रिसर्च परामर्शदाता / सर्भेक्षक(गणक)

Netuwa Development Center(NDC)-Kapilvastu

Details / requirements:

आवश्यकता

प्रकाशन मिति २०८१/०७/ ११

नेटुवा विकास केन्द्र (NDC)-कपिलवस्तु लोपोन्मुख नेटुवा समुदायबारे अध्ययन अनुसन्धान गर्ने तथा आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा पहुँचकोलागि समुदायको सशक्तिकरण नेटुवा समुदायको महिला, बालबालिकाहरूको लागि निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि गर्ने, समुदायको पेशागत सुधार एवं अधुनिकिकरण गर्ने साथै बेरोजगार युवाहरूलाई सीपमूलक तालिम तथा जीविकोपार्जन कार्यक्रमकोलागि स्थानीय स्तर तथा अन्य निकयाहरूमा समन्वय तथा सहकार्य गर्ने लगायतका विभिन्न कार्यहरू सञ्चालन गर्ने उद्देश्यका साथ स्थापित गैर नाफामूलक एवं गैर राजनीतिक सामाजिक संस्था हो ।

यस नेटुवा विकास केन्द्र(NDC)-कपिलवस्तुले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (USAID) को सहयोग र द एसिया फाउण्डेशनको साझेदारीमा युएसएआइडी नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत “Empowering Voices and Promoting Good Governance of Natuwa Community in Nepal” परियोजना कपिलवस्तु जिल्लामा सञ्चालन भइरहेको छ । उक्त परियोजना अन्तर्गत “कपिलवस्तु जिल्लाको नेटुवा समुदायको पार्श्वचित्र (Profile) निर्माण” गर्न तपसिल बमोजिमका करार सेवा परामर्शदाताको आवश्यकता परेकाले यो सुचना प्राकाशित भएको मितिले १० दिन भित्र तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

रिसर्च परामर्शदाता-१ (एक) जना

शैक्षिक योग्यता तथा अनुभव

क) समाजशास्त्र, मानवशास्त्र, कानून तथा मानविकी अन्तर्गत अनुसन्धानका विषयमा कम्तीमा स्नातकोत्तर  तह वा सो सरह उत्तीर्ण गरेको ।

ख) सामाजिक क्षेत्रमा अध्ययन अनुसन्धान कार्यमा संलग्न भइ तथ्याँक/डाटा संकलन तथा घरधुरी सर्भेक्षणकार्य गरेको अनुभव भएको ।

ग) अध्ययन अनुसन्धान गरि तथ्याँक बिश्लेषण तथा प्रतिबेदन लेख्न सक्ने क्षमता भएको ।

घ) संख्यात्मक तथा गुणात्मक तथ्याँक संकलन गरि बिश्लेषण गरेको अनुभव भएको ।

ङ) नेटुवा जातिबारेको सामाजिक पूर्व ज्ञान तथा स्थानीय अवधी भाषा राम्रो बोल्न सक्ने भएको ।

च) सामाजमा घुलमिल गर्न सक्ने तथा प्रभावकारी संचारबारे राम्रो ज्ञान भएको ।

छ) कम्प्युटर सम्बन्धी राम्रो  (Ms-Word, Excel, Power Point, Email, Internet, Zoom/Meet etc.) ज्ञान भएको ।

ज) लोपन्मुख, अल्पसंख्यक एवं सिमान्तकृत समुदायबारे अध्ययन अनुसन्धानमा रुचि राख्ने साथै ती समुदाय परिचालनमा अनुभव भएको ।

सर्भेक्षक(गणक)- ४ (चार)जना

शैक्षिक योग्यता तथा अनुभव

क) कम्तीमा एसईई वा सो सरह उत्तीर्ण गरेको ।

ख) तथ्याँक/डाटा संकलन तथा घरधुरी सर्भेक्षणकार्य गरेको अनुभव भएको ।

ग) जनसंख्या, घरधुरीको संख्या, आर्थिक अवस्था, स्वास्थ्य, शिक्षा, रोजगारी, बसोबासका स्थिति, र अन्य आवश्यक तथ्यांक लिनु ।

घ) संकलित तथ्यांकको पुनः परीक्षण र क्रस-चेक गर्न, गलत जानकारीको पहिचान गर्न सक्ने ।

ङ) तथ्यांकको विश्वसनीयता कायम राख्न आवश्यक अनुसन्धान र परीक्षण गर्नसक्ने ।

च) घरधुरीको व्यक्तिगत विवरण र तथ्यांकको गोपनीयता सुनिश्चित गर्नसक्ने ।

आवश्यक कागजपत्रहरू:

उल्लेखित पदहरूको लागि लिखित निवेदन सहित व्यक्तिगत विवरण (Bio-Data/CV) अनिवार्य पठाउनु हुन र आफ्नो सम्पर्क नं र इमेल आइडी समेत उल्लेख गर्नुहोला ।

निवेदन दिने अन्तिम मिति र समय: २०८१/०७/२१ गते साँझ ४ बजे भित्र ।

छनौट प्रकृया:

शैक्षिक प्रमाण–पत्र तथा कार्य अनुभवको आधारमा छोटो सूचीमा छनौट भएका उम्मेदवारहरूलाई मात्र  मौखिक परिक्षा(अन्तरवार्ता)को लागि बोलाइने छ । 

सेवा सुविधा: परियोजना र संस्थाको नियमानुसार हुनेछ ।

निवेदन वुझाउने ठेगाना:

नेटुवा विकास केन्द्र (NDC)- कपिलवस्तुको कार्यालय, मायादेवी गाउँपालिका-१, पकडीचोक, सम्पर्क नं. 9844714469 इमेल: ndckv2024@gmail.com

नोट: नेटुवा समुदाय, महिला, दलित, मुस्लिम तथा र्यौनिक अल्पसंख्यक तथा सम्बन्धित क्षेत्रमा काम गरेका र स्थानीय व्यक्तिलाई विषेश ग्राह्यता दिइनेछ । आवेदन बुझाउने अन्तिम दिन विदा भएमा कार्यालय खुला हुनेछ र आवेदन दर्ता हुनेछ । माथी उल्लेखित ईमेल मार्फत पनि निवेदन पेश गर्न सकिन्छ । तोकेको समय भन्दा पछि निवेदन आएमा स्वतः रद्द हुने छ ।

Overview

Category Data & Info Service, Social Science, Development and Project, Human Rights, Research, Law, NGO/INGO/Social work
Openings 5
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 27 Oct, 2024
Apply Before 06 Nov, 2024
City Kapilvastu