सिलबन्दी बोलपत्र आह्वानको सुचना

Lumbini Integrated Development Organization

Details / requirements:

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)

तौलिहवा, कपिलवस्तु ।

“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना

सिलबन्दी बोलपत्र आह्वानको सुचना

प्रथम पटक सुचना प्रकाशन मिति: २०८१।०५।२६

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका र सम्मरीमाई गाँउपालिका तथा कपिलवस्तु जिल्लाको मायादेबी र शुद्धोधन गाँउपालिकामा लाभग्राहीहरुका लागि तपसिल बमोजिमको सहयोग गर्न सिलबन्दी बोलपत्र प्रस्ताव आह्वान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

प्राप्त बोलपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८१।०६।०६ गते बेलुका ३:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।

मिति २०८१।०६।०७ गते बिहान ११:०० बजे प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने बोलपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com बाट प्राप्त गर्न सकिने छ ।

तपसिल:

१. किराना सामाग्री

२. बाख्रा, पाठी र बोका

नोट:

१. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वत: अयोग्य हुनेछन ।

२. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन ।

३. सिलबन्दी बोलपत्र माग गर्दा किराना समाग्रीको छुट्टै तथा बाख्राको छुट्टै माग गर्नु पर्नेछ ।

४. कबोल गरेको रकमको २.५  प्रतिशत रकम बराबरको बैंक जमानत पत्र वा तपसिलमा उल्लेखित खातामा जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्नेछ ।

Bank Name: Laxmi Sunrise Bank Ltd.

Account Name: Lumbini Integrated Development Organization

Account Number: 02211011844

५. बोलपत्र सम्बन्धी थप जानकारी प्रदान गर्नका लागि आपुर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पुर्व बैठक (Pre Bid Meeting) मिति २०८१ असोज १ गते मंगलबारका दिन दिउँसो २ बजे संचालन गरिने छ । यो बैठक भौतिक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ ।

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)

ईमेल: lidoprocurementofficer@gmail.com

सम्पर्क नम्बर: ०७६-५६११४५

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 11 Sep, 2024
Apply Before 22 Sep, 2024
City Kapilvastu