सूची दर्ता गर्ने सम्बन्धी सूचना
KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.
Details / requirements:
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक), नेपाल
समन्वय कार्यालय–सानेपा, ललितपुर
सूची दर्ता गर्ने सम्बन्धी सूचना ।
सूचना प्रकाशित मितिः २०८१ चैत १८ गते सोमबार
यस संस्थाका लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामाग्रीहरू खरिद गर्न तथा अन्य सेवाका लागि सम्बन्धित सेवा प्रदायक व्यक्ति, फर्म, उद्योग, संस्था, कम्पनी, सप्लायर्सहरूको सूची दर्ता गराई राख्नु पर्ने भएकाले ईच्छुक सेवा प्रदायकहरूले यो सूचना प्रकाशित भएको मितिले १९ दिन (२०८२ वैशाख ५ गते) भित्र यस संस्थाको समन्वय कार्यालय, सानेपा, ललितपुर वा procurement@kirdarc.org मा इमेल मार्फत तपसिलमा उल्लेखित आवश्यक कागजातहरू पेश गरी सूची दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सूची दर्ता गर्ने विषयहरू:
१) स्टेशनरी तथा मसलन्द, पाठ्य पुस्तक तथा पत्र–पत्रिका, फोटोकपी, प्रिन्टिङ्ग, कार्टिज रिफिल, लत्ताकपडा/स्कुल ड्रेस, जुत्ताचप्पल, खेलकुदका सामाग्री, तथा अन्य शैक्षिक सामाग्री आपूर्ति सम्बन्धी सेवा,
२) ल्यापटप, कम्प्युटर, प्रिन्टर, फोटोकपी, क्यामेरा अन्य विद्युतिय सामाग्री, कार्यालयका उपकरणका पार्टपुर्जाहरू लगायत मर्मत सम्भार, सोलार तथा यसका सम्बन्धित सामाग्री तथा जडान सेवा र इन्टरनेट सेवा,
३) यातायात सेवा, ट्राभल एजेन्सी (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिकेटिङ, होटल बुकिङ, इन्सुरेन्स, भिजा सहजीकरण सेवाका लागि), गाडी मर्मत तथा ट्रक वा सामाग्री ढुवानी सम्बन्धि सेवा,
४) छापाखाना, डिजाइन तथा छपाई सम्बन्धी सेवा,
५) विभिन्न विषयगत तालिम प्रशिक्षक, सर्भे तथा सर्भेक्षण, कार्यक्रम मूल्याङ्कन, अध्ययन तथा अनुसन्धान, अनुवाद गर्ने, प्रश्तावना तथा प्रतिवेदन लेखन तथा अन्य विषयगत -WASH, DRR, DPRP, CADRE, Education, GESI, Child Rights and Protection, Human Rights, Livelihood, Governance, Watershed Management, Empowerment, Health and Nutrition, Engineering-Civil Service) क्षेत्रमा परामर्श सेवा,
६) खाद्यान्न तथा लत्ताकपडा सप्लाई, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी सामाग्रीहरू, ग्याँस ढुवानी सम्बन्धी सेवा,
७) सेमिनार, बैठक, गोष्ठी तथा तालिम सञ्चालनार्थ खाना तथा बस्ने व्यवस्था सहित होटल तथा हल सेवा, पाकेट खाजा, खाना सेवा,
८) हार्डवेयर, किराना, कृषि सामाग्री तथा बिउ बिजन आपूर्ति सम्बन्धि सेवा,
९) विपद् पुर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक सामाग्रीहरू तथा उपकरणहरू सम्बन्धी सेवा,
१०) श्रव्य, दृष्य, छायाङ्कन तथा रेर्कडिङ्ग सम्बन्धी सेवा, फोटोग्राफी तथा भिडियोग्राफी सेवा
सूची दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरू:
१) सेवा प्रदान गर्ने सम्वन्धमा निवेदन (कुन सेवा प्रदायक अन्तर्गत भनि स्पष्ट खुलाइएको हुनुपर्ने छ)
२) फर्म/कम्पनी/संस्थाको हकमा:- फर्म/कम्पनि/संस्थाको विवरण (प्रोफाइल), दर्ता प्रमाणपत्र (नविकरण सहित), पान/भ्याट प्रमाणपत्र, र गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गनुपर्ने छ ।
३) व्यक्तिको हकमाः– व्यक्तिगत विवरण, पान/भ्याट दर्ता प्रमाण–पत्रका प्रतिलिपीहरू
यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपाल, समन्वय कार्यालय–सानेपा, ललितपुर, टेलिफोन नं. ०१–५४२१६७८ वा ५४४८३२१ वा ५४४९०९३ वा ५४४८०४० मा सम्पर्क गर्न सकिने छ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 31 Mar, 2025 |
Apply Before | 18 Apr, 2025 |
City | Lalitpur |