सामुदायीक सहजकर्ता
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशन मितिः 2081/12/28 गते
वृन्दावन नगरपालिका,रौतहट र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा समाज विकास जनचेतना केन्द्र (सोडेक) नेपाल रौतहटको सहजिकरणमा सञ्चालित “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना” को लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरूको आवश्यक्ता भएकाले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ ।
१. पद: सामुदायीक सहजकर्ता: १ जना
न्युनतम योग्यता र कार्यनुभव:
- १०+२ वा सो सरह उत्तिर्ण कम्तीमा २ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ वा जे.टि.ए.(JTA) उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा १ वर्षको कार्यअनुभव भएको ।
- सामुदायिक विकास, कृषि तथा पशु वस्तुको मुल्य श्रृंखलामा अनुभव भएको साथै समूह गठन, व्यस्थापन तथा परिचालन सम्बन्धी अनुभव भएको ।
- तालिम सहजीकरण तथा व्यवस्थापन सम्बन्धी अनुभव तथा ज्ञान सीप भएको ।
- कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने विषेश ज्ञान भएको ।
- समुदाय स्तरमा र दुर्गम क्षेत्रमा भ्रमण तथा काम गर्न रुचि भएको ।
- सम्बन्धित पालिकामा स्थाई बसोवास भएकोलाई ग्राहयता दिईनेछ ।
नोट:
१. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।
२. दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशन भएको मिति देखि ७ दिन कार्यालय समय भित्र
३. परिक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यक्ता अनुसार प्रयोगात्मक ।
४. आवश्यक कागजातहरू: पदको आवेदन खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धित विषयको कार्यानुभव पत्र, स्थायी लेखा नम्बर र अन्य कागजातहरूको प्रतिलिपी सहित तपसिलमा उल्लेखित समाज बिकास जनचेतना केन्द्र (सोडेक) नेपाल रौतहटको कार्यालय चन्द्रनिगाहपुरमा वा sodecnepal2066@gmail.com मार्फत दरखास्त बुझाउनु सक्नु हुनेछ ।
५. परियोजनाको कार्यक्षेत्र बृन्दावन नगरपालिका रौतहट हुने छ ।
नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित तथा मौखिक परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
दरखास्त बुझाउने स्थान:
पदपुर्ति समिति
समाज बिकास जनचेतना केन्द्र (सोडेक) नेपाल रौतहट
सम्पर्क नं.: ०५५–५४०७२३, ९८४५३८७४१०
Overview
Category | Development and Project, NGO/INGO/Social work |
Openings | 1 |
Position Type | Full Time |
Experience | 1+ years, 2+ years |
Education | Intermediate (10+2), JT / JTA |
Posted Date | 10 Apr, 2025 |
Apply Before | 16 Apr, 2025 |
City | Rautahat |