सेवा प्रदायक आवश्यकता सम्बन्धि सूचना

Rastriya Rojgar Prawardhan Kendra RRPK

Details / requirements:

सेवा प्रदायक आवश्यकता सम्बन्धि सूचना

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)

लालबन्दी,सर्लाही

(RFP no. WVIN/RRPK/RFP/FY_024-025/01)

प्रथम पटक प्रकाशित मिति: २०८१/०८/२८ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) सर्लाहीको आयोजनामा सञ्चालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL) परियोजना अन्तर्गत यस संस्थालाई हरिपुर्वा न.पा.तथा पर्सा गा.पा.मा पोषण सम्बन्धी प्रोफाई बनाउनु पर्ने भएको हुदा योग्य तथा इच्छुक सम्भावित सेवा प्रदायक तथा आपूर्तिकर्ताहरूलाई पुर्व योग्यता (Supplier pre-qualification process) प्रकिृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं सेवा प्रदायक व्यक्ति यस कार्यालयमा सूचीदर्ताको लागि सूचना प्रकशन मिति बाट ७ दिन भित्र वा मिति २०८१ पौष ०४ गते (१९ डिसेम्बर २०२४) बिहिबार को साँझ ५:०० बजे  भित्र कार्यालयमा संव्यम उपस्थित भई (Hard Copy) शिल प्रस्तावना पेश गर्न आह्वान गर्दछौँ । 

सेवा प्रदायकले गर्नूपर्ने कार्यहरू:

Developing nutrition profile of Haripurwa municipality and Parsa-RM Sarlahi, District

 दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू तथा  आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी 

१. निवेदन 

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपिहरू (नविकरण भएको) वा व्यक्तिगत प्रमाण प्रत्रको प्रतिलिपि

३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि  वा व्यक्तिगत को हकमा व्यक्तिगत लेखा नं.

४. आर्थिक बर्ष २०८०/०८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 

५. कम्पनी तथा फर्मको प्रोफाइल 

६. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र

७. यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ  

८. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति  कायम  हुनेछ । 

९. संस्थाको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठकमा तोकिएको समयमा कोटेशन खोल्ने जानकारी समेत गरिन्छ ।  

नोट: आवश्यक पर्ने  फारम तथा ToR तलको लिङ्क बाट प्राप्त गर्न सकिनेछ ।

https://drive.google.com/file/d/1GH4N0nXmyZd_WHwG0mhP68YXsM0thaDO/view?usp=sharing

शिल गरिएको सुचि दर्ताको फारम बुझाउने ठेगाना:

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)

ठेगाना: लालबन्दी –७ (सर्लाही )

फोन नं. ०४६ –५०१२६१ / ९८०१९७२१६५

इमेल: rrpksarlahi.procurement@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 13 Dec, 2024
Apply Before 19 Dec, 2024
City Sarlahi