सिलबन्दि बोलपत्र आह्वान सम्बन्धि सूचना

Kopila Valley Sewa Samaj

Details / requirements:

सिलबन्दि बोलपत्र आह्वान सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः २०८१/०६/१२

कोपिला भ्यालि सेवा समाजले जोखिममा परेका बालबालिकाहरूलाई बैकल्पिक हेरचाह प्रदान गर्ने उद्देश्यले काम गरिरहेको छ जसको दृष्टिकोण हरेक बालबालिकलाई माया, शिक्षा र सुरक्षाको वातावरण प्रदान गर्नु हो । कोपिला भ्याली सेवा समाज अन्तर्गत सञ्चालित विभिन्न विभाग, वालगृह तथा कोपिला भ्याली स्कुलमा वालवालिकाहरूलाई वार्षिक रुपमा खुवाउने खाना तथा खाजाका लागि आवश्यक खाद्य वस्तुखरिद गर्न आह्वान गरिने बोलपत्र सम्वन्धी आवश्यक कागजातहरूको नमुना विवरण र न्युनतम मापदण्डका लागि यो TOR (सन्दर्भका सर्तहरू) तयार गरिएको छ । यस बोलपत्र सम्बन्धी कागजातहरूको विवरण संस्थाको खरिद नियमावलीमा खाद्य (स्थानिय तथा अर्गानिक उत्पादन) खरिदका लागि गरिएको विशेष व्यवस्था र खरिदको सबै प्रकृया पूरा गर्न नियमका सम्बद्ध अन्य व्यवस्थाहरूलाई समेत समेटिएको छ । कुनै अवस्थामा खरिद कानूनमा भएको व्यवस्थासंग बाझिएमा नेपाल सरकारको खरिद सम्बन्धि नियम सर्बमान्य हुने छ ।

कोपिला भ्यालि सेवा समाज तथा कोपिला भ्यालि स्कुलले आ.व. २०८१/८२ को लागि खाद्यान्न, फलफुल, तरकारी तथा स्टेसनरी सामाग्रीहरू आपुर्ति गर्न सप्लायर्स आवश्यक परेको हुदा सूचना प्रकाशनको मितिले ३० दिन भित्र ToR मा तोकिएका सर्तहरू पूरा गरि यस कार्यालयमा पेश गर्नहुन अनुरोध छ ।

ToR र बोलपत्रको फारम procurement@kvss.org.np मा इमोल मार्फत अनुरोध गरी प्राप्त गर्न सक्नु हुने छ ।

विस्तृत जानकारिको लागि

कोपिला भ्यालि सेवा समाज

विरेन्द्रनगर ४, सुर्खेत

९८०२५९८१५१

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 29 Sep, 2024
Apply Before 28 Oct, 2024
City Surkhet