सवारी चालक
Details / requirements:
कर्मचारी आवश्यकता
प्रथम प्रकाशन मिति: २०८१–०९–२५
सहास फाउण्डेशन वातावरण मैत्री, सामाजिक आर्थिक विकासमा योगदान पुर्याउन २०१८ मा, उद्योग मन्त्रालय अन्तर्गत कम्पनी रजिष्टार कार्यलयमा दर्ता भएको संस्था हो । यो नाफा वितरण रहित कम्पनी हो । यस संस्थाको मुख्य कार्यालय ललितपुर जिल्ला, बागडोलमा रहेको छ र यसको शाखा कार्यालय नेपालका तिन जिल्लाहरू उदयपुर, सिन्धुली र मकवानपुरमा रहेको छ ।
सहास फाउण्डेसन केन्द्रिय कार्यालयको लागि निम्नानुसार सवारी चालकको आवश्यकता परेको हुँदा देहाय बमोजिम योग्यता पुगेका इच्छुक आवेदकहरूबाट दरखास्त आह्वान गरिएको छ ।
पदः सवारी चालक
संख्याः १
स्थानः ललितपुर जिल्ला
शैक्षिक योग्यता, अनुभव/सिप:
- कम्तिमा एस.इ.इ./एस.एल.सीउत्तीर्ण गरी ३ वर्ष सवारी चालकको अनुभव भएको
- नेपाली भाषामा दखल भएको, सामान्य अंग्रेजी भाषा बोल्न र बुझ्न सक्ने र प्रभावकारी संचार गर्न सक्ने क्षमता भएको
- कार/जिप/भ्यान ड्राइभिङ्ग प्रमाणित लाइसेन्स भएको
- सवारी सञ्चालन ऐनमा दोषी ठहर नभएको
- प्राथमिक उपचार सम्बन्धी ज्ञान भएको
- नेपालको ग्रामीण तथा पहाडी भेगका जिल्लाका बाटोहरूको बारेमा परिचित भएको
- सवारी साधन मर्मत/सम्भारको ज्ञान तथा प्राविधिक सीप भएको
- जिम्मेवारी र जवाफ देहिता बहन गर्न सक्ने
प्रमुख जिम्मेवारीहरू:
- सवारी साधनको प्रयोग, मर्मत, संभार गर्ने तथा समयमा बीमा गर्ने
- लग बुक भरी दैनिक रेर्कड राख्ने
- कर्मचारीहरूको फिल्ड यात्रा, सामानहरू ओसारपसार वा अन्य कुनै कार्यालयको प्रयोजनका लागि सवारी साधन चलाउनु अगावै सम्बन्धी प्रमुख वा लाइन मेनेजरको पूर्व अनुमति लिने
- यदि कुनै सवारी साधनका सामानहरू खरीद गर्नुपरे, मर्मत संभार वा परिवर्तन गर्नुपरेमा प्रशासन तथा वित्त प्रबन्धकको अनुमति लिने
- सवारी साधनसँग सम्बन्धीत खर्चका बीलहरू वित्त शाखामा बुझाउने र भुक्तानी लागि पहल गर्ने
- सुरक्षा मापदण्डलाई ध्यानमा राखी सवारी साधन चलाउँदा ट्राफिक नियमहरूको पालना गर्ने
- फिल्ड यात्रा गर्नु अगावै स्थानीय ठाउँको सुरक्षाको जानकारी लिएर मात्रै यात्रा गर्ने
- लामो दूरी एक्लै सवारी चलाउँदा बाहिरका अपरिचित व्यक्ति वा सामानहरू राखी यात्रा नगर्ने
- यात्रा गर्नु अगावै सवारी साधन कस्तो अवस्थामा छ प्रत्यक्ष चेकजाँच गरी अन्तिम निर्णय आफैले गरी चलाउने
पेश गर्नुपर्ने कागजातहरू: इच्छुक उमेद्वारहरूले आफ्नो व्यक्तिगत बायोडाटा, पुलिस रिर्पोट, निवेदन, सवारी चालक अनुमति पत्रको प्रतिलिपि र दुईजना Reference व्यक्तिको नाम र सम्पर्क नम्बर सहित मिति २०८१/१०/१० (२३ जनवरी २०२५) गते भित्रमा प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधन गरि यो ईमेलमा vacancy@sahasfoundation.org.np दरखास्त पठाउन अनुरोध गर्दछौँ ।
नोटः छोटो–सूची छनौटमा परेका उम्मेदवारहरूलाई मात्र थप छनौट प्रकृयाको लागि सम्पर्क गरिने छ । छनौट गर्ने सम्पूर्ण अधिकार सम्बन्धित संस्थामा निहित रहने छ ।
Overview
Category | Development and Project, Driver |
Openings | 1 |
Position Type | Full Time |
Experience | 3+ years |
Education | SLC / SEE |
Posted Date | 09 Jan, 2025 |
Apply Before | 23 Jan, 2025 |
City | Lalitpur |