सिलबन्दी बोलपत्र आह्वानको सुचना
Details / requirements:
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
तौलिहवा, कपिलवस्तु ।
“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना
सिलबन्दी बोलपत्र आह्वानको सुचना
सुचना प्रकाशन मिति: २०८२।०१।१६
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका र सम्मरीमाई गाँउपालिका तथा कपिलवस्तु जिल्लाको मायादेबी र शुद्धोधन गाउँपालिकामा लाभग्राहीहरुका लागि धान, तरकारी को बिउ र कृषि सामाग्री खरिदको लागी सिलबन्दी बोलपत्र प्रस्ताव आह्वान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।
प्राप्त बोलपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८२।०१।२८ गते बेलुका ४.०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।
मिति २०८२।०१।३० गते बिहान ११.०० बजे प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने बोलपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com वा दिईएको लिंकबाट प्राप्त गर्न सकिने छ । तर दिईएको प्राबिधिक र आर्थिक प्रस्तावना फर्मेटमा कुनै परिवर्तन गर्न पाईने छैन । परिवर्तन गरिएको प्राबिधिक र आर्थिक प्रस्तावना मान्य हुने छैन ।
Links:
नोट:
१. सम्पुर्ण सामाग्री आपूर्ती कपिलवस्तुको मायादेबी र शुद्धोधन गाँउपालिका तथा रुपन्देहीको सम्मरीमाई गाँउपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा गर्नु पर्नेछ ।
२. आपूर्तीको लागि कार्यादेश पाएको मितिले तोकिएको समय सिमा भित्र उपलब्ध गराई सक्नु पर्नेछ ।
३. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वत:अयोग्य हुनेछन ।
४. शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।
५. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।
६. पेश गर्नु पर्ने कागाजातहरु
- फर्म वा कम्पनी दर्ताको प्रमाण पत्रको प्रतिलिपी
- फर्म वा कम्पनी नबिकरणको प्रमाण पत्रको प्रतिलिपी
- पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपी
- आ.ब. २०८०।०८१ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी
- कबोल गरेको रकमको २.५ प्रतिशत रकम बराबरको बैंक जमानत पत्र (कम्तीमा ९० दिनको) पेश गर्नु पर्नेछ ।
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO)
ईमेल: lidoprocurementofficer@gmail.com
सम्पर्क नम्बर: ०७६-५६११४५
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 29 Apr, 2025 |
Apply Before | 11 May, 2025 |
City | Kapilvastu |