सूची दर्ता गर्ने सम्बन्धमा | Call for EOI

Youth Alliance for Development YARRD

Details / requirements:

सूची दर्ता गर्ने सम्बन्धमा | Call for EOI


विकासका लागि युवा एक्येबद्धता (यार्ड)ले विभिन्न दातृ निकायको साझेदारीमा यस कैलाली जिल्लाको विभिन्न पालिकामा विभिन्न परियोजना सचालन गर्दै आइरहेकोले यस संस्थालाई यस सन् २०२५ को निमित्त तल उल्लेखित सेवा तथा सामग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक पटक खरिद गर्र्नु पर्ने प्रयोजन हेतु दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजिएको हुदा विकासका लागि युवा एक्येबद्धता (यार्ड) ले योग्य तथा सम्भावित आपुर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre-qualification process) प्रक्रियामा सामेल हुन सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरुवाट यस कार्यालयमा सुची दर्ताको लागि आवेदन सहित उल्लेखित आवश्यक कागजातहरु मिति २०८१।१०।०३ ( 16 January 2025 ) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ ।

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरु

                  एकीकृत पाठ्यक्रम सम्बन्धित तालिम, बाल बिकास केन्द्र सहजकर्तालाई तालिम

                  स्वयमसेवक तथा संकलनकर्ता

                  परामर्श सेवाहरु (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादनकर्ता तथा अनुसन्धानकर्ता)

                  सवारी साधन (स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, अटो रिक्सा, कार) भाडा सम्बन्धमा

                  पत्रिकामा विज्ञापन, सुचना तथा सन्देश प्रसार गर्ने

                  मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपुर्ति गर्ने

                  स्कुल पोशाक तथा ब्याग आपुर्ति गर्ने

                  कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु

                  छपाई (कपि, पोष्टर, टि सर्ट, किताव र फिलेक्स ब्यानर) मायाको चिनो, होर्डिङ्ग वोर्ड लेखन कार्यहरु

                  फर्निचर (काष्ठ दराज, स्टिल दराज, टेबल, कुर्सि) तथा कार्यालय लाई आवश्यक पर्ने (कार्पेट, कुशन, पिफर्म, पर्दाहरु)

                  तलिम, मिटिङ्ग संचालनका लागि खाना तथा आवास र तालिम कक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने, समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि


दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

                  फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारिक बिक्रेता प्रमाण पत्र

                  स्थायी लेखा नम्बर र मु.अ..करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि

                  मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

                  आर्थिक वर्ष २०८०।०८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

                  पछिल्लो २ वर्ष सम्म विभिन्न सार्वजनिक निकायमा कारोवार गरेको प्रतिलिपि

आवश्यक सुची दर्ताको फारम कार्यालयमा सम्पर्क राखि प्राप्त गर्न सकिने छ ।

आवश्यक सुची दर्ताको फाराम तलको लिङ्कमा पनि राखिएको छ । साथै सुचि दर्ता अनलाइन तथा हार्डकपि दुबै वाट लिन सकिने छ ।

अनलाइन सुचि दर्ता गर्नका लागि yard2067@gmail.com मा इमेल गर्न सक्नुहुन्छ र  हार्डकपि सुचि दर्ता पेश गर्न कार्यालयको ठेगाना

विकासका लागि युवा एक्येबद्धता (यार्ड)

तारानगर-५ , धनगढी कैलाली |

फोन नम्बर : ०९१ -४११२२०

Download Form: YARD EOI FORM