सूची दर्ता गर्ने सम्बन्धी सूचना

CEAD Nepal Doti

Details / requirements:

सूची दर्ता गर्ने सम्बन्धी सूचना

(REF.: WVIN/CEAD/EOI/24/02)

प्रथम पटक सूचना प्रकाशित मिति: २०८१/०६/१५ गते 

समान पहुँच विकास केन्द्रवर्ल्ड भिजन इन्टरनेसनल नेपाल (WVIN) सँगको साझेदारीमा यस डोटी जिल्लामा बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाद्धारा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेकोले यस संस्थालाई आ.ब. २०२४/२०२५ को निम्ति तल उल्लेखित सेवा तथा सामग्रीहरू आवश्यकता का आधारमा एकै पटक वा पटकपटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालीन सम्झौता (Long Term Agreement) गर्न खोजेको हुँदा समान पहुँच विकास केन्द्र (सिड) नेपालले योग्य सम्भावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre–qualification  process) प्रकृयामा सहभागी हुन इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरूबाट यस कार्यालयमा सूची दर्ताको लागि तपशिलमा उल्लेखित कागजातहरू सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा सूची दर्ताका लागि आवेदन पेश गर्न आह्वान गरिन्छ । आवेदन संस्थाको  इमेल ceadsupplychain3@gmail.com मार्फत पनि पेश गर्न सकिनेछ ।

१. सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू

  • खाद्यान्न सामाग्रीहरू ।
  • लत्ताकपडा (स्कुल पोशाक, ब्याग, कम्बल, त्रिपाल, डोरी जुत्ता चप्पल) आपुर्ति गर्ने कार्य
  • प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरू तथा बिपतको समयमा आवश्यक पर्ने सामग्री आपुर्ति गर्ने कार्य 
  • शिक्षा, स्वास्थ्य, विपद् पूर्व तयारी तथा प्रति कार्य योजना (DRRP) तयार र संशोधन गर्न जिल्ला/स्थानीय विपद् व्यवस्थापन समितिलाई सहयोग गर्ने लगायत विभिन्न किसिमका तालिम सञ्चालन तथा सर्वे गर्न परामर्शदाताहरू
  • परामर्श सेवाहरू (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादककर्ता तथा अनुसन्धानकर्ता)
  • स्वयंसेवक तथा तथ्याङ्क संकलनकर्ताहरू
  • सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, ट्रयाटर, अटो रिक्सा) भाडामा लिने सम्बन्धि कार्य
  • कार्यालय मसलन्द, स्टेशनरी सामाग्रीहरू आपूर्ति गर्ने कार्यहरू
  • खेलकुद सामग्री आपूर्ति गर्ने कार्यहरू
  • छपाई (कपि, पोष्टर, टि–सर्ट, किताब, रजिष्टर फ्लेक्स ब्यानर, स्टीकर छपाइ ) र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरू
  • पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा राष्ट्रियस्तरमा
  • एफ.एम. रेडियो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण गर्ने कार्य ।
  • मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
  • हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट, सेनिटाइजर, मास्क र साबुन, आवश्यक औषधि आपुर्ति गर्ने कार्य
  • फर्निचर (काष्ट दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा, कपडा आदी सामानहरू आपूर्ति गर्ने कार्य
  • तालिम, मिटिङ्ग सञ्चालनका लागि खानाखाजा तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवाप्रदान गर्ने, समुदायमा खाजा र खाना खुवाउने तथा तालिम हल सम्बन्धि आपूर्ति गर्ने कार्य
  • सडक नाटक तालिम तथा प्रर्दशनी ।
  • ल्यापटप, मोबाईल मर्मत तथा सामाग्री खरिद आपूर्ति गर्ने कार्य
  • बाख्रा खरिद सम्बन्धि कार्य

२. दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

    १. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारिक बिक्रेता प्रमाण पत्र 

    २. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

    ३. मु.अ.करमा दर्ता गर्न नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

    ४. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

    ५. पछिल्लो दुई बर्षसम्म विभिन्न सार्वजनिक निकायहरूमा कारोवार गरेको प्रमाणको प्रतिलिपि ।

    ६. यो सूचनामा उल्लेख भएबाहेक थप अरु केही सम्बन्धित प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिनेछ ।

    ७. आवश्यक सूचि दर्ताको फारम कार्यालयमा सम्पर्क राखि पाउन सकिनेछ वा इमेलमार्फत माग गर्न सकिनेछ  ।

Links:

Supplier Code of Conduct in Nepali

Supplier Registration Form_ Nepali Version

Mailing Address

Center for equal access development (Cead) Nepal

Contact office: Silgadhi, Doti

Mobile No: 9866815811/ 0944440111

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 01 Oct, 2024
Apply Before 15 Oct, 2024
City Doti