सुची दर्ता गर्ने बारे सूचना
Details / requirements:
सुची दर्ता गर्ने बारे सूचना
यस संस्थालाई आर्थिक वर्ष अक्टोबर २०२४ देखि सेप्टेम्बर २०२५ को लागी आवश्यक पर्ने तपसिलमा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति र प्रवाह गर्ने प्रयोजनको लागी सम्बन्धित बिषयमा कारोबार गर्न स्वीकृत प्राप्त गरेका इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरुको सुची दर्ता गराउनु पर्ने भएकोले आफूले आपूर्ति/प्रवाह गर्ने सामान एवं सेवाहरुको विवरण फर्म/कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र तथा मूल्य अभिबृद्धि कर (VAT) दर्ता, कर चुक्ता प्रमाणपत्र र कार्य दक्षता अनुभवको प्रमाणपत्रको प्रतिलिपी सहितको २०८१ पुष ५ गते भित्र यस संस्थामा पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
आपूर्ति गर्नुपर्ने सामानहरू तथा उपलब्ध गराउनु पर्ने सेवाहरू
आपूर्ति गर्नुपर्ने सामानहरू तथा उपलब्ध गराउनु पर्ने सेवाहरू
क) छपाई तथा स्टेशनरी सामान
- छपाई सम्बन्धी कार्य (निर्देशिका, डायरी, लिफलेट, प्रतिवेदन, क्यालेण्डर आदि)
- प्रोमोशनल मेटरियल (कलम, टिसर्ट, व्याग, क्याप, ज्याकेट, बोतल)
- स्टेशनरी सामान
ख) कार्यालय उपकरण तथा ईलोक्टोनिक सामान
- ल्यापटप/कम्प्युटर
- प्रिन्टर र्काटेज
- अन्य इलेक्टोनिक समानहरु
ग) होटल व्यवस्थापन (खाना तथा बस्न)
- काठमाडौं, ललितपुर, बाँके, चितवन, धनुषा, सर्लाही, बारा, रौतहट, सप्तरी, सिरहा, महोत्तरी तथा पर्सा जिल्ला
घ) पिउने पानी तथा ट्याङ्गर (मिनरल वाटर जार) (H2o, Aqua 100)
ङ) आई टि रिपेयर (IT Repair) सेवा
च) गाडी हायर (Vehicle hire) सेवा (टुरिष्ट ठूलो वस, जिप, भ्यान): काठमाडौं, ललितपुर, बाँके, चितवन, धनुषा, सर्लाही, बारा, रौतहट, सप्तरी, सिरहा, महोत्तरी तथा पर्सा जिल्ला
छ) ट्राभल एजेन्सी सेवा (Domestic & International)
ज) बिमा (Insurance)
झ) इन्टरनेट (Internet)
ञ) भेकल मेन्टिनेस् (Vehicle Maintenance)
ट) प्लम्विङ्ग सेवा (Plumbing Service)
ठ) अडिट (Audit) सेवा (आर्थिक विज्ञ)।
अन्य जानकारीहरु
- सूचीकृत हुन निवेदकहरु मध्येबाट योग्य ठहरिएका बिक्रेता, फर्म, परामर्शदाता, तथा कम्पनीहरुलाई मात्र सुचिकृत गरिनेछ ।
- सूची दर्ता गर्दा आवश्यक सम्पूर्ण कागजात, अनुभवको प्रमाणपत्रको प्रतिलिपी तथा अन्य कागजात पेश गर्नु पर्नेछ ।
- सुचीकृत भएका कम्पनी तथा फर्महरुले सन्तोषजनक सेवा तथा समयमा सामान सप्लाई नगरेको खण्डमा सुचीबाट विना सुचना नाम हटाउन सकिने छ । यस उपर कुनै दावी विरोध गर्न पाईने छैन । सुचीकृत गर्ने वा नगर्ने सम्वन्धी सम्पूर्ण अधिकार यस संस्थामा नै निहित रहने छ ।
कृपया इच्छुक रजिष्टर फर्म/कम्पनीहरुले निवेदन रेष्टलेस डेभलपमेन्टको कार्यालय, ज्वागल, ललितपुरमाआवश्यक सम्पूर्ण कागजात मिति २०८१ पुष ५ गते शुक्रबार कार्यालय समय (दिनको १२ बजे) सम्म पेश गरिसक्नु पर्नेछ ।
कार्यालयको नक्शा: https://maps.app.goo.gl/V3XVu5fvNZ8ZnmrK7
थप जानकारीको लागि सम्पर्क नं: ०१-५४४८१९२
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 02 Dec, 2024 |
Apply Before | 20 Dec, 2024 |
City | Lalitpur |