सुचि दर्ता गर्ने बारेको सुचना
Prayas Nepal is a non-governmental organization established in 2070 B.S with collective efforts of like-minded people of Khotang district to help underprivileged people, especially the people of Aiselukharka RM. Currently Prayas Nepal is implementing different programmes in education, agriculture and infrastructure with support from dZi Foundation aiming to help the rural communities and contribute financially to eliminate barriers to basic needs, fostering opportunities for sustainable livelihoods, and building their capacity to catalyze transformational change. As a partner organization PRAYAS NEPAL has already worked in different sectors to support complementary health, education, and livelihood programs that unlock local opportunities, build more unified communities, and create lasting solutions to complex local challenges.
Details / requirements:
सुचि दर्ता गर्ने बारेको सुचना
प्रथम पटक प्रकाशित मिति: २०८१ मंसिर १४
जि फाउण्डेशन/नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयास नेपालद्धारा चालु आर्थिक वर्ष २०८१/८२ संचालन गर्ने साझा समृद्धिका लागि समग्र सामुदायिक विकासका लागि साझेदारी – दोश्रो चरण को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामग्री तथा सेवाहरुको सरल सहज ढंगले बस्तु तथा सेवा आपूर्ति गर्नको लागि इच्छुक इजाजत प्राप्त फर्म/कम्पनी/संस्थाहरु, व्यक्ति (सेवाप्रदायक) को सूचीकरणको लागि यो सूचना प्रकाशित गरिएको छ । इच्छुक इजाजत प्राप्त फर्म/कम्पनी/संस्थाहरु, व्यक्ति (सेवाप्रदायक)हरुले सूचीकरणकोलागि यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र तोकिएको ढाचाको सुचि दर्ता फारम सहित तपशिलमा उल्लेखित आवश्यक कागजात भरि कार्यालय समय भित्र शिल वा खामबन्दी गरी निम्न उल्लेखित कार्यालय वा इमेलमा सम्पूर्ण आवश्यक कागजात स्क्यान गरी पेश गर्न सकिनेछ ।
आपुर्ति गर्नुपर्ने सामानहरु तथा उपलब्ध गराउनु पर्ने सेवाहरु:
आपुर्ति गर्नुपर्ने सामानहरु
१. स्टेशनरी सामानहरु (मसलन्द तथा विविध )
२. फ्लेक्स प्रिन्ट
३. विज्ञापन सम्बन्धी सम्पुर्ण कार्यहरु
४. फर्निचर, कार्पेट, पिपि फम, चकटी
५. इलेक्ट्रोनिक सामानहरु, मल्टिप्लग, प्रोजेक्टर, साउन्ड सिस्टम भाडामा
६. कम्युटर, ल्यापटप, प्रिन्टर आपुर्ति तथा मर्मत सम्ंभार
७. कार्टेज खरिद, रिफिलिङ तथा मर्मत कार्य
८. कस्टम प्रिन्टिङ सेवा, परिचय पत्र, सर्टिफिकेट प्रिन्टिङ कार्य
९. इसिडि किट बक्स (ECD kit Box)
१०. कक्षा १ देखि कक्षा ५ सम्मका कक्षाकोठामा book corner का लागि आवश्यक पढाइ किताबहरु (Reading Books) तथा किताब राख्ने पकेट बोर्ड (Book pocket board)
११. टिफिन बक्स
१२. मायाको चिनो तथा पदक
१३. अनुशिक्षण तालिम, बैठक तथा विभिन्न कार्यक्रम संचालनको लागि तालिम हल, आवास तथा खाना, खाजा, होटल सेवा
उपलब्ध गराउनु पर्ने सेवाहरु
१. बाल क्लवलाई ३ दिने कथा बुनौ तालिम सहजिकरणका लागि प्रशिक्षक
२. विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघ र बाल क्लबलाई शिक्षामा समता विषयमा तालिम सहजीकरणका लागि प्रशिक्षक
३. बाल विकास केन्द्रका शिक्षकहरुलाई पुर्नताजगी तालिम सहजिकरणका लागि प्रशिक्षक
४. कक्षा १ देखि ३ सम्मका गणित शिक्षकहरुलाई गणित शिक्षण तालिम सहजिकरणका लागि प्रशिक्षक
५. सामाग्री ढुवानी सेवा:
१. काठमाण्डौ देखि महेश्वरी
२. काठमाण्डौ देखि ऐसेलुखर्क
३. ऐसेलुखर्क देखि बादेल
४. ऐसेलुखर्क देखि ज्यामिरे
५. एैसेलुखर्क देखि महेश्वरी
सूची दर्तागर्दा पेश गर्नुपर्ने कागजातहरु:
सूची दर्ता फाराम, फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपी (नविकरण सहित), स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धिकरमा दर्ता प्रमाण पत्रको प्रतिलिपी, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी (२०८०/८१ आर्थिक वर्षको), प्रोप्राइटर/कम्पनी प्रमुखको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पछिल्लो दुई वर्षमा विभिन्न संस्था तथा निकायहरुमा सेवा प्रदान गरेको प्रमाणको प्रतिलिपि (यदि भएमा), कुनै पनि निकायमा कालो सूचिमा नरहेको स्व:घोषणापत्र,
अन्य आवश्यक फारमहरु Suppliers Registration Form
अन्य शर्त तथा जानकारी
माथि उल्लेखित वस्तु तथा सेवा सम्बन्धी कार्य पूर्ण वा आंशिक गराउने वा नगराउने सम्पुर्ण अधिकार यस संस्थामा निहित हुनेछ । म्याद नाघी आएक वा रित नपुगी पेश गरेको आवेदन थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् । सुचिकृत भएका फर्म/कम्पनि/व्यक्तिले सन्तोषजनक सेवा तथा सामान समयमा आपुर्ति नगरेको खण्डमा सुचिबाट विना सुचना नाम हटाउन सकिने छ । यस उपर कुनै दाबी विरोध गर्न पाइने छैन । सुचिकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ ।
थप जानकारी र तोकिएको फारम तथा अन्य विवरण प्राप्त गर्नका लागि prayasnepal71@gmail.com इमेलमा अनुरोध गरि वा निम्न ठेगानामा सम्पर्क गर्नु हुन अनुरोध छ ।
थप जानकारीको लागि
प्रयास नेपाल
ऐसेलुखर्क गा.पा. ५ रि.महेश्वरी, खोटाङ
मो न: ९८११७३६०४८/९८४३०२८५९९/९८४२९०५१७२
इमेल: prayasnepal71@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 29 Nov, 2024 |
Apply Before | 05 Dec, 2024 |
City | Khotang |