सूची दर्ता गर्ने सम्बन्धि सूचना ।

Relief Nepal

Details / requirements:

सूची दर्ता गर्ने सम्बन्धि सूचना 

प्रथम पटक प्रकाशन मिति: २०८१ असार २६ गते

रिलिफ नेपाल, वि.स. २०६५ मा सिन्धुलीमा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । यस संस्थाले बालबालिकालाई केन्द्रमा राखेर बाल अधिकार तथा बाल संरक्षण, खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन, शिक्षा तथा स्वास्थ्य, कृषि तथा आर्थिक विकास, र विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।

रिलिफ नेपालले आ.व. २०८१/०८२ मा World Vision International Nepal, Childaid Network Foundation, All Hands & Hearts, NATAN, FCA लगायतका विभिन्न संस्थाहरुसंगको साझेदारीमा संचालित परियोजनाहरु एवं सम्भावित परियोजनाहरुको लागि तपसिल बमोजिमका वस्तु तथा सेवाहरु खरिद गर्न आवश्यक हुने भएकोले इजाजत प्राप्त आपूर्तिकर्ता, फर्म, सप्लायर्स कम्पनी तथा संस्थाहरु वा व्यक्तिहरुले सूचना प्रकाशन भएको मितिले ३५ (पैतिस) दिन भित्र रित पुर्वक निवेदन पेश गरी सुची दर्ता गर्नहुन यो सुचना प्रकाशित गरिएको छ । 

सूची दर्ताका लागि छुट्याइएका समूहहरू:

१) फर्निचर आपूर्ति तथा मर्मत

२) स्टेशनरी र बाल विकास केन्द्रका लागि शैक्षिक तथा खेल सिकाई सामाग्री आपूर्ति 

३) छापाखाना/छपाई सम्बन्धी काम डिजाईनिङ

४) इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स उपकरण आपूर्ति तथा मर्मत

५) निर्माण सम्बन्धि सेवा 

६) राहत तथा खाद्य/गैर खाद्य सामाग्री 

७) वीमा सम्बन्धि सेवा

८) मोटरसाइकल विक्री तथा मर्मत संभार 

९) सवारी साधन भाडामा उपलब्ध गराउने 

१०) कुरियर तथा ढुवानी सम्बन्धी कार्यहरू

११) बीउबिजनको आपूर्ति

१२) कृषि उपकरण तथा सामाग्रीहरूको आपूर्ति

१३) सूचना प्रकाशन तथा प्रसारण

१४) निर्माण, रङ्गरोगन र प्लम्बिङ (पाईप) आपूर्ति तथा मर्मत कार्यहरू

१५) होटल तथा रेष्टुरेण्ट सेवा

१६) सफ्टवेएर, एप्स तथा वेबसाईट निर्माण

१७) लेखा परिक्षण सेवा

१८) अन्य परामर्श सेवाहरू (विशेषज्ञ, प्रशिक्षण सेवा आदि) ।

शर्त तथा बन्देजहरू:

१) सूची दर्ता फारम scm@reliefnepal.org.np बाट इमेल गरि वा कार्यालयमा सम्पर्क गरि मिति २०८१ श्रावण २५ गते भित्र प्राप्त गर्न सकिने छ । फारमका साथमा तल उल्लेखित कागजातहरू अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । 

क) फर्म वा कम्पनी दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।

ख) स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि करमा दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।

ग) आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।

२) विगतमा काम गरेका कुनै २ (दुई) फर्म वा कम्पनीसँग काम गरेको प्रमाणपत्र (रेफरेन्स लेटर) ।

३) आवेदकहरू मध्येबाट योग्य ठहरिएका विक्रेता, फर्म तथा कम्पनीहरूलाई मात्र सूचिकृत गरिने छ । यसरी सूचिकरण गर्दा पेश हुन आएको विवरण, क्षमता, अनुभव तथा दक्षतालाई छनौटको आधार मानिने छ ।

४) सूची दर्ता फारम वि.सं. २०८१ श्रावण २९ गते रिलिफ नेपाल सिन्धुलीको कार्यालयमा वा  ईमेल मार्फत scm@reliefnepal.org.np आईतबार देखि शुक्रबारको विहान १०:०० बजे देखि बेलुका ५:०० बजेसम्म बुझाउन सकिने छ । 

५) सूचिकरण गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस संस्थामा निहित रहने छ ।

थप जानकारीका लागि:

रिलिफ नेपाल, कमलामाई-६, सिन्धुली

ईमेल: scm@reliefnepal.org.np 

टेलिफोन: +९७७–४७–५२०९१५

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 10 Jul, 2024
Apply Before 13 Aug, 2024
City Sindhuli