सवारी चालक (Driver)

Small Irrigation Programme

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

साना सिंचाई कार्यक्रम, नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा सन् २०१५ देखि नेपालमा संचालित छ । स्वीस सरकार विकास सहयोगले GEOCE-TMS-Aviyaan को संयुक्त उपक्रम मार्फत नेपाल सरकारलाई प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्दै आएको छ । हाल कार्यक्रमलाई निम्न पदको आवश्यकता भएकोले नेपाली नागरिकहरुबाट आवेदन आह्वान गरिन्छ ।

क्र.संपद/संख्याशैक्षिक योग्यताकार्य अनुभवसमय अवधिकार्यक्षेत्र

सवारी चालक

(१)

दश कक्षा उत्तीर्ण३ वर्ष (२ वर्ष पहाडी क्षेत्रमा सवारी चलाएको)जूलाई, २०२५ सम्मविराटनगरमा आधारित भएर कोशी प्रदेशको मध्य पहाडी पालिकाहरु

इच्छुक उम्मेदवारहरुले यस साना सिँचाइ कार्यक्रमको कार्यालयमा अथबा इमेल ठेगाना sip@sipnepal.org मा मिति १६ नोभेम्बर २०२४ सम्म आईपुग्ने गरी आवश्यक कागजात (बायोडाटा, ड्राइभिङ्ग लाइसेन्स र नेपाली नागरिकताको प्रतिलिपी) सहितको आवेदन निम्न ठेगानामा पेश गर्नुहुन अनुरोध गरिन्छ । पदको Terms of Reference (ToR) http://sipnepal.org/sip2/vacancy मा गएर हेर्न सकिन्छ ।

ठेगाना:

साना सिँचाइ कार्यक्रम

भि.आ.ई.पी मार्ग विराटनगर, वडा न. ९ 

ईमेल ठेगाना: sip@sipnepal.org

फोन नं: ०२१ –५९०४०६

नोट: महिला , दलित, लोपोन्मूख, अल्पसंख्यक, जनजाति, मुस्लिम, मधेशी र विभेदमा पारिएका वर्गलाई विशेष प्राथमिकता दिइने छ ।

Overview

Category Development / NGO, Driver
Openings 1
Position Type Contract
Experience 3+ years
Education 10th Pass
Posted Date 07 Nov, 2024
Apply Before 16 Nov, 2024
City Biratnagar