सिलबन्दी बोलपत्र आह्वानको सुचना ।
Details / requirements:
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
तौलिहवा, कपिलवस्तु ।
“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना
सिलबन्दी बोलपत्र आह्वानको सुचना
प्रथम पटक सुचना प्रकाशन मिति: २०८१।०४।१७
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका र सम्मरीमाई गाँउपालिका तथा कपिलवस्तु जिल्लाको मायादेबी र शुद्धोधन गाँउपालिकामा लाभग्रहीहरुका लागि चापाकल (नल) जडान गर्न सिलबन्दी बोलपत्र प्रस्ताव आह्वान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।
प्राप्त बोलपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८१।०४।३१ गते बेलुका ५:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।
मिति २०८१।०४।३२ गते बिहान ११:०० बजे प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने बोलपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com बाट प्राप्त गर्न सकिने छ ।
नोट:
१. गोप्य सिलबन्दी दरभाउपत्र फाराम यस कार्यालयबाट कार्यालय समय भित्र वा यस कार्यालयको Email: lidoprocurementofficer@gmail.com मा सम्पर्क गरी प्राप्त गर्न सकिने छ ।
२. चापाकल (नल) जडान कार्य कपिलवस्तुको मायादेबी र शुद्धोधन गाँउपालिकामा ७४ थान तथा रुपन्देहीको सम्मरीमाई गाँउपालिकामा २ थान जडान गर्नु पर्नेछ ।
३. चापाकल (नल) जडान/निर्माण कार्यको लागि कार्यादेश पाएको मितिले ४५ (पैंतालिस) दिनको अवधि भित्र कार्य सम्पन्न गरी सक्नु पर्नेछ । समय सिमा भित्र कार्य सम्पन्न हुन नसकेको उपयुक्त कारण देखिएमा संस्थाले थप समय दिन सक्नेछ ।
४. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वत:अयोग्य हुनेछन ।
५. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन ।
६. कबोल गरेको रकमको २.५ प्रतिशत रकम बराबरको बैंक जमानत पत्र कम्तीमा ९० दिनको वा तपसिलमा उल्लेखित खातामा जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्नेछ ।
Bank Name: Laxmi Sunrise Bank Ltd.
Account Name: Lumbini Integrated Development Organization
Account Number: 02211011844
७. दरभाउ सम्बन्धी थप जानकारी प्रदान गर्नका लागि आपुर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पुर्व बैठक (Pre Bid Meeting) मिति २०८१ श्रावण २७ गते आईतबारका दिन दिउँसो २ बजे संचालन गरिने छ । यो बैठक भौतिक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ ।
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
ईमेल: lidoprocurementofficer@gmail.com
सम्पर्क नम्बर: ०७६-५६११४५
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 01 Aug, 2024 |
Apply Before | 15 Aug, 2024 |
City | Kapilvastu, Lumbini Province |