सुची दर्ता गर्ने सम्वन्धि सूचना

Global cooperation for development

Details / requirements:

सुची दर्ता गर्ने सम्वन्धि सूचना

(Ref: 2024/01)

प्रथम पटक प्रकाशित मितिः २०८१/०८/२४ (9 December 2024) गते

ग्लोवल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरले चाईना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोगमा सामुदायिक विद्यालयहरुमा Smiling Children Program(School Feeding) दिवा खाजा कार्यक्रम, शैक्षिक सहयोग कार्यक्रम साथै आपत्तकालिन सहायता कार्यक्रम सञ्चालन गरिरहेकोले यस संस्थालाई सन् २०२५ को लागि तल उल्लेखित सेवा तथा सामग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक–पटक गरी खरिद गर्नुपर्ने भएकोले योग्य संभावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre-qualification process) प्रक्रियामा सम्वन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरुबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८१/०९/२९ (13 January 2025) गते भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौं साथै संस्थाको gcdnepal017@gmail.com इमेल मार्फत पनि उल्लेखित कागजातहरु पेश गर्न सकिने छ ।

सेवा तथा सामग्री खरिद सम्वन्धि कार्यहरु

  • स्टेशनरीः सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि झोला, स्टेशनरी सामान, स्वास्थ्य सामग्री (हाईजेन किट)
  • कार्यालय मसलन्द, स्टेशनरी सामानहरु
  • फर्निचरः ( काष्ठ दराज, टेवल, कुर्सी, स्टिल दराज) तथा फर्निसिङ कार्पेट, कुसन, पर्दा कपडा, आदी
  • छपाइ – कपी, पोष्टर, पम्पलेट, टिसर्ट, किताब फ्लेक्स व्यानर) मायाको चिनो
  • विपद् व्यवस्थापन सम्वन्धि तालिम तथा परामर्शदाताहरु
  • परामर्श सेवाः विभिन्न विषयका लागि प्रशिक्षक, अनुबादकर्ता तथा अनुसन्धानकर्ताहरु
  • सवारी साधन ढुवानी, भाडाः (बस, स्कोरपियो, बोलेरो, मिनिट्रक, पिकअप भ्यान, ट्रक,कन्टेनर आदी )
  • आपत्तकालीन सहायताका सामग्रीहरुः (त्रिपाल, डोरी, बाल्टी, ब्ल्याङ्केट, आपत्तकालिन प्राथमिक उपचार बाकस, आदी)
  • फोटो, भिडियो छायांकन तथा सम्पादन
  • पत्रपत्रिकामा बिज्ञापन सूचना तथा सन्देश प्रसारण गर्ने कार्य
  • विद्यालयको भान्छाकोठा मर्मत, संभार 
  • कम्प्युटर, ल्यापटप, डिजिटल क्यामेरा, मेमोरीकार्ड, पेनड्राइभ 
  • मेसिनरी औजारहरुः संस्थाको आवश्यक्ता अनुसार 

सूची दर्तागर्दा पेश गर्नुपर्ने कागजातहरु

(सूचीदर्ता फारम, फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपी (नविकरण सहित), स्थायी लेखा नम्वर/मूल्य अभिवृद्धिकरमा दर्ता प्रमाणपत्रको प्रतिलिपी, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी (२०८०/८१ आ.व), प्रोपाईटर/कम्पनी प्रमुखको नागरिता प्रमाणपत्रको प्रतिलिपी, पछिल्लो २ बर्षमा विभिन्न संस्था तथा निकायहरुम सेवा प्रदान गरेको प्रमाणपत्रको प्रतिलिपी (यदि भएमा), कुनै पनि निकायमा कालो सूचीमा नरहेको स्वः घोषणापत्र)

Suppliers Registration Form Download

अन्य शर्त तथा जानकारी

माथि उल्लेखित वस्तु तथा सेवा सम्वन्धी कार्य पूर्ण वा आंशिक गराउने वा नगराउने सम्पूर्ण अधिकार यस संस्थामा निहित हुनेछ । म्याद नाघी आएका वा रित नपुगी पेश गरेको आवेदन थप छनौट प्रक्रियामा समावेश गरिने छैन् । सूचीकृत भएका फर्म/कम्पनी/व्यक्तिले सन्तोषजनक सेवा तथा सामान समयमा आपूर्ति नगरेको खण्डमा सूचीबाट विना सूचना नाम हटाउन सकिने छ । यस उपर कुनै दावी विरोध गर्न पाईने छैन । सूचिकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ 

Mailing Address:

Global Cooperation for Development, Lalitpur

Email: gcdnepal017@gmail.com,

Contact: 9745615078/79

OR

Submit hardcopy at GCD Office, Lalitpur

Overview

Category Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 09 Dec, 2024
Apply Before 08 Jan, 2025
City Lalitpur