समुदाय स्तरमा होटल सेवा सुविधा खरिदको लागि कोटेशन आह्वान

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल

हरिवन–११, सर्लाही

समुदाय स्तरमा होटल सेवा सुविधा खरिदको लागि कोटेशन आह्वान

(प्रथम पटक प्रकाशित मिति: २४ असार २०८१)

बागमती सेवा समाज नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो र सर्लाही जिल्लाको हरिपुर नगरपालिकाको वडा नं. ५ र ६ मा Scaling-up Extreme Poverty Graduation and Climate Change Resilience in Disaster Vulnerable Communities in Asia परियोजना सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा, परियोजना सञ्चालनका क्रममा विभिन्न समयमा कार्यक्रम हुँदा खाजा, खाना, नास्ता तथा विभिन्न होटल सेवा सुविधा आवश्यक रहने हुँदा उक्त प्रकारको सेवा सुविधा दिन इच्छुक आपूर्तिकर्ताहरूलाई तोकिएको ढाँचामा कबोल दर रेट उल्लेख गरी यस सूचना प्रकाशित मितिले ७ दिनभित्र यस कार्यालयमा आइपुग्ने गरी कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

S.No 

Quotation number

Description of Item

1

BWSN-ASIA-01-2080-081

Supply of Hotel Services

  • कोटेशनमा खरिद गर्न चाहेको सामाग्रि/सेवा सुविधाको बिस्तृत स्फेसिफिकेशन सहितको जानकारी दिईएको छ जुन बागमति सेवा समाजको कार्यालयमा गई लिन सकिनेछ तथा तल उल्लेखित लिंकमा गई डाउनलोड गर्न सकिनेछ ।
  • कोटेशन सम्बन्धि कागजात मिति २०८१ असार २४ गतेबाट प्राप्त गर्न सकिनेछ । 
  • कोटेशनदाताले मिति २०८१ असार ३० गते बेलुका ५:०० बजेभित्र यस संस्थाको केन्द्रीय कार्यालय, हरिवन, सर्लाहीमा आफ्नो कोटेशन बुझाइसक्नु पर्नेछ ।
  • कोटेशन बुझाउँदा सिलबन्दी गरी बागमति सेवा समाजको कार्यालयमा कोटेशनको Hard Copy बुझाउनुपर्नेछ ।
  • कोटेशन सावर्जनिक विदाको दिनबाहेक आइतबार देखि शुक्रबार सम्म विहान १०:०० देखि बेलुका ५:०० बजेसम्म बुझाउन र बुझ्न सकिनेछ । कोटेशन बुझाउने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोलिपल्ट कोटेशन पेश गर्ने अन्तिम दिन हुनेछ । कोटेशन बुझाउने म्याद समाप्त भए पछि कोटेशन दातालाई जानकारी गराई कोटेशन दाता वा निजको प्रतिनिधीहरूको रोहवरमा कोटेशन खोलिने छ  । कोटेशन दाता वा निजको प्रतिनिधी अनुपस्थित भएमा पनि कोटेशन खोलिनेछ ।
  • तोकिएको मिति तथा समय पश्चात आउने कोटेशनलाई दर्ता गरिने छैन । 
  • कोटेशन पेश गर्न ईच्छुक फर्म, कम्पनी वा सप्लायर्स रहेको हुनुपर्ने छ । 
  • समय भित्र प्राप्त नभएको, रित नपुगेको साथै बोल पत्रको शर्त विपरित भएको कोटेशन माथि कुनै कार्वाही हुने छैन।
  • कोटेशन पेश गर्न ईच्छुक फर्म, कम्पनी वा सप्लायर्सले कम्पनी दर्ता प्रमाण पत्र, PAN/VAT दर्ता प्रमाणपत्र, आ.व. २०७९/०८० को करचुक्ता प्रमाणपत्र आदि पेश गर्नु पर्नेछ । नयाँ दर्ता भएको फर्मको हकमा करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने छैन ।
  • होटल सेवा सुविधा खरिद सम्बन्धि पूर्ण अधिकार बागमती सेवा समाज नेपालमा निहित रहनेछ ।
  • कोटेशनको तयारी वा पेश गर्ने शिलशिलामा बोल–पत्र दाताले गर्ने कुनैपनि प्रकारको खर्च बागमती सेवा समाज नेपालले व्यहोर्ने छैन् ।

शिलबन्दी कोटेशनको लागि तलको लिङ्कमा जानुहोस:-

Quotation documents for supplying the Hotel Services

ठेगाना

बागमती सेवा समाज नेपाल, हरिवन-११, सर्लाही

फोनः ०४६-५३०५०१/९८४४५८१०७२

गुनासो वा सुझावको लागि ईमेलः 

complaintregister.bwsn@gmail.com

Overview

Category Hotel / Resort Business, Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 08 Jul, 2024
Apply Before 14 Jul, 2024
City Sarlahi