समुदाय–आधारित वन, कृषि तथा पर्यापर्यटन उद्यम तथा व्यवसायहरूको लागि आशय पत्र (EOI) आह्वानको सूचना र सन्दर्भ निर्देशिका (TOR)
Details / requirements:
समुदाय–आधारित वन, कृषि तथा पर्यापर्यटन उद्यम तथा व्यवसायहरूको लागि आशय पत्र (EOI) आह्वानको सूचना र सन्दर्भ निर्देशिका (TOR)
(प्रथम पटक प्रकाशन मितिः २०८१ साल चैत्र ८ गते शुक्रबार)
युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपालको समन्वय र एनसाब नेपाल, बी ग्रुप र फेकोफनको साझेदारीमा सञ्चालित CSO actions for a resilient ecosystem and community सम्वर्धन परियोजना बाँके जिल्लाको कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका तथा बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा सञ्चालित छ । परियोजनाले नेपालको पश्चिमी भू–भागमा रहेका गरिब, संकटासन्न तथा पछाडि परेका समूहहरूको सामाजिक र आर्थिक सशक्तीकरणमा बाधा पुर्याउने विभिन्न मूल कारणहरूलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ । यो परियोजनाले सामुदायिक स्तरका नागरिक समाज संगठनहरू (CSOs) सँग घनिष्ठ रूपमा काम गरी उनीहरूको दिगो रूपमा सञ्चालन गर्ने क्षमता वृद्धि गर्न तथा दीर्घकालीन प्रभाव सिर्जना गर्नका लागि दक्ष र प्रभावकारी बन्न सहयोग पुर्याउँछ ।
यसै सन्दर्भमा, परियोजनाले तेस्रो–पक्ष वित्तीय सहयोग (Financial Support to Third Party-FSTP) कार्यक्रम अन्तर्गत सहयोग प्राप्त गर्न इच्छुक सम्भावित वन, कृषि तथा पर्यापर्यटनमा आधारित नयाँ वा सञ्चालनमा रहेको सामुदायिक उद्यमी तथा व्यवसायीहरूबाट आशय पत्र (EOI) आह्वान गरिएको छ ।
यस क्रियाकलापले उद्यमी तथा व्यवसायीहरूको प्राविधिक तथा आर्थिक क्षमता अभिवृद्धि गर्न, उनीहरूको कार्यक्षमता मजबुत पार्न, व्यापार अभ्यासहरू सुधार गर्न तथा उत्पादन वृद्धि गर्नका लागि बजार पहुँचलाई सजिलो बनाउनुका साथै वन संरक्षण/स्थायित्व कायम राख्दै जीविकोपार्जनमा सुधार ल्याउन योगदान पुर्याउनेछ ।
आशय पत्र (EOI) आह्वानको उद्देश्यः
यस EOI आह्वानको मुख्य उद्देश्य परियोजनाका लक्ष्यहरूसँग मेल खाने, समुदायमा–आधारित (वन, कृषि तथा पर्यापर्यटन) उद्यमहरूको पहिचान, मूल्याङ्कन, र छनोट गर्नु हो । वन र कृषिसँग सम्बन्धित समुदायमा आधारित उद्यमहरू (कृषक समूहहरू, सामुदायिक वन उपभोक्ता समूहहरू, सहकारीहरू र व्यक्तिगत रुपमा सामुदायिक स्तरमा सञ्चालित उद्यमहरू, जुन कृषि तथा वनजन्य उपजहरूको उत्पादन, स्थानीय मूल्य अभिवृद्धि र बजार प्रवद्र्धनमा संलग्न छन्) तथा पर्यापर्यटन उद्यमहरू (जस्तै होमस्टे, इको–ट्रेल विकास, मनोरञ्जन केन्द्र÷उद्यानको निर्माण र प्रवर्द्धन, चराचुरुंगी र वन्यजन्तु संरक्षण) ले उल्लेख गरिए अनुसार आवेदन दिन सक्नेछन् ।
उद्यमी छनौटका मापदण्डः
समुदाय–आधारित वन, कृषि तथा पर्यापर्यटन उद्यम तथा व्यवसायीहरूले निम्न मापदण्डहरू पूरा गर्नुपर्नेछ:
१. लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा सामुदायिक वन उपभोक्ता समूह, कृषक समूह, सहकारी र व्यक्तिगत रुपमा सञ्चालित र दर्ता भइसकेका (पहिलेका) वा दर्ता गर्नुपर्ने (नयाँ) स्थानीय सामुदायमा आधारित उद्यमहरू, जसको परियोजना लक्षित पालिका क्षेत्रमा कार्यात्मक उपस्थिति रहेको हुनुपर्ने । (परियोजना क्षेत्रमा अवस्थित उद्यमहरूलाई प्राथमिकता दिइनेछ ।)
