परियोजना संयोजक/प्राविधिक संयोजक

Hamro Prayash Nepal, Sindhuli

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक प्रकाशन मिति: २०७८/०९/१७ गते

तिनपाटन गाँउपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा हाम्रो प्रयास नेपाल सिन्धुलीको सहजिकरणमा संचालन गर्न “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता साझेदारी विकास कार्यक्रम” को लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ । 

१. पद: परियोजना संयोजक: १ (एक) जना

परियोजना क्षेत्र- तिनपाटन गाउपालिका सिन्धुलीको सवै वडाहरु 

न्युनतम योग्यता र कार्य अनुभव:

  • कृषि वा पशु चिकित्सा (भेट्नेरी) वा समाज शास्त्र, ग्रामिण विकास (RD), Social work स्नातक तह उतिर्ण गरि कम्तीमा २ वर्षको अनुभव जस्ता सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा ३ वर्षको सामुदायिक विकास बाख्रा, दुग्ध उत्पादन, कृषि ,तरकारी आदिको मुल्य श्रृखलमा काम गरेको  अनुभव भएको ।
  • योजना तर्जुमा, बजेट व्यवस्थापन ,परियोजना व्यवस्थापन कार्यन्वयन, अनुगमन तथा मूल्यांकनको र प्रतिवेदन लेखनमा ज्ञान सिप तथा अनुभव भएको ।
  • सानाकिसान सवलीकरण तथा उद्यमशीलता साझेदार कार्यक्रम सम्वन्धि ज्ञान सिप र अनुभव भएको ।
  • नेतृत्व क्षमता, कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन तथा सहजिकरण, प्रतिवेदन लेखन जस्ता सम्वन्धीत विषयमा ज्ञान सिप तथा अनुभव भएको । 
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • परियोजना सरोकारवालाहरू, स्थानीय/प्रदेश सरकारहरू सँग समन्बय गरि दस्तावेजीकरण र रिपोर्टिङ र प्रतिवेदन लेख्न सक्ने ।
  • कम्प्युटरको Office Package (micro-soft word, excel, power point, English Nepali typing and  email internet) सम्वन्धी दक्षता भएको ।
  • परियोजना क्षेत्रमा (field based) कम्तीमा ७० प्रतिशत समय फिल्डमा काम गर्नुपर्ने।
  • मोटर साईकल चलाउन सक्ने तथा लाईसेन्स भएको (मोटरसाईकल भएकोलाई ग्राहयता दिईने छ)। 

२. पद: प्राविधिक संयोजक: १ (एक) जना

न्युनतम योग्यता र कार्य अनुभव:

  • भेटेरीनरी विषयमा ISC Animal Science वा जे.टि. (J.T.) उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यनुभव भएको वा जे.टि.ए. (JTA) उत्तिर्ण गरी सम्बन्धित विषयमा कम्तीमा ३ वर्षको कार्य अनुभव भएको ।
  • पशु उपचार तथा व्यस्थापनमा राम्रो दख्खल भएको ।
  • कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक दक्षता भएको ।
  • स्थानीय सरकार र सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कृषि तथा पशु बस्तुको बजारीकरण सम्बन्धि ज्ञान तथा अनुभव भएको ।
  • प्राविधिक तालिमको आयोजना, संञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
  • परियोजना क्षेत्रमा (field based) कम्तीमा ८० प्रतिशत रहि काम गर्नुपर्ने छ ।
  • स्थानिय पशु स्वास्थ्य कायकर्ताको क्षमता अभिवृदि तथा परिचालन गर्न सक्ने । 
  • मोटर साईकल चलाउन सक्ने तथा लाईसेन्स भएको (मोटरसाईकल भएकोलाई ग्राहयता दिईने छ)। 

नोट:

१. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।

२. दरखास्त दिने अन्तीम मिती: सूचना प्रकाशन भएको मितिले ७ दिनको कार्यालय समय भित्र

३. परिक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

४. आवश्यक कागजातहरु: पदको आवेदन खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धित विषयको कार्यानुभव पत्र, स्थायी लेखा नम्बर र अन्य कागजातहरुको प्रतिलिपी सहित तपसिलमा उल्लेखित हाम्रो प्रयास नेपाल सिन्धुलीको इमेल मार्फत वा सोको कार्यालय सिन्धुलीमा दरखास्त बुझाउनु सकिनेछ । 

५. परियोजनाको कार्य क्षेत्र  तिनपाटन गाँउपालिका, सिन्धुली हुने छ ।

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित तथा मौखिक परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

पदपुर्ति समिति

हाम्रो प्रयास नेपाल सिन्धुली

क.न.पा-६, माडीसिन्धुली

सम्पर्क नं.: ०४७-५२०१६४/९८१६८०३२२९

Email  :- hamroprayashnepal.sindhuli@gmail.com

Overview

Category Technical, Development and Project
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 01 Jan, 2023
Apply Before 07 Jan, 2023
City Sindhuli