सिलबन्दी दरभाउपत्रको सूचना आव्हान

Kalika Self Reliance Social Center

Details / requirements:

प्रथम पटक प्रकाशित मितिः २०८१ माघ ७ गते

दोश्रो पटक प्रकाशित मितिः २०८१ माघ २१ गते

सिलबन्दी दरभाउपत्रको सूचना आव्हान

यस कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित बिभिन्न परियोजनाहरुको लागि Water Test Kit (P/A Vial for E-coli Test) आवश्यक रहेकोले सो सामाग्री खरिद गर्नको लागि तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरुबाट फर्म पानरभ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८०।०८१ को करचुक्ता वा सम्बन्धित निकायबाट म्याद थपको कागजात सहित पेश गर्नको लागि पुनः सिलबन्दी दरभाउपत्र आव्हान गरिन्छ ।

शर्तहरुः

१. आपुर्तिकर्ताले कार्यालयले उपलब्ध गराएको दरभाउपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट ९भ्याट सहित० भ्याट लाग्ने सामाग्रीमा मात्र प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।

२. सामाग्रीको ढुवानी यस कार्यालय सम्म सम्बन्धित आपुर्तिकर्ताले नै गर्नु पर्नेछ । सो बापत अन्य सुबिधा यस कार्यालयले दिने छैन ।

३. खरिद गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।

४. दरभाउपत्र दाताले सिलबन्दी दरभाउपत्र २०८१ माघ २३ गते बेलुका ४ बजे भित्र कालिका स्वावलम्बन सामाजिक केन्द्र, कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउमा स्थित कार्यालयमा ल्याई बुझाई सक्नु पर्नेछ । म्याद नाघेको, रित नपुगेको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।

५. प्राप्त सिलबन्दी दरभाउपत्रहरु खोलिने मिति र समय सम्बन्धित दरभाउपत्र दातालाई जानकारी गराईने छ । दरभाउपत्र दाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि दरभाउपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।

६. दरभाउपत्र स्विकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा निहित रहने छ ।

७. माथि उल्लेखित भएका कुराहरु बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।

८. माथि उल्लेखित सामाग्रीहरुको दरभाउपत्र फाराम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा इमेलः ksscnepal2050@gmail.com मार्फत माग गर्न सकिने छ वा तलको लिङ्क बाट डाउनलोड गर्न सकिनेछ।

4. Financial Proposal - Water Test Kit (PA Vial for E-Coli Test) - 20-01-2025.pdf

सम्पर्कः

खरिद तथा लिलाम उप-समिति

कालिका स्वावलम्बन सामाजिक केन्द्र

कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा

सम्पर्क नम्बरः ०७६-५६०२८२

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 03 Feb, 2025
Apply Before 05 Feb, 2025
City Kapilvastu