सामाजिक परीचालक

Rural Oriented Youth Movement Nepal (ROYM Nepal)

Details / requirements:

आवश्यकता

सामाजिक परीचालक

ग्रामिण मुखी युवा अभियान–नेपाल ROYM-Nepal सन् २००९ मा स्थापित एक राष्ट्रिय स्तरको गैर–नाफा मुलक, गैर–सरकारी संस्था हो । यसले समुदायमा आधारित सामूहिक अभियानमार्फत समानता र सामाजिक न्यायसहितको सामाजिक–आर्थिक रूपमा सवल समाजको निर्माणको निम्ती सीमान्तकृत समूहहरूले भोग्दै गरेको संरचनात्मक बिभेदलाई अन्त्य गर्दै आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारका लागि आवश्यक वातावरण सिर्जना गर्न समुदायलाई सहयोग गर्दछ । यसले सीप रूपान्तरण र युवा संलग्नता मार्फत गरिबी घटाउने लक्ष्य राख्दछ । ROYM-Nepal मानव अधिकार, स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, खानेपानी, सरसफाइ, वातावरण, सामाजिक संरक्षण र जलवायु परिवर्तनको प्रभावका क्षेत्रमा कार्यगरी दिगो विकास लक्ष्यहरू हासिल गर्न देशलाई सहयोग गर्छ । आफ्नो एक दशक भन्दा बढीको कार्य अनुभवको अवधिमा संस्थाले सीप प्रवर्द्धन, स्वरोजगार, महिला स्वास्थ्य र सामाजिक–आर्थिक सशक्तिकरण अन्तर्गत विभिन्न समुदाय–आधारित सामाजिक–आर्थिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । ROYM-Nepal हाल निम्न पदहरूको लागि योग्य उम्मेद्वारहरूबाट आवेदनको निम्ती आह्वान गर्दछ ।

पदः सामाजिक परिचालक

आवश्यक संख्या  –  २ 

कार्यक्षेत्र:  महोत्तरी :१ जना, सर्लाही: १ जना

शैक्षिक योग्यता तथा ज्ञान: प्रविणता प्रमाणपत्र तह पास (स्नातक तह पास गरेकोलाई प्राथमिकता दिईने छ ।), दीगो जिविकोपार्जन, महिला तथा मानव अधिकार, युवा तथा बाल अधिकारका पैरवीका सवालमा जानकारी भएको ।

अनुभव:

  • समुदाय स्तरमा कम्तिमा २ वर्ष युवा, पछाडी पारीएका समुदाय तथा महिलाको क्षेत्रमा काम गरेको अनुभव भएको ।
  • जलवायु परिवर्तनको सम्वन्धमा आधारभुत ज्ञान भएको । 
  • अधिकारमुखि दृष्टिकोणबाट काम गर्न सक्ने तथा सम्बन्धित बिषयमा जानकार भएको । 
  • कम्प्युटर सम्बन्धित आधारभुत तालिम लिएको, Microsoft Word, PowerPoint / Excel मा राम्रो ज्ञान भएको ।
  • सञ्चार सीप भएको तथा समुदाय स्तरमा प्रभावकारी तवरले सचेतना कार्यक्रम संचालन गर्न सक्ने ।

आवेदनको प्रकृयाः

इच्छुक व्यक्तिहरूले आफ्नो निवेदन सहित वायोडाटा, नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र एक प्रति पासपोर्ट साईजको फाटो सहित २०८१ फागुन २ गतेसम्म तल दिइएको इमेल (Email) मार्फत वा संस्थाको कार्यालयमा नै आएर आवेदन  दिनुहुन अनुरोध गर्दछौ । आफुले काम गर्न चाहेको पदको नाम र जिल्ला समेत खुलाई आवेदन दिनुहुन अनुरोध गर्दछौँ ।

स्थानिय भाषा बोल्न सक्ने, महिला साथै पछाडी पारिएका समुदायबाट आएका निवेदनलाई विशेष प्राथमिकता दिइनेछ । छनौटमा परेका व्यक्तिहरूलाई मात्र लिखीत तथा अन्तरवार्तामा बोलाईनेछ ।

छनौटको सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ ।

थप जानकारीका लागि

ग्रामिण मुखी युवा अभियान–नेपाल (ROYM-Nepal)

सानो भर्‍याङ्ग, काठमाण्डौ

इमेलः nepalroym@gmail.com

फोन नम्बर ०१–५९०६१४६ र ०१ ५९०६८५९

Overview

Category Development and Project, Environment and Natural Resource, NGO/INGO/Social work, Human & Women Rights
Openings 2
Position Type Full Time, Contract
Experience 2 Years
Education Please check vacancy details
Posted Date 07 Feb, 2025
Apply Before 14 Feb, 2025
City Sarlahi, Mahottari