सेवा र सामाग्री आपूर्तिकर्ताहरूको लागि सूची दर्ता सम्बन्धी सूचना

Support Nepal

Details / requirements:

सपोर्ट नेपाल

जनकपुरधाम, धनुषा

सेवा र सामाग्री आपूर्तिकर्ताहरूको लागि सूची दर्ता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८१।०५।२४ गते

सपोर्ट नेपाल (Support Nepal-SNP), मधेश प्रदेशको धनुषा जिल्लामा दर्ता भई विगत २८ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाको बिभिन्न सरकारी तथा गैर सरकारी निकायहरू सँगको समन्वय सहकार्यमा विपद व्यवस्थापन, बालबालिका तथा महिला संरक्षण, शिक्षा, जीविकोपार्जन, खानेपानी स्वास्थ्य तथा सरसफाई, जलवायू परिवर्तन, प्रकृति स्रोत साधन व्यवस्थापन, सुशासन, सामाजिक परिचालन, लघु उद्यम विकास जस्ता कार्यहरूमा सुदृढीकरण तथा सामाजिक सुशासन दिगोपना बढाउने हेतुले स्थानीय, प्रदेश तथा संधीय सरकारलाई, सहयोग गर्न विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आइरहेको छ ।  सपोर्ट नेपालले बिभिन्न निकाय संग सहकार्य गर्ने सर्ब व्यक्ति:तथा संस्थाहरुले आफ्नो बाल संरक्षण नतिको पालना गरेको तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण ,विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको भन्ने अपेक्ष गर्दछ ।

यस संस्थालाई आ.व. २०८१।०८२ (FY2024/025) का लागि तल उल्लेखित वस्तु तथा सेवा आवश्यकता अनुसार एकै पटक वा पटक पटक गरी खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन एक वर्ष सम्झौता गर्न खोजेको हुदाँ योग्य सम्भावित आपुर्तिकर्ताहरूले पुर्व योग्यता प्रकृयामा (Supplier pre-qualification process) सहभागी हुन इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायकहरूबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८१ असोज १४ गते (३० अक्टोबर २०२४) सम्म कागजात सहित शिबन्दी गरी पेश गर्न आह्वान गरिन्छ ।

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू

क) वस्तु तथा सामाग्रि तर्फ:

१) कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुदका सामाग्रीहरू आपूर्ति गर्ने कार्यहरू ।

२) विभिन्न प्रकोपको लागि सामग्री जस्तै लाइफसेफ जैकेट, रेडिमेट घर बनाउने सामग्री, सेनीटाइजर, हात धुने साबुन, किट बैग, मास्क इत्यादी आपूर्ति गर्ने ।

३) फर्निचर (काष्ठ तथा स्टिलका टेबल, कुर्सि, दराज), फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा कपडा आदी सामानहरू आपूर्ति गर्ने कार्य

४) किराना सम्बन्धी सामग्रीरू (चामल, दाल, नुन, खाने तेल, चिनी, साबुन तथा अन्य सामग्रीहरू)

५) स्कुल पोशाक तथा ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य

६) प्राथमिक उपचार तथा मेडीकल औजार सामाग्रीहरू, बिपत व्यवस्थापनका सामाग्रि आपूर्ति गर्ने कार्य

७) चुरि लहठी, श्रृङ्गार सम्बन्धी कस्मेटिक सौन्दर्य सम्बन्धी तालिम तथा तत्सम्बन्धी बस्तुको आपुर्ति

८) कम्प्युटर, ल्यापटप सिसि टिभी, फोटोकपी, प्रिन्टर, टेलिफोन आपूर्ति

९) किचनका सम्बन्धी सामग्रीरू (भाडावर्तन, ग्यास सिलिण्डर आदी सामानहरू आपूर्ति गर्ने कार्य

१०) पिउने पानी

११) मेडिकल उपकरण तथा सो सँग सम्बन्धित सामाग्री

ख) सेवा सम्बन्धी कार्य तर्फ:

१) सवारी साधन स्कारपियो, बोलेरो, पिकअप भ्यान, हायस, वुइङ्गर, मिनि ट्रक, र ट्राक्टर भाडामा लिने सम्बन्धि कार्य ।

