सिलबन्दी बोलपत्र आह्वानको सुचना

Lumbini Integrated Development Organization

Details / requirements:

Px9y69CAzZH07nI+nqzN+fv1yhHi5ywIB4wzIGPY60k7GszH+mUwEKugVRVEURVEURVEU5X2Izb9AURRFURRFURRFUZT3FSroFUVRFEVRFEVRFOV9iAp6RVEURVEURVEURXkfooJeURRFURRFURRFUd53AP8fcLMfZg2UEyEAAAAASUVORK5CYII=

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)

तौलिहवा, कपिलवस्तु ।

“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना

सिलबन्दी बोलपत्र आह्वानको सुचना

प्रथम पटक सुचना प्रकाशन मिति: २०८१।०५।०५

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि परियोजना” अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका र सम्मरीमाई गाँउपालिकाका लाभग्राहीलाई कृषि सिचाई कार्यक्रमको लागि पम्पसेट तथा बिजुलीबाट चल्ने मोटर खरिद गर्नुपर्ने भएकोले सो सम्बन्धित कार्य गर्नका लागि सिलबन्दी बोलपत्र आह्वान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

प्राप्त बोलपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८१।०५।१४ गते तदनुसार ३० अगस्त २०२४ मा  दिउँसो ३:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।

मिति २०८१।०५।१६ गते दिउँसो २:०० बजे प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने बोलपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com बाट प्राप्त गर्न सकिने छ ।

नोट:

१. गोप्य सिलबन्दी बोलपत्र फाराम यस कार्यालयबाट कार्यालय समय भित्र वा यस कार्यालयको Email: lidoprocurementofficer@gmail.com मा सम्पर्क गरी प्राप्त गर्न सकिने छ ।

२. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वतः अयोग्य हुनेछन ।

३. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वत:अयोग्य हुनेछन ।

४. आपुर्तिकर्ताले बोलपत्र पेश गर्दा आर्थिक प्रस्तावना सँगै आफुले उपलब्ध गराउने मेशिनको क्याटलक पनि संलग्न गर्नुपर्ने छ ।

५. पेश गर्नु पर्ने कागाजातहरु:

पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपी, फर्म वा कम्पनी दर्ताको प्रमाण पत्रको प्रतिलिपी, फर्म वा कम्पनी नबिकरणको प्रमाण पत्रको प्रतिलिपी, आ.ब. २०७९।०८० को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी, सम्बन्धित सामाग्रीको व्यापार गरेको अनुभव प्रमाण पत्रको प्रतिलिपी (भएको खण्डमा)

कबोल गरेको रकमको २.५  प्रतिशत रकम बराबरको बैंक जमानत पत्र वा तपसिलमा उल्लेखित खातामा जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्नेछ ।

Bank Name: Laxmi Sunrise Bank Ltd.

Account Name: Lumbini Integrated Development Organization

Account Number: 02211011844

६. दरभाउ सम्बन्धी थप जानकारी प्रदान गर्नका लागि आपुर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पुर्व बैठक (Pre Bid Meeting) मिति २०८१ भाद्र ११ गते मंगलबारका दिन दिउँसो २ बजे संचालन गरिने छ । यो बैठक भौतिक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ ।

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)

ईमेल: lidoprocurementofficer@gmail.com

सम्पर्क नम्बर: ०७६-५६११४५

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 21 Aug, 2024
Apply Before 30 Aug, 2024
City Kapilvastu