सामाजिक परीचालन अधिकृत (Social Mobilization Officer)

Rural Oriented Youth Movement Nepal (ROYM Nepal)

Details / requirements:

सामाजिक परीचालन अधिकृत (Social Mobilization Officer)

ग्रामिण मुखी युवा अभियान–नेपाल (ROYM Nepal) सन् २००९ मा स्थापित एक राष्ट्रिय स्तरको गैर–नाफा मुलक, गैर–सरकारी संस्था हो । यसले समुदायमा आधारित सामूहिक अभियानमार्फत समानता र सामाजिक न्यायसहितको सामाजिक–आर्थिक रूपमा सवल समाजको निर्माणको निम्ती सीमान्तकृत समूहहरूले भोग्दै गरेको संरचनात्मक बिभेदलाई अन्त्य गर्दै आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारका लागि आवश्यक वातावरण सिर्जना गर्न समुदायलाई सहयोग गर्दछ । यसले सीप रूपान्तरण र युवा संलग्नता मार्फत गरिबी घटाउने लक्ष्य राख्दछ । ROYM Nepal ले मानव अधिकार, स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, खानेपानी, सरसफाइ, वातावरण, सामाजिक संरक्षण र जलवायु परिवर्तनको प्रभावका क्षेत्रमा कार्यगरी दिगो विकास लक्ष्यहरू हासिल गर्न देशलाई सहयोग गर्छ । आफ्नो एक दशक भन्दा बढीको कार्य अनुभवको अवधिमा संस्थाले सीप प्रवर्द्धन, स्वरोजगार, महिला स्वास्थ्य र सामाजिक–आर्थिक सशक्तिकरण अन्तर्गत विभिन्न समुदाय–आधारित सामाजिक–आर्थिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । (ROYM Nepal) हाल निम्न पदहरूको लागि योग्य उम्मेद्वारहरूबाट आवेदनको निम्ती आह्वान गर्दछ ।

पदः सामाजिक परिचालन अधिकृत

आवश्यक संख्या  –  १

कार्यक्षेत्र: १ जना, सर्लाही  (पर्षा गा.प.)

शैक्षिक योग्यता तथा ज्ञान: वातावरण बिज्ञान, मानविकी, जनस्वास्थ्य शिक्षा तथा कानुन बिषयमा स्नातक पास (स्नातकोत्तर तह पास गरेकोलाई प्राथमिकता दिईने छ ।) जलवायु परिवर्तन र त्यसले निम्त्याउने सम्भावित दुर्घटना, महिला स्वास्थ्य, दीगो जिविकोपार्जन, महिला तथा मानव अधिकार, युवा तथा बाल अधिकारका पैरवीका सवालमा जानकारी भएको ।

अनुभव:

  • समुदाय स्तरमा कम्तिमा २ वर्ष जलवायु परिवर्तन, वातावरणिय न्याय, युवा, पछाडी पारीएका समुदाय तथा महिलाको क्षेत्रमा काम गरेको अनुभव भएको । 
  • जनस्वास्थ्य र वातावरणीय प्रभावसम्बन्धी ज्ञान  या कार्यानुभव भएको ।
  • जलबायु परिवर्तनको र वातावरणिय न्यायको सम्वन्धमा राम्रो ज्ञान भएको ।
  • जिल्ला, स्थानिय पालिका, वडा लगायत संवन्धित सरकारी तथा गैर सरकारी निकायहरूसँग प्रभावकारी समन्वय गर्न सक्ने क्षमता भएको ।
  • अधिकारमुखि दृष्टिकोणबाट काम गर्न सक्ने तथा सम्बन्धित बिषयमा जानकार भएको ।
  • कम्प्युटर सम्बन्धी राम्रो ज्ञन भएको, Microsoft Word, Power Point and Excel मा राम्रो ज्ञान भएको ।
  • सञ्चार सीप भएको तथा समुदाय स्तरमा प्रभावकारी तवरले सचेतना कार्यक्रम सञ्चालन गर्न सक्ने ।

आवेदनको प्रकृया:

इच्छुक व्यक्तिहरूले आफ्नो निवेदन सहित वायोडाटा, नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र एक प्रति पासपोर्ट साईजको फटो सहित २०८१ चैत्र १० गतेसम्म तल दिइएको इमेल (Email)मार्फत वा संस्थाको कार्यालयमा नै आएर आवेदन  दिनुहुन अनुरोध गर्दछौ । आफुले काम गर्न चाहेको पदको नाम र जिल्ला समेत खुलाई आवेदन दिनुहुन अनुरोध गर्दछौँ  ।

स्थानिय भाषा बोल्न सक्ने, महिला साथै पछाडी पारिएका समुदायबाट आएका निवेदनलाई विशेष प्राथमिकता दिइनेछ । छोटो सुचिमा परेका व्यक्तिहरुलाई मात्र लिखीत तथा अन्तरवार्तामा बोलाईनेछ ।

छनौटको सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ ।

थप जानकारीका लागि

ग्रामिण मुखी युवा अभियान–नेपाल (ROYM Nepal),

सानो भर्‍याङ्ग, काठमाण्डौ

इमेलः nepalroym@gmail.com

फोन नम्बर: ०१–५९०६१४६ र ०१ ५९०६८५९

Overview

Category Public Health, Development and Project, Law, NGO/INGO/Social work, Environment and climate
Openings 1
Position Type Full Time
Experience 2+ years
Education B.P.H. (Bachelors in Public Health), Bachelors in Law, B.Sc. (Environment), Bachelor's Degree in Humanities/Social Work/Education
Posted Date 17 Mar, 2025
Apply Before 23 Mar, 2025
City Kathmandu