सूची दर्ता आह्वान

LI-BIRD

Local Initiatives for Biodiversity, Research, and Development (LI-BIRD) is a non-profit, non-governmental organization established in October 1995 with its Head Office in Pokhara and Programme Coordination Office in Lalitpur. LI-BIRD is committed to capitalizing on local initiatives for sustainable management of renewable natural resources and improving the livelihoods of rural people in Nepal.

Details / requirements:

सूची दर्ता आह्वान

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) वि.सं. २०५२ मा पोखरामा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । ली–बर्ड प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन, जलवायू उत्थानशील तथा पर्यावरणीय कृषिको प्रवर्द्धन र क्षमता विकासका माध्यमबाट ग्रामिण भेगमा बसोवास गर्ने महिला, गरिब तथा सिमान्तकृत कृषक समुदायको जिविकोपार्जनमा सुधार ल्याउन प्रतिबद्ध छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि आवश्यक पर्ने देहायबमोजिमका सामाग्री तथा सेवाहरू खरिदका लागि ईच्छुक फर्म तथा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले १४ (चौध) दिन भित्र संस्थाको प्रधान कार्यालयको खरिद शाखामा आवश्यक कागजातहरू सहित प्रत्येक समूहका लागि छुट्टाछुट्टै सूचि दर्ता गराउनुहुन सूचित गरिन्छ ।

सूची दर्ताका लागि छुट्याइएका समूहहरू:

१) फर्निचर तथा फिक्चर्स आपूर्ति तथा मर्मत

२) स्टेशनरी आपूर्ति (Download Annex I: Rate List for Stationery Items and fill up the rates)

३) छापाखाना/छपाईसम्बन्धी काम डिजाईनिङ

४) इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स उपकरण आपूर्ति तथा मर्मत

५) सवारी साधन, पार्टपूर्जा आपूर्ति तथा मर्मत

६) इन्टरनेट सेवा

७) हाउस किपिङ् तथा सरसफाईसम्बन्धी सामाग्री तथा सेवा (Download Annex II: Rate List for Housekeeping Items and fill up the rates)

८) हवाई टिकट बुकिङ

९) सवारी साधन भाडामा उपलब्ध गराउने (Download Annex III: Rate List for Vehicle Rental Service and fill up the rates)

१०) कुरियर तथा ढुवानीसम्बन्धी कार्यहरू

११) बीउबिजनको आपूर्ति

१२) कृषि उपकरण तथा सामाग्रीहरूको आपूर्ति

१३) सूचना प्रकाशन तथा प्रसारण

१४) निर्माण, रङ्गरोगन र प्लम्बिङ (पाईप) आपूर्ति तथा मर्मत कार्यहरू

१५) होटल तथा रेष्टुरेण्ट सेवा: Service required for accommodation, residential and non-residential workshop/training program in different locations such as-

  • Bagmati Province-3: Kathmandu, Lalitpur, Bhaktapur, Kavre, Sindhupalchowk, Dhading
  • Gandaki Province-4: Kaski
  • Lumbini Province-5: Banke, Bardiya
  • Karnali Province-6: Surkhet, Jumla
  • Sudurpaschim Province-7: Dhangadhi, Attariya

१६) सफ्टवेएर, एप्स तथा वेबसाईट निर्माण

१७) लेखा परिक्षण सेवा

१८) अन्य परामर्श सेवाहरू (जस्तै भाषा अनुवाद, सम्पादन, तालिम, प्रशिक्षण आदि)

शर्त तथा बन्देजहरू

  • सूची दर्ता फारम यस लिङ्क Vendor Registration Form बाट डाउनलोड गर्न सकिनेछ । फारमका साथमा तल उल्लेखित कागजातहरू अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
    • फर्म वा कम्पनी दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि
    • स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि करमा दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि
    • आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
    • उपलब्ध गराउन सक्ने सामान तथा सेवाहरूको प्रति इकाई दरभाउ सहितको सूची (अनुसूची उल्लेख भएको समूह बाहेकको समूहहरूमा आफ्नै लेटरहेडमा दरभाउ लेखि बुझाउनु पर्नेछ)
    • विगतमा काम गरेका कुनै ३ (तीन) फर्म वा कम्पनीसँग काम गरेको प्रमाणपत्र (रेफरेन्स लेटर)
  • आवेदकहरू मध्येबाट योग्य ठहरिएका विक्रेता, फर्म तथा कम्पनीहरूलाई मात्र सूचिकृत गरिने छ । यसरी सूचिकरण गर्दा पेश हुन आएको विवरण, क्षमता, अनुभव तथा दक्षतालाई छनौटको आधार मानिने छ ।
  • छनौटमा परेका कम्पनी तथा फर्मले सन्तोषजनक सेवा तथा समयमा सामान आपूर्ति नगरेको खण्डमा सूचीबाट विना सूचना नाम हटाउन सकिने छ । यस उपर कुनै दावी विरोध गर्न पाईने छैन ।
  • सूची दर्ता फारम ली–बर्डको प्रधान कार्यलय, पोखरा वा ली–बर्डको कार्यक्रम समन्वय कार्यालय, सानेपा, ललितपुरमा वि.सं. २०८१ असार २६ गते बेलुका ५:०० बजेभित्र दर्ता गराउन वा  procurement@libird.org मा ईमेल मार्फत पनि बुझाउन सकिनेछ । आवेदन सोमबारदेखि शुक्रबार विहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म बुझाउन सकिने छ । 
  • सूचिकरण गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस संस्थामा निहित रहने छ ।

थप जानकारीका लागिः ली–बर्ड, प्रधान कार्यालय, पोखरा–१२, कास्की । पोष्ट बक्सः ३२४ । टेलिफोनः ९७७–६१–५७६८३४, ५८५३५७

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 27 Jun, 2024
Apply Before 10 Jul, 2024
City Lalitpur, Pokhara