सूची दर्ता गर्ने सम्बन्धी सूचना

Save the Children

Details / requirements:

सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८१ अषाढ ०७ गते

सेभ द चिल्ड्रेन प्रत्येक बालबालिकाको सुन्दर भविष्यमा विश्वास गर्छ । हरेक दिन हामी नेपाल र संसारभरका बालबालिकालाई स्वस्थ जीवनको सुरुवात गर्न, सिक्ने अवसर र हिंसाबाट सुरक्षित राख्न काम गर्छौं । हामी हरेक दिन र हरेक विपद्को समयमा बालबालिकाको हितका लागि काम गर्छौं — ताकी उनीहरुको जीवन र भविष्यमा सुन्दर परिवर्तन आओस। सेभ द चिल्ड्रेनले आफुसंग सहकार्य गर्ने सबै व्यक्ति तथा संस्थाहरुले आफ्नो बाल संरक्षण नीतिको पालना गरोस भन्ने अपेक्षा गर्दछ । 

सेभ द चिल्ड्रेन, नेपाल अन्तर्गत सुर्खेत फिल्ड अफिसको कार्यक्षेत्रमा तपसिल बमोजिमका आबश्यक विभिन्न सर सामग्री तथा सेवाहरु सरल र सहज ढंगले आपुर्ति गर्न ईजाजत प्राप्त दर्तावाला ईच्छुक फर्म/कम्पनी/संस्थाहरु/व्यक्ति (सेवा प्रदायक) को सूचीकरणको लागि मिति २०८१ अषाढ २५ गते भित्र तोकीएको ढाँचामा फारम  “Supplier Registration Form” भरि आबश्यक कागजातहरुका साथ दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक सामाग्री तथा सेवाहरुको वर्गीकरण

दरखास्त फारम साथ पेश गर्नु पर्ने कागजातहरु 

Supplier Registration Form पुर्ण रुपमा भरेर छाप तथा दस्तखत गरी निम्न लिखित कागजातहरु  laxmi.gautam@savethechildren.org  ईमेल वा सेभ द चिल्ड्रेनको सुर्खेत फिल्ड कार्यालयमा पठाउनको लागी अनुरोघ गर्दछौ ।

१.     फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी

२.     स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि  

३.     २०७९/२०८० को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि 

४.     नागरिकताको प्रमाण पत्रको प्रतिलिपि–प्रोपराईटर/कंपनी प्रमुख को

सेभ द चिल्ड्रेन

सुर्खेत फिल्ड कार्यालय

विरेन्द्रनगर–७, कालुंङचोक सुर्खेत

फोन ९७७–०८३–५२५६११, ५२५७५६

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 21 Jun, 2024
Apply Before 09 Jul, 2024
City Surkhet