सूचीदर्ता गराउने सम्बन्धी सुचना ।

Digo Bikash Samaj

Digo Bikas Samaj (DBS) was established in the year 2063 B.S. to provide development services to people of remote and flood prone wards of Kailali district namely Lalbhoji, Bhajani, Khailad, Narayanpur,Dhansinghpur, Thapaput, Munuwa, Joshipur, Janakinagar and Pathriya. From the very beginning of its establishment, this organization has been working with poor and disadvantaged people in these wards. It is an umbrella organization of 9 community based organizations (CBOs) which is governed by people from the Dalit and Tharu communities.

Details / requirements:

सूचीदर्ता गराउने सम्बन्धी सुचना ।

प्रथम पटक प्रकाशित मिति २०८१।०६।१६

दिगो विकास समाज भजनी १ कैलाली समुदायमा आधारीत संस्थाहरुको (सि.बि.आ) छाता संगठन हो यो संस्था विगत १७ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गर्दै आइरहेकोछ । हाल संस्था र वल्र्ड भिजन इन्टरनेसनल नेपाल (WVIN) को साझेदारीमा पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना (NRL), PIPER परियोजना र लुथरन विश्व फेडेरेशनको साझेदारीमा सामुदाायिक शसक्तिकरण तथा विकासका लागि स्थानिय पहल (LICED) परियोजना संचालनमा छ । संस्थामा संचालनमा रहेको परियोजना अन्तरगत विभिन्न कार्यक्रमहरु संचालनको लागि संस्थालाई आ.व. २०२४/२०२५ को लागि तल उल्लेखित वस्तु तथा सेवाहरु आवश्यकता अनुसार खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गरी बस्तु तथा सेवाहरुको खरिद कार्य गर्नको लागि इच्छुक योग्य आपुर्तिकर्ताहरु (फर्म, कम्पनी, सेवाप्रदायकएवं संस्थाहरु) लाई पुर्व योग्यता (Supplier Pre-qualification Process) प्रकृयामा सहभागी गराई सूचिकृत गर्नुपर्ने भएकाले आवश्यक कागजातहरु (फर्म दर्ता र नविकरणको प्रमाण पत्र प्रतिलिपि, मु.अ कर भ्याट पान दर्ता प्रमाण पत्र प्रतिलिपि र आ.व. २०८०/२०८१ कर चुक्ता प्रमाणपत्र प्रतिलिपि, सुचीदर्ता फाराम भरेको) सहित यो सुचना प्रकाशित भएको मितिले २० दिन भित्र मिति २०८१।०७।०६ गते साँझ ५ बजे सम्म सुची दर्ताका लागि आवेदन पेश गर्न आहवान गरिन्छ । सूचिकृत गराउन भौतिक रुपमा संस्थाको कार्यालयमा उपस्थित भई वा scm.dbs@gmail.com ईमेल माफर्त निवेदन पेश गर्न सकिनेछ । 

वस्तु तथा सेवा खरिद सम्बन्धि कार्यहरु:

१. मसलन्द तथा स्टेशनरी आपुर्ति र कुरियर सेवा

२. खेलकुद सामाग्रीहरु

३. लत्ता कापडाहरु झोला र तयारी तथा थानको कपडाहरु

४. फर्निचर (काष्ट वा स्टिलको टेबल, कुर्चि, दराज, बाकस, सुचनाबोर्ड, ह्वाइट बोर्ड)

५. हार्डवेयर तथा निर्माण सामग्री आपुर्ति कार्य

६. रंग रोगन सामग्रीहरु तथा इट्टा

७. खाद्यान्न सामाग्रीहरु 

८. कृर्षि सामाग्री तथा मेशिनरी औजारहरु 

९. फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा कपडा)

१०. स्वयंसेवक तथा तथ्याङ्ग संकलन कर्ताहरु 

११. परामर्श सेवाहरु –विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादककर्ता, अध्ययन अनुसन्धान कर्ता) 

१२. ठुला तथा साना सवारी साधनहरु (स्कारपियो, बोलेरो जिप, मिनि ट्रक, बस, ट्रयाक्टर, अटो रिक्सा)

१३. मोटरसाईकल पार्टस र मर्मत

१४. छपाई सम्बन्धि कार्य (फ्लेक्स ब्यानर, स्टीकर, कपि, बुक, रजिष्टर पोष्टर, टिसर्टवा बुक प्रिटिङ्ग, मायाको चिनो र होडिङ्गबोर्ड)

१५. पत्रपत्रिका विज्ञापन, सुचना तथा संन्देश प्रसार

१६. एफ.एम. रेडियो, टेलिभजनबाट सुचना वा संन्देख प्रशारण 

१७. मेडिकल उपकरणहरु (हाइजिन किट, खानेपानीतथा सरसफाइ किट, एनएफआइ किट, सेनिटाइजर, मास्कर साबुन औषधी)

१८. होटेल व्यवसाय सेवा आवसिय – खानाखाजा आवास सहित, तालिम हल कक्ष भएको, समुदाय स्तरमा खाना, खाजा, तालिम हल

१९. सिलाई मेसिन तथा पार्ट र सिलाई कटाई र व्युटी पार्लन सामाग्री

२०. इलेक्ट्रीक र इलेक्ट्रोनिकसंग सम्बन्धि मर्मत तथा सामाग्रीहरु

थप विवरणहरूको लागि कृपया तलको लिङ्क मार्फत जानुहोस् 

Links:

Supplier Registration Form

Supplier Code of Conduct

प्राप्त दरखास्तहरु स्वीकृत गर्ने वा नगर्ने अधिकार संस्था मानिहित हुने छ ।

कागजात पेश गर्ने ठेगाना

दिगो विकास समाज, भजनी १ कैलाली

फोन नं. ०९१– ५८०२१४/९८४८०२३७५० र ईमेल ठेगाना scm.dbs@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 02 Oct, 2024
Apply Before 22 Oct, 2024
City Kailali