सहायक प्रशासन तथा लेखा अधिकृत (Assistant Administration and Accounts Officer)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सुचना
(प्रथम पटक प्रकाशित मिति: २०८१।१०।०६)
समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामुलक गैरसरकारी संस्था हो । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दै आइरहेको छ । यस संस्थाले शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन र मानवीय सहायता, लगायतका क्षेत्रमा कार्य गर्दछ । यसै सन्दर्भमा यस संस्थाले ज्भखिभतबक को आर्थिक सहयोगमा विभिन्न पालिकाहरुको समन्जय र सहकार्यमा Integrated Water Resource Management Program (IWRM-P) and Hello Dhara कार्यक्रम कार्यान्वयन गरिरहेको छ । विभिन्न समुदायमा एक घर एक धारामार्फत स्वस्थ र सुरक्षित खानेपानीको पहुंचमा बृद्धि गर्ने तथा विभिन्न खानेपानी योजनाहरु म्र्मत संभार गरी खानेपानी सुचारु गर्ने गरी यी दुबै कायैक्रमहरु कर्यान्वयन भइरहेका छन । यी दुबै कायृक्रमहरु सुर्खेत जिल्लाका लेकवेशी, गुर्भाकोट, सिम्ता र चिंगाड तथा सल्यान जिल्लाको कालिमाटी गरी ५ वटा स्थानीय तहहरुमा कार्यान्वयन भइरहेको छ ।
यी दुबै कार्यक्रमका लागि रिक्त रहेको तपसिल अनुसारका कर्मचारी आवश्यक परेकाले तल उल्लेखित पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।
विज्ञापन नं.: १४।२०८१।०८२
पद: सहायक प्रशासन तथा लेखा अधिकृत
आवश्यक संख्या: १ (एक) जना
कार्यक्षेत्र: कार्यक्रमको कार्यक्षेत्र
कार्यस्थल: केन्द्रीय कार्यालय, वीरेन्द्रनगर, सुर्खेत
योग्यता र अनुभव: मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा १ वर्ष गैरसरकारी संस्थाको प्रशासन तथा लेखामा काम गरेको कार्यअनुभव भएको ।
सिप तथा दक्षता: यस पदका लागि निम्नानुसारका सिप तथा दक्षता आवश्यक पर्नेछ ।
- कार्यक्रमहरुको वजेट तयार गर्न, योजना बनाउन तथा वजेट क्यालेण्डर तयार गर्न सहयोग तथा नेतृत्व गर्ने ।
- कार्यक्रमहरुको मासिक बजेट र खर्चको अवस्थाका बारेमा परियोजना टीमलाई जानकारी गराउने, सहयोग गर्ने र वजेट अनुसार खर्चको सुनिश्चितता गर्ने ।
- आर्थिक कारोवार र प्रतिवेदनका लागि आवश्यक पर्ने कागजात, अभिलेख तथा प्रक्रिया तयार, अद्यावधिक तथा पुरा गर्ने ।
- दैनिक आर्थिक कारोवार सञ्चालन गर्ने ।
- संस्था तथा परियोजनाको नियम तथा आधार अनुसार गुणस्तर र आवश्यक सबै प्रक्रिया तथा अभिलेखहरुको सुनिश्चितता हुने गरी आवधिक आर्थिक प्रतिवेदन तयार र तोकिएकै समय अवधिभित्र पेश गर्ने ।
- आवश्यकता अनुसार सञ्चार तथा अन्तरव्यक्ति सञ्चार गर्न सक्ने ।
- गैरसरकारी संस्थाको प्रशासनिक, मानव संशाधन, खरिद तथा भण्डारण, सवारी साधन व्यवस्थापन, लगायतका कार्यहरु सञ्चालन गर्न सक्ने ।
विस्तृत कार्यविवरण तलको लिङ्कमा रहेको छ ।
दरखास्त दिने विधि: सन्दर्भ व्यक्तिहरुको (References) नाम, सम्पर्क नं., इमेल, आफ्नो इमेल, र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (वायोडाटा), शैक्षिक योग्यताका प्रमाणपत्र, तालिम तथा अनुभवका प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा निवेदनसहित यसै सुचनामा रहेको इमेलमार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता पुरा नभएका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आंशिक रुपमा कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौंटमा परेका उमेदवारहरुलाई मात्र थप छनौंट प्रक्रियामा समावेश गरिनेछ । संस्था तथा परियोजनाले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग, वञ्चितिकरणमा परेको वर्ग तथा स्थानीयलाई प्राथमिकता दिइनेछ । यस संस्था यौंन उत्पीडन, शोषण र दुर्व्यवहार एवम् बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरुसहित प्रतिबद्ध रहेको छ । यसैगरी कुनै पनि प्रकारको आर्थिक अनियमितता रोक्नका लागि संस्थाले नीतिगत व्यवस्था गरी सो को कार्यान्वयन सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व:घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ ।
दरखास्त दिने अन्तिम मिति: २०८१।१०।१२ गते दिनको ५:०० बजेसम्म । उक्त दिन सार्वजनिक बिदा परे पनि दरखास्त पेश गर्न सकिनेछ ।
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं.: ०८३ ५२१२८२
Overview
Category | Accounting and Finance, Finance & Administration, Development / NGO |
Openings | 1 |
Position Type | Full Time |
Experience | 1+ years |
Education | B. Com./BBS, BBA / BBM, Bachelor's in Management |
Posted Date | 19 Jan, 2025 |
Apply Before | 25 Jan, 2025 |
City | Birendranagar Surkhet |