सूचि दर्ता गर्ने सम्बन्धी सूचना
Details / requirements:
सूचि दर्ता गर्ने सम्बन्धी सूचना
परीचय: ग्रामीण नारी उत्थान संघले २०५० साल देखि सर्लाही जिल्लामा महिला सशक्तिकरण, नागरिक अधिकार, स्वशासन, सुशासन, शान्ति र समावेशिकरण, प्रकोप व्यवस्थापन तथा जोखिम न्युनिकरण, लैङ्गिक समता, दिगो कृषि, जीविकोपार्जन, वाल अधिकार, वाल शिक्षा र वाल स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुका साथै जनसरोकारका सवालहरुमा काम गर्दै आएको एक गैरसरकारी संस्था हो ।
ग्रामीण नारी उत्थान संघलाई वर्ष सन् २०२५ लाई आवश्यक पर्ने तपशिल बमोजिमका वस्तु तथा सेवा उपलब्ध गराउन इच्छुक ईजाजत पत्र प्राप्त फर्म/कम्पनी/संस्था तथा व्यक्तिबाट सूचिदर्ता गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ। सम्बन्धित कागजातहरू:- संस्था/फर्म दर्ता (नविकरण/म्याद थप सहित), मुल्य अभिवृद्धि करदर्ता/प्यान दर्ता, कर चुक्ता प्रमाण पत्र लगायत व्यक्ति/संस्था/फर्मको सम्बन्धित कागजातसहित आफ्नो कारोवारको व्यहोरा उल्लेख गरी उपलब्ध गराइएका फारमहरू भरी तल दिइएको इमेलमा विवरण पेश गर्नुहुन अनुरोध गरिन्छ ।
क्र.सं. | विवरण | क्र.सं. | विवरण |
१ | कार्यालय/संस्थाको आवश्यक मसलन्द/स्टेशनरी सामग्री/पाठ्यपुस्तक सामग्री | ९ | पशुपंक्षी पालनका तथा कृषिका लागि आवश्यक खाद्य, अखाद्य, विउबिजन,मल, र कृषि औजारहरू |
२ | होटल सेवा- Lodging Food, Training Hall (residential and non-residential) | १० | व्यवसायिक सिप सम्बन्धी औजार/सामग्रीहरू जस्तै सिलाइकटाइको मेसिन र अन्य सामग्री साथै |
३ | चिया, पानी, खाजा, नास्ता, खाना स्थानीय हरिपुर र इश्वरपुर नगरपालिकामा | ११ | स्वास्थ्य/दुर्घटना/जीवन र अन्य बिमा सेवा प्रदान |
४ | विभिन्न किसिमका छपाई र प्रिन्ट सम्बन्धी कामहरू (ब्यानर, बोर्ड, ID, कपि किताब आदि | १२ | सिपमुलक तथा व्यवसायिक प्राविधिक तालिम |
५ | गाडी भाडामा लिने सम्बन्धमा, सामग्री ढुवानी/कार्गो /कुरियर सेवा, हवाई टिकट, Travel & Ticketing | १३ | निर्माण तथा जडानका सामाग्री आपूर्ति र सेवा प्रदान (हार्डवयर,प्लम्बीङ्ग तथा खानेपानी सम्बन्धी कार्य गर्ने) |
६ | विद्युतीय उपकरण आपूर्ति (फोटोकपि मेसिन, प्रिन्टर, कार्टेज, ल्यापटप, कम्प्यूटर, माउस (desktop) फोन सेट, हार्डड्राइभ, आदि) | १४ | विज्ञापन (पत्रपत्रिका, online) रेडियो कार्यक्रम, भिडियो, जिङ्गल, PSA, Website/apps develop and update |
७ | विद्यालय पोशाक, व्याग, स्वीटर, छाता, रेनकोट तथा रेडिमेड कपडा र जुत्ता (लेदर र कपडाको) | १५ | विद्युतीय उपकरण मर्मत सेवा सम्बन्धी |
८ | फर्निचर, फर्निसिङ्ग तथा सजावट सम्बन्धी सामाग्रीहरू ब्लाङ्केट, लत्ताकपडा, झुल, कम्बल, त्रिपाल, सिरानी, कार्पेट, पि- फर्म आदि | १६ | मोटरसाइकल मर्मत तथा सर्भिसिङ्ग |
थप कागजातको लागि, कृपया तलको लिङ्क डाउनलोड गर्नुहोस् ।
Link: https://drive.google.com/uc?export=download&id=1nS6EfkB0SE2YdvmED48YCVqTC4leUiri
फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले ८ औं दिन (२०८१ माघ 3 गते बिहीबार) दिनको ५:०० बजे भित्र यस सस्थांको लजिष्टिक शाखामा आवश्यक सम्पूर्ण कागजात हस्ताक्षर र छाप सहितको Hard Copy वा इमेल मार्फत procurement.committe@rwua.org मा पठाई दर्ता गराई सक्नु पर्नेछ । दर्ता फारम भर्न सहयोग चाहिएमा यो नम्बर मा सम्पर्क गर्नु होला ९८५४०४६२५३/९८४२१८२९२४.
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 09 Jan, 2025 |
Apply Before | 16 Jan, 2025 |
City | Sarlahi |