सहायक ईन्जिनियर (Sub-Engineer)
Details / requirements:
रतौली युवा क्लव
कर्मचारी आवश्यकता
प्रकाशित मिति: २०८१/१२/२७ गते
रतौली युवा क्लब (RYC) महोत्तरी वि.सं. २०४७ मा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । यस सस्थाले सामाजिक विकृति, साक्षरता, अज्ञानता, अस्वस्थता, अलोकतान्त्रिक मान्यता, अनैतिकता, भेदभावपूर्ण प्रचलन, वातावरणीय, पतन, अलोकतान्त्रिक मान्यतालाई हटाउन अधिकारमा आधारित, सहभागितामूलक र लोकतान्त्रिक प्रक्रियाबाट आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । संस्थाले स्थापना काल देखि नै सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा समाजमा रहेका दलित, जनजाति, अतिविपन्न, महिला, मुस्लिम, बालबालिका, अपाङ्गता र विपन्न समुदायको क्षमता विकास र मानवअधिकार अभियानमार्फत खानेपानी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको अवस्था सुधार गर्ने काम गर्दै आईरहेको छ ।
रतौली युवा क्लब तथा Habitat for Humanity Nepal को साझेदारीमा धनुषा जिल्लामा सञ्चालनमा रहेको सुरक्षित आवास परियोजना र रतौली यूवा क्लब तथा ActionAid International Nepal को साझेदारीमा रामगोपालपुर नगरपालिका महोत्तरीमा संचालनमा रहेको “स्थानीय अधिकार कार्यक्रम“ अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-data) सहितको निवेदन तल उल्लेखित ठेगानामा वा ईमेल मार्फत पठाउन आव्हान गरिन्छ ।
१. पद: सब इन्जिनियर/सहायक इन्जिनियर – २ जना
(वि.नं: २०–०८१/०८२)
न्यूनतम् योग्यता
- डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषय वा सो सरह उत्तीर्ण भएको ।
- बिधालय भवन निर्माण/पुनरनिर्माण तथा सुरक्षित आवास क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
- दिगो निर्माण सामग्री तथा अभ्यासहरुको कार्य अनुभव भएको ।
- प्राविधिक रुपमा सवल तथा समस्याहरुको ब्यवस्थापन, सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको ।
- कम्प्युटर संबन्धी व्यवहारिक ज्ञान तथा सम्बन्धित सफ्टवेयर (AutoCAD, MS Office Package) चलाउन सक्ने दक्षता भएको ।
- स्थानिय भाषाका साथै नेपाली र अंग्रेजी भाषामा दोहोरो संचार गर्न, कार्ययोजना निर्माण, कार्यान्वयन तथा प्रतिवेदन लेखनमा दक्षता भएको ।
नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अतिविपन्न, मुस्लिम, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
पदको विस्तृत कार्य–विवरण: JD_SUB-ENGINEER
दरखास्त दिने अन्तिम मिति: २०८२/०१/०२ गते साँझ ५։०० बजे सम्म ।
आवेदनका लागि: रतौली युवा क्लव, जनकपुरधाम–७, जिरोमाईल, धनुषा ।
वा
ईमेल: vacancyryc@gmail.com
Overview
Category | Engineering - Civil, Development and Project, Development / NGO |
Openings | 2 |
Salary | As per organization rules / |
Position Type | Full Time |
Experience | 2 Years |
Education | Diploma in Civil Engineering |
Posted Date | 09 Apr, 2025 |
Apply Before | 15 Apr, 2025 |
City | Dhanusha |