सुचारुपना तथा मर्मतसंभार प्राविधिक (Functionality and Maintenance Technician)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८१।११।०७)
समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक, गैरसरकारी सरकारी संस्था हो । यस संस्थाले अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्नु वेश भन्ने मूल नाराका साथ समुदायमा कार्यक्रमहरु कार्यान्वयन गरिरहेको छ । महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माणमा योगदान गर्नका लागि प्रतिबद्ध रही स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, शिक्षा, जिविकोपार्जन, संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता, लैङ्गिक समानता, विविधता तथा सामाजिक समावेशीकरण एवम् संस्थागत विकासका क्षेत्रमा हाल कर्णाली प्रदेशका सबै १० जिल्लाहरुमा कार्य गर्दै आइरहेको छ ।
यी विभिन्न कार्यक्रमहरुमध्ये हेल्भेटास नेपाल र लेकवेशी नगरपालिका, सुर्खेतसंगको साझेदारीमा खानेपानी योजनाको सुचारुपना अभिबृद्धिका लागि अनुगमन तथा मर्मतसंभार प्रणालीमा सुधार (हेलो धारा) कार्यक्रम सन् २०२४ जनवरीदेखि लेकवेशी नगरपालिका, सुर्खेतमा कार्यान्वयन भइरहेको छ । त्यसैले उक्त कार्यक्रमका लागि रिक्त रहेको तपसिलमा उल्लेखित कर्मचारी आवश्यक भएकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुकबाट निवेदन आव्हान गरिन्छ ।
विज्ञापन नं.: १८।२०८१।०८२
पद: सुचारुपना तथा मर्मतसंभार प्राविधिक
आवश्यक संख्या: १ जना
कार्यस्थल: लेकवेशी नगरपालिका, सुर्खेत, (नियमित तथा अधिक फिल्ड भ्रमण गर्नुपर्ने)
आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता
- प्राविधिक एसएलसी वा सो सरह वा सव ओभरसिएर तह उत्तीर्ण गरी खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी १ वर्ष कार्य अनुभव भएको वा प्लम्बिङ ट्रेड लेबल १ उत्तीर्ण गरी खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी २ वर्ष कार्य अनुभव भएको ।
- मोटरसाइकल चलाउन जान्ने तथा बैध सवारी चालक अनुमति पत्र भएको
- खानेपानी तथा सरसफाइका पूर्वाधारहरु मर्मतसंभार गर्न सक्ने अनुभव, सिप तथा दक्षता भएको ।
- आधारभूत रुपमा मेकानिकल, विद्युत तथा प्लम्बिङ सम्बन्धी ज्ञान भएको ।
- खानेपानी तथा सरसफाइका पूर्वाधारहरु मर्मतसंभार गर्नका लागि आवश्यक पर्ने औंजार तथा उपकरण चलाउन सक्ने सिप भएको ।
- प्रभावकारी समन्वय र सञ्चार गर्न सक्ने ।
- इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीकरण सचेत भएको ।
मुख्य कार्यहरु र जिम्मेवारी: खानेपानी योजनाका बिग्रेका तथा मर्मतसंभार गर्नुपर्ने संरचनाहरु म्र्मतसंभार गर्ने, तालिमहरु सञचालन गर्ने, खानेपानी उपभोक्ता समितिलाई सक्रिय पार्ने लगायतका कार्यहरु गनुपर्नेछ । विस्तृत कार्यविवरण तलको लिङ्कमा रहेको छ ।
कार्य अवधी: आगामी जुलाई २०२५ सम्म (३ महिने परिक्षणकाल रहनेछ । कार्यसम्पादन, आवश्यकता र श्रोत उपलब्धताका आधारमा कार्य अवधी थप हुन सक्ने ।)
पारिश्रमिक तथा सेवासुविधा: संस्थाको नियमानुसार तथा कार्यक्रममा भएको व्यवस्था बमोजिम
प्राथमिकता: संस्था तथा कार्यक्रमले सकारात्मक विभेदिकरणको नीति अबलम्बन गर्ने भएकाले लैङ्गिक समानता, विविधता तथा सामाजिक समावेशीकरण, सिमान्तकृत, स्थानीयका लागि सकारात्मक विभेद गरिनेछ ।
दरखास्त दिने विधि: सन्दर्भ व्यक्तिहरुको नाम, सम्पर्क नं., इमेल ठेगाना, आफ्नो इमेल र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (वायोडाटा) सहित यसै सूचनामा रहेको https://bit.ly/sacnepal मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएका शैक्षिक योग्यता पुरा नभएका, तोकिएका मापदण्ड पुरा नगरेका, रितपूर्वक नपरेका वा म्याद नाघी आएका दरखास्तहरु स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । यस संस्था यौंन उत्पीडन, शोषण र दुर्व्यवहार एवम् बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरुसहित प्रतिबद्ध रहेको छ । यदि आवेश पेश गर्ने व्यक्तिको यस संस्थामा कुनै नजिकको नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख वा स्व–घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । प्रारम्भिक छनौंटमा परेका उमेदवारहरुलाई मात्र लिखित तथा मौखिकसहित छनौंट प्रक्रियामा समावेश गरिनेछ । संस्थाले पूर्ण वा आंशिक रुपमा कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
आवेदन पेश गर्ने अन्तिम मिति: मिति २०८१।११।१३ गते दिनको ५:०० बजेसम्म । यदि कुनै कुरा बुझ्नुपरेमा तल उल्लेखित इमेल वा फोन नं. सम्पर्क गर्न सक्नुहुनेछ ।
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
फोन नं. ०८३ ५२१२८२
इमेल: info@sacnepal.org.np
Overview
Category | Technical, Engineering - Civil, Development and Project, Development / NGO |
Openings | 1 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 19 Feb, 2025 |
Apply Before | 25 Feb, 2025 |
City | Surkhet |