालय, धनुषा का लागि २ वर्षको निश्चित अवधिको रोजगारी (करार) निम्न लिखित पदहरुका लागि आबेदकहरुबाट आबेदन लिने जानकारी गराउदछौ ।

१.     सवारी चालक - संख्या  १  धनुषा

सवारी चालकले सुरक्षा मापदण्डको राम्रो ज्ञानसहित जिम्मेवारी महसुस गरी समझदारी र निष्ठा पालना गर्दै संस्थाका कर्मचारी र आगन्तुकका लागि भरपर्दो, दक्ष र सुरक्षित सवारी सञ्चालन सेवा प्रदान गर्नुपर्नेछ । चालकले सवारीको आवश्यक सबै मर्मत सम्भारलाई नियमित रुपमा जाँच गर्नुपर्नेछ । आवेदकमा निम्न लिखित योग्यता आवश्यक छः

  • प्रमाणित सवारी अनुमति पत्र (लाइसेन्स)
  • माध्यमिक तह वा सो सरहको शैक्षिक योग्यता
  • प्रतष्ठिति कार्यालयमा सवारी चालकको कम्तिमा ५ वर्षको अनुभव
  • सुरक्षित रुपमा सवारी चलाएको रेकर्ड, सवारी चलाउँदा सुरक्षासम्वन्धी निणर्य लिन सक्ने
  • सवारीको पार्टः र यसका कामबारे प्राविधिक र मेकानिकल ज्ञान (सामान्य मर्मतको सीप भएको)
  • नेपाली भाषामा पढ्ने र लेख्ने क्षमता (अंग्रेजी भाषाको ज्ञान भएमा अझ राम्रो)

आवेदन दिनका लागि 

बायोडाटा (Bio-data) तथा निबेदन सहित निम्नानुसार आवेदन गर्न सकन्छि । 

nepal.hr@plan-international.org इमेल वा  प्लान इन्टरनेशनल नेपालको राष्ट्रीय कार्यालय, बखुन्डोल, ललितपुर तथा प्लान इन्टरनेशनलको जनकपुर धनुषास्थित कार्यालयमा  ७ नोवेम्बर २०२४ , (२०८१ साल कार्तिक २२ गते )  सम्ममा  आवेदन गर्न सकन्छि । 

नोटः छनोट सूचिमा परेका उम्मेदवारलाई मात्र छनोट प्रक्रियामा सामेल गराइनेछ । छनोट प्रक्रियाको कुनै पनि चरणमा कसैलाई प्रभावित गर्न खोजेमा आवेदन स्वतः खारेज हुनेछ ।

Overview

Category Development and Project, Development / NGO, Driver
Openings 1
Position Type Contract
Experience 5+ years
Education 10th Pass
Posted Date 25 Oct, 2024
Apply Before 07 Nov, 2024
City Dhanusha