सव इन्जिनीयर (Sub Engineer)

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

मिती २०८१ साल कार्तिक १३ गते प्रकाशीत

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सीमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जीवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्य गर्दै आएकोछ ।

कृषक पाठशाला अभ्यासबाट जलवायुमैत्री कृषिका अभ्यास साथै  जलवायुमैत्री गाउँ अभ्यास मार्फत लक्षित वर्गको जलवायु उत्थानशील क्षमता विकास र जीविकोपार्जनमा टेवा पुर्याउने उदेश्यले सिरहा र सप्तरी जिल्लाका केही स्थानीय तहहरुसंगको सहकार्यमा, कृषक समुदायको सशक्तिकरण एवं क्षमता अभिवृद्धि साथै जीविकोपार्जनका गतिविधिहरुको स्थलगत अभ्यास एवं ब्यवसायिक रुपान्तरणसंग सम्बन्धित गतिविधिहरु यस महासंघले केएर नेपाल संगको सहकार्यमा संचालन गरिरहेको छ ।

जलवायु सचेतना अभिवृद्घि गर्न र जलवायु परिवर्तनका कारक हरित गृह ग्यासहरुको उत्सर्गन कम गर्ने उदेश्यले महासंघद्धारा मधेश प्रदेशको सिरहा र सप्तरी जिल्लामा संचालीत जलवायु मैत्री गाँउ परियोजना अन्तर्गत निर्माण गरिने कार्यहरुको डिजाइन एस्टीमेट र प्राविधीक पक्षको कार्यान्वयनमा सहयोग तथा ती कार्यहरुको प्रभावकारिता तथा गुणस्तर कायम गर्न मुख्य  भूमिका रहने गरी सब ईन्जिनीयर पदमा रही काम गर्न इच्छुक, योग्यता पुगेका  नेपाली नागरिकको आवश्यकता भएको हुँदा तपशिलमा उल्लेखित ठेगानामा २०८१ कार्तिक २७ गते सम्ममा रितपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ ।

पद

संख्याशैक्षिक योग्यता तथा अनुभव:मुख्य भूमिका तथा  जिम्मेवारीहरु:
सव इन्जिनीयरसिभील इन्जिनीयरीङ्गमा ३ वर्षे  डिप्लोमा गरि कम्तीमा  जलवायु अनुकुलन र  कृषि क्षेत्रमा दुइ वर्ष कार्य अनुभव भएको ।
  • समुदायमा आधारित कृषि संग सम्वन्धित संरचनाहरु जस्तै सुधारिएको गोठ निर्माण, गड्यौला मल, साना  सिंचाइ कुलो , ड्रिप बोरीङ, पोखरी साथै प्रकृतिमा आधारित समाधानका अन्य उपायहरुको डिजाइन तथा  एस्टीमेट गर्ने ।
  • परियोजना अन्तर्गतका विभिन्न कार्यहरुको डिजाईन एस्टिमेट नक्सा आदि निर्माण गर्ने ।
  • फील्डमा भैरहेका निर्माण सम्वन्धि कार्यहरुको समयमै अनुगमन तथा पृष्ठपोषण प्रदान गर्ने ।
  • यस परियोजनाको क्षेत्रभित्र हुनसक्ने कार्यहरुको लागि समुदायको आवश्यकता  पहिचान गरि उपयुक्त कृयाकलापहरुको तर्जुमा तथा आयोजना गर्ने ।
  • स्थानीय  समुदायमा भएको जलवायु अनुकुलन सम्वन्धि स्थानीय समुदायको परम्परागत ज्ञान सिप क्षमतालाइ जलवायु अनुकुलन तथा न्युनिकरणका क्षेत्रमा प्रयोग गर्न सहजिकरण गर्ने ।
  • प्रमाणमा आधारित ज्ञान तथा अध्ययन सामाग्रीहरु निर्माण गर्ने ।
  • निमार्ण कार्यको मूल्याङ्कन एवं प्रतिवेदन तयारमिा अगुवाई भूमिका निर्वाह गर्ने ।
  • स्थानिय सरकार, समुदाय र सरोकारवालाहरु संग परियोजनाको आवश्यक  योजना तर्जुमा तथा योजना कार्यान्वयनको लागि नेत्तृत्व गर्ने, 
  • परियोजना संग सम्वन्धित आवश्यक सामाग्री तथ्याङ्क तथा प्रतिवेदन तयार गर्ने ।
  • परियोजना संग सम्वन्धित कार्यहरु महासंघ एवं श्रोत साझेदार  आवश्यक सामाग्री तथ्याङ्क तथा प्रतिवेदन तयार गर्ने ।



सीप तथा क्षमता:

  • निर्माण कार्यको डीजाइन एवं समुदायको सहभागितामा सहभागितामुलक निर्णय गराउने क्षमता भएको ।
  • प्रष्ट संचार क्षमता भएको तथा सहजिकरण क्षमता र प्रतिवेदन लेखन तथा प्रस्तुतकिरण क्षमता भएको ।
  • स्थानिय समुदाय  सरकार सरोकारवाला संग समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने क्षमता भएको ।
  • वृहत तथा  विभीन्न  प्रकारका समुह तथा वर्ग संग घुलमिल भइ कार्य गर्न सक्षम ।
  • महिला, दलित,  सीमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ । 
  • पूर्वी तराइमा काम गरेको अनुभव भएको र मैथिली बोल्न जान्नेलाई विषेश प्राथमिकता दिईनेछ ।
  • छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु

रितपूर्वकको निवेदन, तथा वायोडाटाको साथमा नेपाली नागरिकता, प्रमाण पत्रको प्रतिलिपि, प्यान कार्ड, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि, 

दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।

ड्राइभिङ्ग लाइसेन्स अनिवार्य छ ।

दरखास्त बुझाउने अन्तिम मिति: २०८१ साल कार्तिक २७ गते बेलुका ०५ बजे सम्म 

छनौट विधी: लिखित र मौखिक

पदपूर्ति समिति

Overview

Category Engineering - Civil, Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 29 Oct, 2024
Apply Before 12 Nov, 2024
City Kathmandu