स्थानिय सहजकर्ता (Field Supervisor)

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रकाशित मिती: २०८१ साल चैत्र १७ गते

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सीमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जीवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्य गर्दै आएको  छ ।

कृषक पाठशाला अभ्यासबाट जलवायुमैत्री कृषिका अभ्यास साथै जलवायुमैत्री गाउँ अभ्यास मार्फत लक्षित वर्गको जलवायु उत्थानशील क्षमता विकास र जीविकोपार्जनमा टेवा पुर्याउने उदेश्यले सिरहा र सप्तरी जिल्लाका स्थानीय तहहरूसँगको सहकार्यमा, कृषक समुदायको सशक्तिकरण एवं क्षमता अभिवृद्धि साथै जीविकोपार्जनका गतिविधिहरूको स्थलगत अभ्यास एवं व्यवसायिक रुपान्तरणसँग सम्बन्धित गतिविधिहरू यस महासंघले केएर नेपालसँगको सहकार्यमा सञ्चालन गरिरहेको छ ।

महासंघलाई मधेश प्रदेशको सिरहा र सप्तरी जिल्लामा तोकीएको पालिकामा रही काम गर्न इच्छुक, योग्यता पुगेका केही नेपाली नागरिकहरूको आवश्यकता भएको हुँदा तपशिलमा उल्लेखित ठेगानामा २०८१ चैत्र २५ गते सम्ममा रितपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ ।

आवश्यकताको विवरण:

पदसंख्याशैक्षिक योग्यताआवश्यक अनुभव
स्थानिय सहजकर्ता (Field Supervisor)१ जनाकृषि विषयमा प्रमाण पत्र तह, वा  जेटि उतीर्ण
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रही कृषि प्राविधिक भई समुदाय परिचालनको जिम्मेवारीमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको ।
  • सरोकारवालाहरू विच प्रभावकारी सञ्चार सीप साथै सामाजिक सञ्जालको प्रभावकारी उपयोग साथै कृषि एप्सहरू प्रविधि प्रयोग गरी सहजिकरण गर्ने सीप भएको ।
  • कृषक समुह मार्फत सिमान्त समुदायमा परिचालनको  ज्ञान र अनुभव भएको ।
  • साना किसान लक्षित, जलवायुमैत्री गाउँ अभ्यास, पर्यावरणीय कृषि, पोषण बगैचा, व्यवहार परिवर्तन, स्वस्छ उत्पादन, उपभोगसँग सम्बन्धित गतिविधि सहजिकरण गर्ने ज्ञान र सीप भएको ।
  • खाद्य अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुताबारे बुझाई भएको ।
  • कृषक पाठशालामा आधारित कृषि प्रसार सम्बन्धी अनुभब भएको
  • महिला, दलित,  सीमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ ।
  • पूर्वी तराइमा काम गरेको अनुभव भएको र मैथिली बोल्न जान्नेलाई विषेश प्राथमिकता दिईनेछ ।
  • छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।
  • ड्राईभिङ्गलाईसेन्स भएको व्यक्तिलाई विषेश प्राथमिकता दिईनेछ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू

  • रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरूको प्रतिलिपि,
  • दरखास्त बुझाउने ठेगाना/ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।

दरखास्त बुझाउने अन्तिम मिति: २०८१ साल  चैत्र २५ गते  बेलुका ०५ बजे सम्म

छनौट विधी: लिखित र मौखिक

Overview

Category Development and Project, Development / NGO, Agriculture/Livelihood
Openings 1
Position Type Full Time
Experience 2 Years
Education JTA Agriculture
Posted Date 30 Mar, 2025
Apply Before 07 Apr, 2025
City Kathmandu