सामग्री खरिदका लागि बोलपत्र आह्वान

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

सामग्री खरिदका लागि बोलपत्र आह्वान

प्रथम पटक सूचना प्रकाशित मिति: २०८१/१२/१८ गते (३१ मार्च २०२५)

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group), बाँके जिल्लामा दर्ता भई मानव अधिकारको संरक्षण र प्रबर्द्धन, वातावरण संरक्षण र सामुदायीक विकासका क्षेत्रमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा क्रियाशिल गैरसरकारी संस्था हो । यस संस्थाले प्लान इन्टरनेशनल नेपालसँग साझेदारी गरी बर्दिया जिल्लाका ठाकुरबाबा, मधुवन र बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालीकामा बालविवाह न्युनीकरण परियोजना सञ्चालन गरिरहेको छ । उल्लेखित परियोजना अन्तरगत विद्यालयमा अध्ययनरत बालबालीकाहरुका लागि शैक्षिक सामग्री सहयोग गर्ने योजना गरिएको छ । यसर्थ तपसिल बमोजिमको स्टेशनरी सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले इच्छुक उत्पादक, अधिकृत विक्रेता, आपूर्तिकर्ताबाट उल्लेखित शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरु

१. बोलपत्र संस्थाको फिल्ड कार्यालय गुलरिया नगरपालिका वडा नं. ५, गुलरिया, बर्दिया (कृषि विकास बैंक नजिक) वा संस्थाको केन्द्रिय कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलासपुर (भेरी नर्सिङ कलेजको सामुन्ने) बाट नि:शुल्क प्राप्त गर्न सकिने छ ।

२. आपूर्तिकर्ता प्रचलित कानून बमोजिम उल्लेखित सामग्री आपूर्ति गर्न इजाजत प्राप्त हुनुपर्नेछ । बोलपत्र पेश गर्दा नविकरण सहितको फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी, मूल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, आ.व. २०८०/०८१ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी र फर्म सञ्चालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी संलग्न गरी शिलबन्दी खाममा पेश गर्नुपर्नेछ । बोलपत्रमा दरभाउ पेश गर्दा उल्लेखित दरभाउको मान्य हुने अवधी पनि उल्लेख गर्नुपर्नेछ । 

३. बोलपत्र पेश गर्दा आफूले कबोल गरेको कर बाहेकको जम्मा रकमको २.५ प्रतिशतले हुन आउने सुरक्षण जमानत (Bid Money) बोलपत्र पेश गरेको मितिले कम्तिमा ४५ दिनसम्म मान्यता भएको बैंक जमानत पत्रको प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।

४. बोलपत्र पेश गर्दा स्टेशनरी सामाग्री र स्कुल बेगको अलगअलग वोलपत्र पेश गर्न सकिने छ । दरभाउ उल्लेख गर्दा केरमेट (Over Writing) वा टिपेक्स लगाई सच्याएकोलाई मान्यता दिईने छैन । कुल जम्मा रकम अङ्क र अक्षर दुबैमा लेख्नुपर्नेछ । अङ्क र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ ।

५. प्रथम पटक प्रकाशित सूचनाको मितिले ७ दिन अर्थात मिति २०८१/१२/२४ (६ अप्रेल २०२५) गते दिउँसो ४:०० बजे भित्र बोलपत्र दर्ता भईसक्नु पर्नेछ । तर बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनको दिउँसो ४:०० बजेसम्म पेश गर्न सकिने छ ।  

६. बोलपत्रको सूचना प्रथम पटक प्रकाशित मितीले ९ औ दिन अर्थात मिति २०८१/१२/२५ (७ अप्रेल २०२५) दिउँसो ११:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधीको रोहबरमा पेश भएका बोलपत्र खोलिने छ । तर बोलपत्रदाता वा निजको प्रतिनिधीको उपस्थिी नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । यदि सो दिनमा सार्वजनिक विदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनमा उल्लेखित समयमा नै बोलपत्र खोलिने छ । 

७. शिलबन्दी बोलत्रहरु रित बमोजिम नभएको पाईएमा संस्थाले बोलपत्रलाई स्वीकार गर्ने छैन । 

८. आपूर्तिकर्ता छनौट गर्दा निजले पेश गरेको दरभाउ, सामग्रीको गुणस्तर, तोकिएको समयमा उपलब्ध गराउन सक्ने तत्परता आदि कुरालाई मध्यनजर गरिने छ ।

९. बोलपत्रदाताले बालबालिकालाई बालश्रममा प्रयोग नगरेको र संस्थाका कार्यकारी समितिका पदाधिकारी र सदस्य एवम् कर्मचारीसँग कुनैपनि स्वार्थ बाझिने (Conflict of Interest) सम्बन्ध छैन भनि स्व:घोषणा गरेको पत्र पनि बोलपत्रका साथमा संलग्न गरी पेश गर्नुपर्नेछ । 

१०. आपूर्तिकर्ताले आपूर्ति गर्ने सामग्री संस्थाको फिल्ड कार्यालय गुलरियासम्म ढुवानी गर्नुपर्ने छ । संस्थाले ढुवानीका लागि अतिरिक्त रकम उपलब्ध गराउने छैन । यसर्थ बोलपत्रदाताले बोलपत्र पेश गर्दा ढुवानी पनि संलग्न गरी पेश गर्नुपर्नेछ । 

११. आपूर्तिकर्ताले यस संस्थाको बाल संरक्षण नीति (Child Protection) र संरक्षण नीति (Safeguarding Policy) का प्रावधानलाई पालना गर्न प्रतिवद्ध हुनु पर्नेछ । 

१२. बोलपत्रको प्रक्रिया सञ्चालन वा स्थगन गर्ने सर्वाधिकार संस्थामा नीहित हुनेछ । 

तपशिलको सामाग्रीहरुको बिबरण कृपया तलको लिङ्क मार्फत जानुहोस्।

Link: https://drive.google.com/uc?export=download&id=1MUcx8xhWsKlunX-IeCQVe-PNAPNgWNxt

बोलपत्र पेश गर्ने ठेगाना 

भेरी वातावरयणीय विशिष्टता समूह (BEE Group), 

नेपालगञ्ज उप–महानगरपालीका वडा नं. १२, बेलाशपुर बाँके (भेरी नर्सिङ्ग कलेजको सामुन्ने)

फोन न. ०८१–५५०२९५, ५५१४३८, ९८४८११२२३२

फिल्ड कार्यालय गुलरिया नगरपालिका वडा नं. ५, गुलरिया, बर्दिया (कृषि विकास बैंक नजिक)

नोट: बोलपत्र संस्थाको कार्यालयमा उपस्थित भई कार्यालय समय भित्र बुझाउनु पर्नेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 31 Mar, 2025
Apply Before 06 Apr, 2025
City Banke