सिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धि सूचना ।।।

Social Organization District Coordination Committee, Parsa

Details / requirements:

सिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धि सूचना ।।।

प्रकाशित मिति: २०८१/०७/०५

सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्सा एक मुनाफा रहित गैर सरकारी संस्था हो ।  यस संस्थाले विभिन्न दातृ निकायसँग समन्वय र सहकार्यहरूमा मधेश प्रदेशका सबै जिल्लाहरूमा सामाजिक विकासका क्षेत्रहरूमा कार्यहरू गर्दै आएको छ । यसै सन्दर्भमा सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा र युनिसेफ नेपालको साझेदारीमा सञ्चालित किशोरी शिक्षा परियोजना अन्तर्गत रौतहट र सिराहा जिल्लामा होटल सेवाहरू खरिद गर्न खोजेको हुँदा सेवा प्रदायक फर्म/कम्पनीले सेवा प्रदान तथा आपुर्ती गर्नका लागि इच्छुक इजाजत प्राप्त व्यवसायी/फर्म/कम्पनीले देहाय बमोजिमको शर्तहरूको अधिनमा रहि रितपुर्वक रुपमा शिलबन्दी दरभाउ (QUOTATION) पत्रमा दर रेट खुलाई व्यक्ति तथा फर्म विवरण PAN/VAT, व्यवसाय दर्ता, करचुक्ता प्रमाण पत्रको प्रतिलिपी सहित दरभाउ (QUOTATION) पत्र पेश गर्न यो सूचना मार्फत शिलबन्दी दरभाउ आह्वान गरिन्छ । प्राप्त शिलबन्दी दरभाउ (QUOTATION) हरू स्वीकृत गर्ने वा नगर्ने  सम्पूर्ण अधिकार संस्थाको खरिद समितिमा निहित रहने छ । 

पालन गर्नुपर्ने शर्तहरु:

  • संस्थाले तोकेको ढाँचा वा फारममा मात्र कोटेशन बुझाउन आह्वान गरिन्छ,साथै दरमा कर भ्याट समावेश भएको हुनुपर्ने छ ।
  • दरभाउ पत्र लाई सिलबन्दी गरी पेश गर्नु पर्नेछ अन्यथा छनौट प्रकृयामा सहभागी गराईने छैन ।
  • दरभाउ पत्र मिति: २०८१/०७/०५ गते देखि २०८१/०७/११ गते साँझ ५ बजे भित्र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको कार्यालयमा बुझाउनु पर्नेछ ।
  • मिति र समय नाघेका कोटेशनलाई समावेश गराईने छैन ।
  • संस्थाले रकम भुक्तानी गर्दा चेकबाट मात्र भुक्तानी गरिनेछ ।
  • कम्पनीको भ्याट दर्ता, अन्तिम करचुक्ता प्रमाण पत्र र कम्पनी दर्ता प्रमाण पत्र तथा नवीकरण गरिएको फोटोकपी कोटेशन सँगै बुझाउनु पर्ने छ । 
  • सेवा प्रदायक फर्म/कम्पनीले ७ दिनका लागि विस्तृत खानाको MENU र बस्ने कोठा तथा तालिम हलको विवरण पेश गर्नुपर्ने छ ।
  • नेपाल सरकारको नियम अनुसार लाग्ने करकट्टी गरिनेछ ।

आपुर्ति गर्नुपर्ने सम्पूर्ण सेवाहरूको सुचीका लागि तलको लिङ्कमा जानुहोस्:

लिंक: RFQ for Hotel Service-Rautahat

लिंक: RFQ for Hotel Service-Siraha

Disclaimer: The programme is subject to approval from the funding partner.

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 21 Oct, 2024
Apply Before 27 Oct, 2024
City Parsa