सूची दर्ता गराउने सम्बन्धी सुचना

Sonaha Bikash Samaj

Details / requirements:

सूची दर्ता गराउने सम्बन्धी सुचना

प्रथम पटक प्रकाशित मिति २०८१/११/२८

यस सोनाहा विकास समाज, राजापुर १, हिमालिपुर, बर्दिया जिल्लामा वि.सं. २०६८ सालमा दर्ता भई लुम्बिनी प्रदेशमा क्रियालिश गैरसरकारी संस्था हो । यस संस्थाले विभिन्न राष्ट्रिय निकाय र अन्तराष्ट्रि गैरसरकारी संस्थाहरुसँग साझेदारी गरी बर्दिया जिल्लामा बाल संरक्षण र बालकेन्द्रित परियोजना, शिक्षा, आय आर्जन, स्वास्थ्य, सरसफाई र संरक्षणका क्षेत्रमा विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको छ । 

यस संस्थाले सन् २०२५ का लागि तपशिमा उल्लेखित सेवा प्रदायक र सामग्री आपूर्तिकर्ताहरुको सूचि तयार गर्न लागेकाले तपशिलमा उल्लेखित सेवा तथा सामग्री आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त फर्म, कम्पनि, सप्लायर्स तथा परामर्श दातालाई सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र तोकिएको रितपूर्वक सूचिकृत हुनका लागि निवेदन पेश गर्न सार्वजनिक सूचना आहवान गरिएको छ ।

सुचीकृत गर्नुपर्ने सेवाको विवरण

(क) सामग्री आपूर्ति तथा मर्मत

१. स्टेशनरी सामान (मसलन्द) आपूर्ति 

२. छपाई सम्बन्धि कार्य 

३. फर्निचर मर्मत तथा आपूर्ति

४. ईलेक्ट्रोनिक उपकरणहरु (ल्यापटप, प्रिन्टर, टोनर, कार्टेज, स्मार्ट टि.भि. तथा स्मार्ट बोर्ड) आपूर्ति तथा मर्मत

५. सवारी साधन मर्मत तथा पार्टपुर्जाहरुको आपूर्ति

६. कृषि सामग्री तथा बिउबिजन आपूर्ति 

७. सवारी साधन भाडामा उपलब्ध गराउने 

८. प्लाष्टिकको सामग्री आपूर्ति

९. हार्डवयर तथा निर्माण सामाग्रि

१०. चिकित्सा तथा सर्जिकल समाग्रि

(ख) सेवा आपूर्ति 

१. प्राविधिक तथा कार्यालयलाई आवश्यक परामर्श सेवा

२. सुचना प्रकाशन तथा प्रसारण सम्बन्धी 

३. भिडियो तथा डकुमेन्ट्रि निर्माण सेवा 

४. विभिन्न विषयका तालिम, गोष्ठि प्रशिक्षण सम्बन्धि सेवा (व्यक्ति वा संस्था)

५. बिमा कम्पनि (Life, non-life)

(ग) होटल व्यवसाय सेवा

१. कम्तिमा २५(५० जना अटाउन सक्ने एसी तथा नन एसी जडानयुक्त सभाहल भएको ।

२. प्रत्येक कोठाहरु सिंङ्गल तथा डबल बेड र एसी जडान भएको ।

३. पुर्ण सरसफाई भएको ।

४. समयमै सेवा दिन सक्ने 

५. पार्किङ्ग तथा वातावरण मैत्रि भएको ।

(घ) खाना तथा खाजा नास्ता आपूर्ती सम्बन्धी सेवा (गैर आवासिय)

दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

२. आ.व. २०८१/२०८२ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।

३. मु.अ. कर (VAT/PAN) दर्ता प्रमाण पत्रहरुको प्रमाणित प्रतिलिपिहरु ।

४. ब्यक्तिको हकमा बायोडाटा, नागरिकताको प्रतिलिपि 

५. बस्तु तथा सेवा प्रदायकहरुले उपलब्ध गराउने सेवा तथा बस्तुको बिबरण सहितको दर सुची अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

माथि उल्लेखित बस्तु तथा सेवा आदिमा प्रत्येक विषयगत छुट्टाछुट्टै दरखास्त दर्ता गराउनु पर्नेछ । रित नपुगि र म्याद नाघि आएको दरखास्तलाई मान्यता दिईने छैन ।

प्राप्त दरखास्तहरु स्वीकृत गर्ने नगर्ने अधिकार यस संस्थामा निहित हुनेछ ।

कागजात पेश गर्ने ठेगाना

सोनाहा विकास समाज (SBS)

राजापुर १, हिमालिपुर, बर्दिया

फोन नं. ९८६८१२४१२६, ९८५७८२४४०३, ९८४८७३८०६९

ईमेल ठेगाना: sbsbardiya.procurement@gmail.com

(नोट: कागजातहरु कार्यालय समय भित्र बुझाउन सकिने छ र ईमेल मार्फत पनि कागजात पेश गर्न सकिने छ ।)

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 12 Mar, 2025
Apply Before 26 Mar, 2025
City Bardiya