सवारी चालक (Driver)
Details / requirements:
प्लान इन्टरनेशनल बालबालिकाको अधिकार र किशोरीहरुको समानताका लागि काम गर्ने अन्तराष्ट्रिय संस्था हो । प्लान इन्टरनेशनलले नेपालमा २०३४ सालदेखि पिछडिएका क्षेत्रका बालबालिका, उनीहरुका परिवार र समुदायलाई जीविकोपार्जन, विकास, संरक्षण र सहभागिताको अधिकार दिलाउन सहयोग गर्दै आएको छ । प्लान इन्टरनेशनल नेपालले अहिले १२ वटा जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्लान इन्टरनेशनल नेपाल सबै प्रकारका हिंसाबाट बालबालिका र युवा व्यक्तिलाई संरक्षण गर्न लैंगिक उत्तरदायी संरक्षण मापदण्ड लागू गर्न पूर्ण रुपमा प्रतिवद्ध छ । प्लान इन्टरनेशनलका पश्चिम क्षेत्रीय कार्यालय, सुर्खेत बिरेन्द्रनगर वार्ड न ८, आवास क्षेत्र का लागि २ वर्षको निश्चित अवधिको रोजगारी (करार) निम्न लिखित पदका लागि आबेदकहरुबाट आबेदन लिने जानकारी गराउदछौ ।
सवारी चालक – संख्या १, सुर्खेत
सवारी चालकले सुरक्षा मापदण्डको राम्रो ज्ञानसहित जिम्मेवारी महसुस गरी समझदारी र निष्ठा पालना गर्दै संस्थाका कर्मचारी र आगन्तुकका लागि भरपर्दो, दक्ष र सुरक्षित सवारी सञ्चालन सेवा प्रदान गर्नुपर्नेछ । चालकले सवारीको आवश्यक सबै मर्मत सम्भारलाई नियमित रुपमा जाँच गर्नुपर्नेछ । आवेदकमा निम्न लिखित योग्यता आवश्यक छ:
- प्रमाणित सवारी अनुमति पत्र (लाइसेन्स)
- माध्यमिक तह वा सो सरहको शैक्षिक योग्यता
- प्रतिष्ठित कार्यालयमा सवारी चालकको कम्तिमा ५ वर्षको अनुभव
- सुरक्षित रुपमा सवारी चलाएको रेकर्ड, सवारी चलाउँदा सुरक्षासम्वन्धी निर्णय लिन सक्ने
- सवारीको पार्टस् र यसका कामबारे प्राविधिक र मेकानिकल ज्ञान (सामान्य मर्मतको सीप भएको)
- नेपाली भाषामा पढ्ने र लेख्ने क्षमता (अंग्रेजी भाषाको ज्ञान भएमा अझ राम्रो)
आवेदन दिनका लागि
बायोडाटा (Bio-data) तथा निबेदन सहित निम्नानुसार आवेदन गर्न सकन्छि ।
nepal.hr@plan-international.org इमेल वा प्लान इन्टरनेशनल नेपालको राष्ट्रीय कार्यालय, बखुन्डोल, ललितपुर तथा प्लान इन्टरनेशनलको पश्चिम क्षेत्रीय कार्यालय, सुर्खेत बिरेन्द्रनगर वार्ड न ८, आवास क्षेत्र कार्यालयमा १५ जनुवरि २०२५, (२०८१ साल माघ २ गते) सम्ममा आवेदन गर्न सकन्छि ।
नोट: छनोट सूचिमा परेका उम्मेदवारलाई मात्र छनोट प्रक्रियामा सामेल गराइनेछ । छनोट प्रक्रियाको कुनै पनि चरणमा कसैलाई प्रभावित गर्न खोजेमा आवेदन स्वत: खारेज हुनेछ ।
Overview
Category | Development / INGO, Driver |
Openings | 1 |
Position Type | Full Time |
Experience | 5+ years |
Education | SLC / SEE |
Posted Date | 31 Dec, 2024 |
Apply Before | 15 Jan, 2025 |
City | Surkhet |