सिलाई तालिम प्रशिक्षक
Details / requirements:
सिलाई तालिम प्रशिक्षकको आवश्यकता
(प्रकाशन मिति: 17/12/2024 )
छिमेकी संस्था नेपाल, तालिम प्राप्त छिमेकी महिला स्वंयसेविकाहरु संगठित भई २००४ मा स्थापना भएको गैर सरकारी संस्था हो । यसले स्थापनाकाल देखि नै काठमाण्डौ महानगरपालिका अन्तर्गत आफ्नो कार्यक्षेत्र भित्र रहेका महिला तथा बालबालिकाहरुको स्वास्थ्य र पोषणमा सुधार ल्याउन र महिलाहरुलाई सीप विकास तालिम मार्फत आय–आर्जन सम्बन्धी गतिविधिहरुमा सहभागी गराई उनीहरुलाई आत्मर्निभर बनाउने काममा सहयोग गर्दै आईरहेको छ । यसै सन्दर्भमा हाल संस्थाले महिलाहरुलाई आधारभूत सिलाई तालिम संचालन गर्न लागेको हुदाँ संस्थालाई एक इमान्दार तथा अनुभवि सिलाई तालिम प्रशिक्षकको आवश्यकता परेकोले सो पदको लागि उल्लेखित आवश्यक योग्यता र दक्षता भएका उम्मेद्धारहरुलाई आवेदनको लागि आवहान गरिन्छ ।
पदः सिलाई तालिम प्रशिक्षक
संख्याः १
कार्यक्षेत्रः का.म.न.पा, वडा नं १३, कालिमाटी
कार्य अवधिः पाँच (५) महिना
प्रमुख जिम्मेवारीहरुः
- दैनिक आधारभुत तहको सिलाई तालिम संचालन गर्ने ।
- तालिममा सैदान्तिक/व्यवहारिक ज्ञान तथा अभ्यासहरु गराउन पर्ने ।
- सहभागीहरुको दैनिक क्रियाकलापहरुको निगरानी गरी आवश्यकता अनुसार सुधार गर्न सहभागीहरुलाई सल्लाह दिने ।
- संस्थालाई मासिक प्रतिवेदन बुझाउनु पर्ने ।
योग्यता र सीपहरुः
- मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी TOT प्रमाण पत्र भएको ।
- मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी स्तर दुईको Level(II) प्रमाण पत्र प्राप्त भएको र सिलाईको क्षेत्रमा प्रशिक्षकको रुपमा कम्तिमा दुई वर्ष कार्य अनुभव भएको ।
- मान्यता प्राप्त संस्थाबाट मुल्याङ्कनकर्ता को प्रमाण पत्र प्राप्त भएको ।
उल्लेखित पदको लागी इच्छुक तथा योग्य उम्मेद्धारहरुले निवेदन, आफ्नो CV र आवश्यक तालिम प्रमाण–पत्रहरु सहित २५ डिसेम्बर २०२४, बेलुकी ५ः०० बजेसम्म chhimekijobs@gmail.com, अथवा छिमेकी संंस्था नेपालको कार्यलयमा आवेदन दिनको लागी अनुरोध छ ।
Overview
Category | Development and Project, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | 2+ years |
Education | Please check vacancy details |
Posted Date | 17 Dec, 2024 |
Apply Before | 25 Dec, 2024 |
City | Kathmandu |