सुची दर्ता (ROSTER) गर्ने बारे सूचना
Details / requirements:
सुची दर्ता (ROSTER) गर्ने बारे सूचना ।
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (RHEST) २०४९ मा स्थापित एक गैरसरकारी संस्था हो । नेपालका ७ प्रदेश अन्तर्गत १८ जिल्लामा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । (RHEST) ले आर्थिक बर्ष २०८१/८२ (2024/2025) को लागि तल उल्लेखित सेवा तथा वस्तुको आपूर्ति आवश्यक हुने भएकोले सोको लागि इच्छुक आपुर्तीकर्ता एवं सेवा प्रदायक फर्महरूबाट सूची दर्ताको लागि दरखास्त आह्वान गरिएको छ ।
१) वस्तु तथा सामाग्रीहरूको लागि
- Electronic Equipment/Appliance (Earthquake bell, Fire Extinguisher, Gas heaters, Water heater, Water dispenser, ovens, Thermos, refrigerator etc)
- Pharmaceuticals & Medicine
- IT Related (Computer/Laptop/UPS, Router, Printer)
- Office Stationery
- Office Supplies (Tonner refilling/cartage for printer and photocopy machine)
- Furniture & Furnishing
- Printings Materials
- Vehicle & Motorcycles Spare: (Oil/ Lubricants/ Tyre and other parts)
- Solar/Inverter/Battery
- General/Promotional items: (T-shirt, Cap, Bag and other field gear
२) सेवा सम्बन्धीको लागि
- Hotel Accommodation & Foods with conference hall
- Travel Agent: Air Ticket (Domestic/International)
- Courier Services
- Advertisement Service (Online portals, agencies, etc)
- Vehicle hiring (Rental- Pick-up, Jeep, Car, Jeep, Truck)
- Insurance (GPA, Medical and Asset)
- Repair and Maintenance (Two and Four-wheeler)
- Repair and Maintenance (Computer and Equipment)
- Repair and maintenance (Furniture and fixtures)
- Office repair and maintenance: (Plumbing, Electricity and building Services)
सूची दर्ताका लागि आवश्यक कागजात तथा शर्तहरू:
- आवेदनपत्र, साथमा सम्बन्धित शिर्षकमा कार्य गर्न पाउने इजाजतपत्र, मुल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०७९।८० को कर चुक्ता प्रमाण पत्र ।
- साझेदारितामा विविध फर्म खोलिएको भए कुनै एक फर्मले मात्र निवेदन पेश गर्नुपर्नेछ ।
- एउटै फर्मले एक भन्दा बढी समूहमा कार्य गर्ने भए छुट्टा छुट्टै निवेदन पेश गर्नुपर्नेछ ।
उपरोक्त बमोजिम सुचि दर्ताका लागि आवेदन दिँदा सम्बन्धित “आवश्यक कागजात तथा शर्तहरू” मा उल्लेख गरिएका सबै ब्यहोरा तथा प्रमाणपत्रहरू अनिवार्य रुपमा संलग्न राखी https://forms.gle/4CNX7XxXQXnnshoX9 मार्फत मिति ४ अगस्ट २०२४ (२०८१।०४।२० गते) भित्रमा पेश गरिसक्नु पर्नेछ ।
Registration Form : Registration_Form.PDF
- माथि उल्लेखित Google form मार्फत पेश भएका निवेदनहरूलाई मात्रै आधिकारिक मानिने छ । साथै सोही Google form को माध्यमबाट प्राप्त भएका निवेदनहरूलाई मात्र खरिद समितिले अध्ययन गरी सुचीमा सुचित गर्न सकिने वा नसकिनेको निर्णय गरिने छ ।
- म्याद नाघी प्राप्त हुन आएका निवेदन तथा आवश्यक कागजातहरू पूर्ण नभएका आवेदकहरूको आवेदनहरूलाई आपूर्तिकर्ताको सुचिमा समाबेश गरिने छैन ।
- प्राप्त आवेदनहरूलाई सूचीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय गर्ने अधिकार यस संस्थामा निहीत रहनेछ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 15 Jul, 2024 |
Apply Before | 14 Aug, 2024 |
City | Kathmandu |