२. पिछडिएका समूहहरू, अपांगता भएका व्यक्ति (PwD), गरिब तथा दलित, आदिवासी समूहहरूको आर्थिक सशक्तीकरणमा अनुभव र सफलताको रेकर्ड भएको हुनुपर्ने ।
३. सम्वर्धन परियोजना क्षेत्र भित्र हाल सञ्चालनमा रहेका वा नयाँ उद्यमहरू हुनुपर्ने ।
४. पर्यावरण मैत्री रोजगारी सिर्जना गर्ने सुनिश्चितता हुनुपर्ने ।
५. स्थानीय, क्षेत्रीय र राष्ट्रिय बजारको राम्रो ज्ञान भएको र बजारका अगुवा तथा सरोकारवालाहरूसँग पहुँच भएको हुनुपर्ने ।
सहयोगको दायराः
चयन भएका उद्यमहरूले निम्नानुसार सहयोग प्राप्त गर्नेछन्:
- FSTP कार्यक्रम मार्फत वित्तीय सहयोग ।
- दिगो व्यवसाय अभ्यास सम्बन्धी प्राविधिक सहयोग तथा मार्गदर्शन ।
- उद्यमशीलता, व्यवसाय योजना, तथा वित्तीय व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम ।
- बजारका साझेदारहरू, अग्रणी कृषक समूहहरू तथा अन्य सरोकारवालाहरूसँग सम्पर्क तथा सञ्जाल विस्तार गर्ने अवसर ।
आशय पत्र पेश गर्ने तरिकाः
इच्छुक व्यवसायीहरूले निम्न कागजातहरू पेश गर्नुपर्नेछ:
- पूरा गरिएको EOI आवेदन फारम । EOI आवेदन फारमको लिङ्कः https://docs.google.com/document/d/1BQczKHa_rXZ8GSPO-Q10cy_TpfwO088b/edit?usp=sharing&ouid=112657121726936031466&rtpof=true&sd=true
- नेपाली नागरिकताको प्रतिलिपि
- विगतमा व्यवसाय सञ्चालन गरेको अनुभव भए, त्यससम्बन्धी जानकारी वा प्रमाणका लागि ।
१. नेपाल सरकारको जुनसुकै निकायको दर्ता प्रमाणपत्र र PAN कार्डको प्रतिलिपि
२. कर चुक्ता/करछुट प्रमाणपत्रको प्रतिलिपि
३. उत्पादित वस्तु वा सेवा सुविधाको फोटोहरू
दरखास्त दिने समयः
आशय पत्र पेश गर्ने अन्तिम मिति २०८१ साल चैत्र २८ बिहीबार कार्यालय समयभित्र । निर्धारित समयभन्दा पछि प्राप्त भएका तथा रित पूर्वक प्राप्त नभएका आशय पत्रहरू स्वीकार गरिने छैनन् । आशय पत्र भेरी वातावरणीय विशिष्टता समूह (BEE Group), सम्वर्धन परियोजना कार्यालय, कोहलपुर वा फिल्ड कार्यालय मधुवन नगरपालिका वडा नं. २ ओराली बजारमा कार्यालय समय भित्र कार्यालयमा नै उपस्थित भएर वा इमेल ठेगाना beegroup.procurement@gmail.com वा procurement@adranepal.org मा इमेलमार्फत विषयमा “Submission of Proposal for Financial Support to Third Party-Samvardhan” उल्लेख गरी पेश गर्न सकिने छ ।
Application Template_FSTP Link
थप जानकारीका लागि सम्वर्धन परियोजना कार्यलय कोहलपुरको सम्पर्क नं. ०८१–५३४२७७ वा मो न.: ९८२४७८५६५६ मा सम्पर्क गर्न सकिनेछ ।
हामी सबै सक्षम व्यवसायी तथा उद्यमीलाई आवेदन दिन प्रोत्साहित गर्दछौँ र यो अवसर सदुपयोग गरी आफ्नो व्यवसाय तथा उद्यमलाई विस्तार गर्न तथा समुदाय विकासमा योगदान पुर्याउन आग्रह गर्दछौँ । साथै यस संस्थासँग सहकार्य गर्न चाहने व्यवसायी तथा उद्यमीले संस्थाको बाल संरक्षण नीति र सेफगार्डिङ्ग नीतिका प्रावधानलाई अक्षरशः पालना गर्न प्रतिबद्ध हुनुपर्ने छ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 21 Mar, 2025 |
Apply Before | 10 Apr, 2025 |
City | Nepalgunj |