सिलबन्दी बोलपत्र आह्वानको सुचना

Lumbini Integrated Development Organization

Details / requirements:

Px9y69CAzZH07nI+nqzN+fv1yhHi5ywIB4wzIGPY60k7GszH+mUwEKugVRVEURVEURVEU5X2Izb9AURRFURRFURRFUZT3FSroFUVRFEVRFEVRFOV9iAp6RVEURVEURVEURXkfooJeURRFURRFURRFUd53AP8fcLMfZg2UEyEAAAAASUVORK5CYII=

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO)

तौलिहवा, कपिलवस्तु

“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना

सिलबन्दी बोलपत्र आह्वानको सुचना

सुचना प्रकाशन मिति: २०८२।०१।०५

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका र सम्मरीमाई गाँउपालिका तथा कपिलवस्तु जिल्लाको मायादेबी र शुद्धोधन गाँउपालिकामा लाभग्रहीहरुका लागि तल उल्लेखित कार्यका लागी सिलबन्दी बोलपत्र प्रस्ताव आव्हान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक सिलबन्दी बोलपत्र आव्हान गरिन्छ ।

प्राप्त बोलपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८२।०१।१७ गते तदानुसार ३० अप्रिल २०२५ बेलुका ४.०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।

१. Bathing Cubical Construction (स्नान घर निर्माण)  

२. Toilet Construction (शौचालय निर्माण)

३. Hand Pump Installation (चापाकल / नल जडान)

४. Tube well Installation (ट्युबवेल जडान)

Self-Declaration (स्व घोषणापत्र)

These documents, please click on the following link:

Link: https://drive.google.com/file/d/1Csu2lyooV-fobNtsjKnHSDa3RlYvXADR/view?usp=sharing

मिति २०८२।०१।१९ गते तदानुसार २ मई २०२५  बिहान १०.३० बजे प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने बोलपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु, इमेल lidoprocurementofficer@gmail.com वा दिईएको लिंकबाट प्राप्त गर्न सकिने छ । तर दिईएको प्राबिधिक र आर्थिक प्रस्तावना फर्मेटमा कुनै परिवर्तन गर्न पाईने छैन । परिवर्तन गरिएको प्राबिधिक र आर्थिक प्रस्तावना मान्य हुने छैन ।

नोट:

१. सम्पुर्ण जडान तथा निर्माण कार्य कपिलवस्तुको मायादेबी र शुद्धोधन गाँउपालिका तथा रुपन्देहीको सम्मरीमाई गाँउपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा गर्नु पर्नेछ ।

२. सम्पुर्ण जडान तथा निर्माण  कार्यको लागि कार्यादेशा पाएको मितिले समय सिमा भित्र कार्य सम्पन्न गरी सक्नु पर्नेछ । समय सिमा भित्र कार्य सम्पन्न हुन नसकेको उपयुक्त कारण देखिएमा संस्थाले थप समय दिन सक्नेछ ।

३. दररेट पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस  लुम्बिनी एकिकृत बिकास संस्थाको खरिद समितिमा निहित रहने छ ।

४. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वतः अयोग्य हुनेछन ।

५. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन ।

६. शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।

७. बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५% एकमुष्ट रकम Bid सुरक्षण बापत Bank Guarantee यस कार्यालयको नाममा जारी भएको पत्र पेश गर्नुपर्ने छ । Bid सुरक्षण सम्बन्धी थप विवरण बोलपत्र फाराममा उल्लेख गरिएको छ ।

८. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली बमोजिम हुनेछ ।

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)

ईमेल: lidoprocurementofficer@gmail.com

सम्पर्क नम्बर: ०७६-५६११४५

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 18 Apr, 2025
Apply Before 30 Apr, 2025
City Kapilvastu