२) छपाई (कपि, ब्यानर, ब्रोसर, पोष्टर, किताब, टि–सर्ट र क्यानभास ब्यानर आदी) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरू

३) पत्र पत्रिका विज्ञापन, एफ.एम.रेडियो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण, कुरियर सेवा (राष्ट्रिय स्तरमा) हवाई टिकट सेवा, संचार सेवा आदि ।

४) आवासीय होटल तथा रेस्टुरेन्ट सेवा (आवासीय तालिम, बैठक, सेमिनारहरूका लागि)

५) समुदायमा खाना तथा खाजा, चिया नास्ता आपूर्ती, हल भाडा सम्बन्धी सेवा धनुषा जिल्लाका लागि)

६) कार्यक्रमहरूका लागि साउन्ड सिस्टम तथा टेन्ट व्यवस्थापनको लागि आवश्यक सेवाहरू

७) सडक नाटक सम्बन्धी सेवा, भिडियो प्रदर्शनी सम्बन्धी सेवा

८) परामर्श सेवाहरू (विभिन्न विषयका प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता)

९) बहुवर्षे प्रजातिका रुख तथा फलफूलका विरुवा तथा बिउ बिजन आपूर्ती सम्बन्धी सेवा

१०) लेखा परिक्षण सम्बन्धी सेवा (Statutory Audit)

११) रेडियो तथा टेलिभिजनमा श्रव्य दृश्य तथा सूचना प्रशारण सम्बन्धी सेवा

१२) जिवन तथा निर्जिवन विमा सेवा सम्बन्धी कार्य

१३) उद्यमशीलता तथा सिपमूलक तालिम प्रदान गर्ने सेवा प्रदायक

१४) ईन्टरनेट सेवा सम्बन्धि कार्य ।

ग) मर्मत सम्बन्धी कार्य तर्फ:

१) कम्प्युटर, ल्यापटप, सिसि टिभी, फोटोकपी तथा प्रिन्टर मेसिन, टेलिफोन मर्मम तथा जडान सम्बन्धी कार्य

२) गाडी, साइकल र मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य

३) इलेक्ट्रोनिक्स उपकरण, विद्युत उपकरण मर्मत तथा जडान

थप कागजात विवरणहरूको लागि, कृपया निम्न लिङ्कहरू मार्फत जानुहोस् 

Link: Application Supplier Registration

Link: Supplier Registration Form

Link: आपूर्तिकर्तासंग स्वार्थ नबाझिएको प्रमाणित गर्ने फारम

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र  (Authorized dealer) प्रतिलिपि एक थान

२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि एक थान

३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि एक थान

४. हालमा अध्यावधि गरेको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि एक थान

५. यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि सं लग्न गर्न सकिने छ ।

६. जिल्ला भित्र दर्ता भई संचालनमा रहेको योग्य कम्पनी तथा फर्महरूलाई प्राथमिकता दिइने छ ।

आवश्यक सुचि दर्ताको फारम सपोर्ट नेपाल कार्यालयमा सम्पर्क राखि पाउन सकिने छ वा कार्यालयबाट माग गरेको खण्डमा ईमेल मार्फत पनि उप्लब्ध गराउन सकिनेछ । सुचि दर्ताको फारम (सुचिदर्ता निवेदन, सुचि दर्ता फारम आपुर्तिकर्ता आचारसंहितामा सहिछाप गरि बन्द खाम भित्र राखि तल उल्लेखित सम्पर्क ठेगानामा मार्फत बुझाउन सकिनेछ ।

सुची दर्ता आवेदन पेश गर्ने ठेगाना:

सपोर्ट नेपाल, जनकपुरधाम (धनुषा) वा supnep.jnk@gmail.com

खरिद समिती

सपोर्ट नेपाल

जनकपुरधाम, धनुषा

मोवाईल नं. ९८२७६११९०५,९८०४७५३५२२

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 09 Sep, 2024
Apply Before 30 Sep, 2024
City Dhanusha, Janakpurdham