सूचि दर्ता गर्ने बारेको सूचना

Creative Porters Society

Details / requirements:

सूचि दर्ता गर्ने बारेको सूचना

प्रथम पटक प्रकाशित मिति २०८१/०८/१

जि फाउण्डेशन / नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशील भरिया समाजद्धारा चालु आर्थिक वर्ष २०८१/८२ सञ्चालन गर्ने साझा समृद्धिका लागि समग्र सामुदायिक विकासका लागि साझेदारी – दोश्रो चरण को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामग्री तथा सेवाहरूको सरल सहज ढङ्गले बस्तु तथा सेवा आपूर्ति गर्नको लागि इच्छुक इजाजत प्राप्त फर्म/कम्पनी/संस्थाहरू, व्यक्ति (सेवाप्रदायक) को सूचीकरणको लागि यो सूचना प्रकाशित गरिएको छ । इच्छुक इजाजत प्राप्त फर्म/कम्पनी/संस्थाहरू, व्यक्ति (सेवाप्रदायक)हरूले सूचीकरणको लागि यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तोकिएको ढाचाको सूचि दर्ता फारम सहित तपशिलमा उल्लेखित आवश्यक  कागजात भरि कार्यालय समय भित्र शिल वा खामबन्दी गरी निम्न उल्लेखित कार्यालय वा इमेलमा सम्पूर्ण आवश्यक कागजात स्क्यान गरी पेश गर्न सकिनेछ ।

आपुर्ति गर्नुपर्ने सामानहरू तथा उपलब्ध गराउनु पर्ने सेवाहरू:

आपुर्ति गर्नुपर्ने सामानहरू

१. स्टेशनरी सामानहरू (मसलन्द तथा विविध )

२. फ्लेक्स प्रिन्ट 

३. विज्ञापन सम्बन्धी सम्पुर्ण कार्यहरू

४. फर्निचर, कार्पेट, पिपि फम, चकटी 

५. इलेक्ट्रोनिक सामानहरू, मल्टिप्लग, प्रोजेक्टर, साउन्ड सिस्टम भाडामा

६. कम्युटर, ल्यापटप, प्रिन्टर आपुर्ति तथा मर्मत सम्भार 

७. कार्टेज खरिद, रिफिलिङ तथा मर्मत कार्य 

८. कस्टम प्रिन्टिङ सेवा, परिचय पत्र, सर्टिफिकेट प्रिन्टिङ कार्य

९. इसिडि किट बक्स (ECD kit Box)

१०. कक्षा १ देखि कक्षा ५ सम्मका कक्षाकोठामा book corner का लागि आवश्यक पढाइ किताबहरू (Reading Books) तथा किताब राख्ने पकेट बोर्ड (Book pocket board)

११. टिफिन बक्स 

१२. मायाको चिनो तथा पदक 

१३.अनुशिक्षण तालिम, बैठक तथा विभिन्न कार्यक्रम सञ्चालनको लागि तालिम हल, आवास तथा खाना, खाजा, होटल सेवा

उपलब्ध गराउनु पर्ने सेवाहरू

१. बाल क्लवलाई ३ दिने कथा बुनौ तालिम सहजिकरणका लागि प्रशिक्षक

२. विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघ र बाल क्लबलाई शिक्षामा समता विषयमा तालिम सहजीकरणका लागि प्रशिक्षक

३. बाल विकास केन्द्रका शिक्षकहरूलाई पुर्नताजगी तालिम सहजिकरणका लागि प्रशिक्षक

४. कक्षा १ देखि ३ सम्मका गणित शिक्षकहरूलाई गणित शिक्षण तालिम सहजिकरणका लागि प्रशिक्षक

सूची दर्तागर्दा पेश गर्नपर्ने कागजातहरू:

सूची दर्ता फाराम, फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपी (नविकरण सहित), स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धिकरमा दर्ता प्रमाण पत्रको प्रतिलिपी, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी (२०८०/८१ आर्थिक वर्षको), प्रोप्राइटर/कम्पनी प्रमुखको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पछिल्लो दुई वर्षमा विभिन्न संस्था तथा निकायहरूमा सेवा प्रदान गरेको प्रमाणको प्रतिलिपि (यदि भएमा), कुनै पनि निकायमा कालो सूचिमा नरहेको स्वःघोषणापत्र,अन्य आवश्यक फारमहरू

Link: Suppliers Registration Form

अन्य शर्त तथा जानकारी

माथि उल्लेखित वस्तु तथा सेवा सम्बन्धी कार्य पूर्ण वा आंशिक गराउने वा नगराउने सम्पुर्ण अधिकार यस संस्थामा निहित हुनेछ । म्याद नाघी आएक वा रित नपुगी पेश गरेको आवेदन थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् । सुचिकृत भएका फर्म/कम्पनि/व्यक्तिले सन्तोषजनक सेवा तथा सामान समयमा आपुर्ति नगरेको खण्डमा सूचिबाट विना सूचना नाम हटाउन सकिने छ । यस उपर कुनै दाबी विरोध गर्न पाइने छैन । सुचिकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ ।

थप जानकारी र तोकिएको फारम तथा अन्य विवरण प्राप्त गर्नका लागि cps.bangdel@gmail.com इमेलमा अनुरोध गरि वा निम्न ठेगानामा सम्पर्क गर्नु हुन अनुरोध छ ।

थप जानकारीको लागि

सिर्जनशिल भरिया समाज 

ऐसेलुखर्क गा.पा. १  खोटाङ

मो नः ९७६२८०६९४४/९८६९७६५९५३

इमेल cps.bangdel@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 29 Nov, 2024
Apply Before 05 Dec, 2024
City Khotang