सामाजिक परीचालक (Social Mobilizer)

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०८१ असोज २० गते आईतबार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २३ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाका विभिन्न निकायहरुसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगाएत  बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यहरु सञ्चालन गर्दै आइरहेको छ । 

वर्ल्ड भिजन इन्टरनेशलन (World Vision International Nepal) सँगको सहकार्यमा यस महोत्तरी जिल्लाको एकडाँरा गाउँपालिकामा संरक्षण–समुदाय संलग्नता तथा बालस्पोन्सारसीप कार्यक्रम (Protection-Community Engagement and Sponsorship Programme) सञ्चान गर्न गइरहेको हुँदा कर्मचारी पदपुर्ती गर्नु पर्ने भएकोले तल उल्लेखित पदहरुका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्तको लागि आह्वान गरिन्छ ।

पद

शैक्षिक योग्यता

आवश्यक योग्यता तथा सीपहरु

सामाजिक परीचालक 

(Social Mobilizer)

१ (एक) जना

+2
  • समाजिक क्षेत्रमा कम्तीमा पनि २ वर्षको अनुभव प्राप्त गरेको
  • बाल क्लव तथा बाल अधिकार समिति संग मिली कार्यक्रम संचालन गर्न सक्ने क्षमता भाएको 
  • गाउँपालिका स्तरीय कार्यक्रम र समुदाय स्तरीय कार्यक्रम संचालन तथा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्न सक्ने क्षमता भएको  
  • समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न सक्ने क्षमता भएको  
  • परिणात्मक तथा गुणात्मक तथ्याङ्क संड्ढलन गर्न सक्ने तथा विभिन्न किसिमका विधि/प्रकृया विकास गर्न सक्ने सीप भएको
  • जिल्लामा रहेको सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसँग आत्म विश्वासी  तथा मैत्रीपुर्ण वातावरणमा काम गर्न सक्ने
  • अन्तर वैयक्तिक कला र सहजीकरण सीप भएको र कार्य तनावमा पनि ब्यवस्थापन गर्न सक्ने दक्षता भएको
  • कार्यक्षेत्रको सामाजिक, आर्थिक एवमं सांस्कृतिक विषयहरुमा राम्रो ज्ञान भएको  
  • माईनुट र मासिक प्रतिवेदन लेख्न सक्ने क्षमता भएको  
  • कम्प्युटरको Office package; World, Excel, Power point, English Nepali typing and email internet राम्रो दक्षता भएको
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु

१.) व्यक्तिगत विवरण (Personal bio-data),

२.) हस्त लिखीत निवेदन (Hand written application),

३.) नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship), 

४.) शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि (Copy of educational certificates),

५.) तालिम तथा कार्य अनुभव पत्रहरुको प्रतिलिपि (Copy of training certificate and experience letter) 

६.) दुई जना सन्दर्भ व्यक्तिहरुको विस्तृत विवरण (Two reference Persons details)

आवेदन दिने अन्तिम मिति

सूचना प्रकाशित भएको मितिले ११ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।

आवेदन पेश गर्ने स्थान र तरिका

स्थान: दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम ४, (विश्वक्रमा चोक)

ईमेल: dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।

सम्पर्क नं: ९८०१६६६४६४ र ९८०१६६६४६२

स्थान: दलित समाज उत्थान समिति नेपालको कार्यालय, जलेश्वर १, महोतरी (जलेश्वर नगरपालिका कार्यालय नजिक)

सम्पर्क नं: ९८०१६६६४६४ र ९८०१६६६४६२

संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रस्तुतीकरण प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरु स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।

संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

बेटी पढाउ बेटी बचाऔं । विवाह २० वर्ष पछाडि गरौं । बालविवाह मुक्त समाज निर्माण गरौ ।

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience 2 Years
Education Intermediate (10+2)
Posted Date 06 Oct, 2024
Apply Before 16 Oct, 2024
City Mahottari