सिलबन्दी बोल–पत्र आह्वानको सूचना
KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.
Details / requirements:
किर्डाक नेपाल
सिलबन्दी बोल–पत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८१ आश्विन २२ गते (८ अक्टुबर २०२४)
पुन प्रकाशित मिति: २०८१ कार्तिक ७ गते (२३ अक्टुबर २०२४)
युनिसेफको आर्थिक सहयोग किर्डाक नेपालको साझेदारीमा जाजरकोट जिल्लाका भेरी नगरपालिका र बारेकोट गाँउपालिकामा सञ्चालन भई रहेको Jajarkot Wash Recovery परियोजना अन्तर्गत आवश्यक सोलार तथा पानी शुद्धिकरणका उपकरणहरू खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्तअनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित ईच्छुक स्थानीय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ता बाट सिलबन्दी बोल–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
बोलपत्रमा समाबेस गर्नुपर्ने कागजातहरू:
१· कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरू
२· आर्थिक वर्ष २०७९/८० को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजात
३· VAT दर्ताको प्रमाण पत्र
४· सहि छाप सहितको TOR, Bid- Form, Code of Conduct र स्व घोषणा पत्र
५. सामाग्रीको नमुना फोटोहरू
६· बैंक जमानत पत्र (२·५ %)
आवेदन दर्ता गर्ने प्रक्रियाः
सिलबन्दी दरभाउपत्र यो सूचना पुन प्रकाशित भएको मितिले ३ दिन भित्र अर्थात ९ कार्तिक २०८१ तद्नुसार २५ अक्टुबर २०२४ साँझ ५:०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर, कलस्टर कार्यालय, जाजरकोट वा प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाउनु पर्ने छ । खरिद गरिने सामाग्रीको नाम विवरण, परिमाण, Technical Specification, बोल–पत्रको आवेदन फाराम र TOR संस्थाको वेभसाइट https://kirdarc.org/tender/ अथवा तल उल्लेखित लिङ्कहरूबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
Links:
Link_1.ToR for Solar System and Water Purifier
Link_2.RFQ_Solar System & Water Purifier
यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालयमा (सानेपा ललितपुर ०१ ५४४८०४०/५४४८३२१, प्रदेश कार्यालय विरेन्द्रनगर सुर्खेत ०८३–५२५६६४, प्रधान कार्यालय जुम्ला ०८७ ५२०२०१, र कलस्टर कार्यालय जाजरकोट ९८४३७६३४६०) मा सम्पर्क गर्न सकिने छ ।
नोटः पहिले पेश गरिसकेकोले पुन पेश गर्नु नपर्ने व्यहोरा सुचित गरिन्छ ।
सिलबन्दीबोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 23 Oct, 2024 |
Apply Before | 25 Oct, 2024 |
City | Lalitpur, Jumla, Birendranagar Surkhet, Jajarkot |