सूची दर्ता गराउने सम्बन्धी सूचना
Details / requirements:
Centre for Mental Health & Counselling – Nepal
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र – नेपाल (सी.एम.सी.–नेपाल)
थापाथली, काठमाडौं नेपाल
फोन नं. ०१–४१०२०३७, ५३२६०४१ फ्याक्स नं. ४१०२०३८
Email: Webpage: www.cmcnepal.org.np
सूचना प्रकाशित मितिः २०८१/१०/२९
यस मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा काम गर्ने एक राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्थाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रमा जनचेतना अभिवृद्घि गर्ने, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवाको पहुँच स्थानिय स्तरसम्म पु¥याउनको लागि स्वास्थ्यकर्मी, शिक्षक लगायत विकासको क्षेत्रमा काम गर्ने संघसंस्थाका कर्मचारीहरुको क्षमता अभिवृद्घि गर्ने लगायतका कामहरु गर्दै आइरहेको छ । यस संस्थाले मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरुको हक, अधिकारको लागि संगठित भई सरोकारवाला निकायहरु समक्ष आवाज उठाउन तथा वकालत गर्न त्यस्ता व्यक्तिहरुको स्वावलम्वन समूहको गठन र शशक्तिकरणको लागि सहजीकरणको भूमिका पनि निभाउंदै आएको छ ।
यस संस्था सी.एम.सी.–नेपाललाई आउने साल २०२५ (इ.सं.) मा आवश्यक पर्ने तपशिलका सामान तथा सेवाहरु उपलब्ध गराउने प्रयोजनको लागि सामान तथा सेवा प्रदायकहरुको सूची सूचीकृत गरिने भएको हुँदा मौजुदा सूचीमा दर्ता हुन इच्छुक इजाजतपत्र प्राप्त रजिष्टर्ड फर्म तथा कम्पनीहरुले निम्न लिखित कागजहरु संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आफूले गर्न चाहेको प्रत्येक आपूर्ति तथा सेवा कार्यको लागि छुट्टाछुट्टै आवेदन यस संस्थाको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा पेश गर्नुहुन वा https://forms.gle/UGvWBhTznDNQtNwW7 यस लिंकमा गइ सम्पूर्ण विवरण भर्नहुन यो सूचना प्रकाशित गरिएको छ । म्याद नाघी आएको आवेदन उपर कुनै कार्वाही गरिने छैन ।
आपूर्ति उपलब्ध गराउनुपर्ने सामान तथा सेवाहरुः
१) छपाइ सम्बन्धि सम्पूर्ण कार्यहरु
२) स्टेशनरीका सामानहरु (मसलन्द तथा कार्यालय सञ्चालन सम्बन्धि)
३) ल्यापटप, टेलिफोन सेट, स्कायनर, फोटोकपी मेसिन, प्रिन्टर कार्टेज, टोनर तथा टोनर रिफिलिगं, सम्पूर्ण स्पेयर पार्टस्हरु, यू.पि.एस. तथा इन्भर्टर
४) कुरियर सेवा (आन्तरिक तथा बाह्य)
५) टिकेटिगं, टुर तथा ट्राभल्स सम्बन्धि विविध सेवा (आन्तरिक तथा बाहय)
६) बिमा सेवा सम्बन्धि सम्पूर्ण सेवाहरु (सामुहिक स्वास्थ्य विमा, मोटर विमा, मार्गस्थ तथा नगद बिमा, स्थिर सम्पत्ति बिमा, सामुहिक दुर्घटना विमा, आदि)
७) इन्टरनेट सेवा प्रदायक
८) विज्ञापन एजेन्सी
९) फर्निचर तथा फर्निसिगं सम्बन्धि सामानहरुको मर्मत तथा आपूर्ती
१२) मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरुको लागि प्रयोग गरिने औषधी आपूर्ति सेवा
पेश गर्नुपर्ने कागजातहरु
१) फर्म र कम्पनी दर्ताका प्रमाणपत्रको प्रतिलिपी
२) VAT/PAN मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३) आ.व. २०८०/८१ को कर चुक्ता गरेको प्रमाणपत्र वा कर विवरण दाखिला गरेको प्रमाणपत्रको प्रतिलिपि
४) आधिकारिक डिलर एवं वितरक भए सो पुष्टि गर्ने प्रमाणपत्रको प्रतिलिपि
माथि उल्लेखित सामान तथा सेवाहरुको लागि प्राप्त आवेदन आंशिक वा पूरा रुपमा स्वीकृत गर्ने / नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित हुनेछ । सूचिदर्ताको लागि आवेदन पेश गरेका सम्पूर्ण फर्म तथा कम्पनीहरुलाई सूचिकृत गर्न कम्पनी बाध्य हुने छैन । सूचिकृत कम्पनीहरुसँग मात्र खरिद गर्न समेत कम्पनी बाध्य हुने छैन ।
Overview
Category | |
Openings | 01 |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 11 Feb, 2025 |
Apply Before | 03 Mar, 2025 |
City |