परियोजना संयोजक (Project Coordinator)

Mallarani Rural Development Concern Center

Details / requirements:

कर्मचारी आबश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८०/०९/०६

ग्लोबल फण्ड सहयोग अन्तर्गत सेभ द चिल्ड्रेनको साझेदारीमा प्यूठान तथा अर्घाखाँची जिल्लामा आप्रवासी तथा तिनका परिवार (Migrants and their spouses) लाई लक्षित गरी यस संस्थाद्वारा सञ्चालित एच.आई.भी. रोकथाम कार्यक्रम तर्फ देहाय बमोजिम पद खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा तत्काल पूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त आह्वान गरिएको छ ।

बिज्ञापन नं.  ०५/०८०/८१

पद: परियोजना संयोजक

आवश्यक संख्या: १ (एक)

आवश्यक योग्यता तथा प्राथमिकता

  • मान्यताप्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य विषयमा स्नातकतह (BPH) उत्तीर्ण गरी परियोजना सञ्चालन सम्बन्धी न्यूनतम २ बर्ष अनुभव वा सामाजिक बिज्ञान विषयमा स्नातकतह उत्तीर्ण गरी एच.आई.भी. रोकथाम सम्बन्धी कार्यक्रममा न्यूनतम ४ बर्ष अनुभव हासिल गरेको ।
  • कम्प्यूटर अफिस प्याकेज (MS Word, Excel, Power point) लगायत ईमेल तथा इन्टरनेट सम्बन्धी राम्रो ज्ञान भएको ।
  • समुदाय परिचालन, पैरवी तथा लबिङ्ग सम्बन्धी क्षमता र तथ्यांक एवं सूचनाहरु विश्लेषण गरी प्रतिवेदन बनाउन सक्ने ।
  • जिल्ला स्तरीय सरोकारवाला निकायहरुसंग समन्वय तथा सहकार्य गर्ने क्षमता भएको ।
  • नेपाली तथा अंग्रेजी दुबै भाषामा सञ्चार शीप भएको ।

दरखास्त दिने विधि:

  • आवेदकले तोकिएबमोजिम कागजात सहित संस्थाको कार्यालय मल्लरानी गा.पा.-४ खलंगा बजार प्यूठानमा प्रत्यक्ष वा ईमेल ठेगाना mrdcc.hr@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । संस्थाले पूर्ण वा आंशिक कुनै पनि आवेदन विनाशर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
  • प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार तथा बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरु प्रति प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) रहेको छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन जानकारी गराइन्छ ।

पेस गर्नुपर्ने कागजातहरु:

  • बिज्ञापन नं. तथा पद उल्लेख गरिएको दरखास्त पत्र (आवेदन),
  • सन्दर्भ व्यक्तिहरुको (References) नाम, सम्पर्क नम्बर तथा ईमेल ठेगाना अनिवार्य रुपमा उल्लेख गरीएको आवेदकको व्यक्तिगत विवरण (CV)
  • नागरीकता, शैक्षिक योग्यता, अनुभव तथा तालिम सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि,
  • हालसालै खिंचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।

दरखास्त दिने अन्तिम मिति: २०८० पौष १२ गते (December 28, 2023) कार्यालय समय साँझ ४:०० बजे सम्म । सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको साँझ ४:०० बजे सम्म ।

नोट: रित नपुगेका वा म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।

बिज्ञापन सम्बन्धी बिस्तृत जानकारीका लागि संस्थाको फोन नं. ०८६-४२०३१८ वा संस्थाको ईमेल ठेगानामा सम्पर्क गर्न सकिनेछ ।

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience 2+ years, 4+ years
Education B.P.H. (Bachelors in Public Health), Bachelor's degree in social science
Posted Date 22 Dec, 2023
Apply Before 28 Dec, 2023
City Pyuthan