परियोजना संयोजक (project Coordinator)
Details / requirements:
कर्मचारी आवश्यकता सम्वन्धी सूचना
दोश्रो पटक प्रकाशन मितिः २०८१।१०।०८
बरेङ गाउँपालिका बागलुङ र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बिवाईसी, बागलुङ द्वारा सञ्चालन हुने प्रस्ताबित “कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता विकास तथा बजारिकरण परियोजना” का लागि तपशिलमा उल्लेखित पदमा कर्मचारीको आवश्यकता भएकाले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
१) पद: परियोजना संयोजक (project Coordinator)
पद संख्या: १ जना
न्युनतम योग्यता र कार्यनुभव:
- समाजशास्त्र, कृषि, भेटनरी विषयमा स्नातक तह वा सो सरह उत्तिर्ण गरी कम्तिमा २ वर्ष सामुदायिक विकासको क्षेत्रमा काम गरेको अनुभव भएको ।
- योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यन्वयन, अनुगमन तथा मुल्यङ्कनको अनुभव ज्ञान सिप भएको ।
- सानाकिसान सबलिकरण तथा उधमशिलता साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान सिप र अनुभव भएको ।
- कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण र प्रतिवेदन सम्बन्धि ज्ञान सिप र अनुभव भएको ।
- कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उधमशिलतामा महिला तथा युवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
- कम्यूटर (Microsoft Word, Excel, Powerpoint, Internet) सम्बन्धी कला भएको।
- स्थानिय सरकार र अन्य सरोकारवालासँग समन्वय सहकार्य गरी कार्य गर्न सक्ने ।
- कार्यक्रम संयोजक कम्तीमा ८० प्रतिशत समयबधि परियोजना क्षेत्रमा बस्नुपर्ने ।
२. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तिम मिति: २०८१/१०/१४ गते कार्यालय समय भित्र ।
४. परिक्षाको किसिम: संस्थाको नियमअनुसार हुनेछ ।
५. उमेर २० वर्ष पुरा भई ४५ वर्ष ननाघेको ।
६. आवश्यक कागजातहरू: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरि व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी का साथमा हस्तलिखित निवेदन सहित संस्थाको केन्द्रिय कार्र्यालय वा.न.पा.१ रामरेखामा बुझाउन सकिने छ । दरखास्त दिने अन्तिम मितिका दिन विदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्रमा बुझाउन सकिने छ ।
प्रारम्भीक छनोटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ। रित नपुगेका म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन। कर्मचारी छनौटको सर्वाधिकार बिवाईसी, बागलुङमा रहनेछ।
आवेदन फारम बुझाउने ठेगनाः
बिवाईसी, बागलुङ बा.न. पा. ०१ रामरेखा बागलुङ
फोन नं ०६८५२०१०२/५२२२६० इमेलः bycbaglung42@gmail.com
नोटः फोन तथा अन्य माध्यमबाट संस्थालाई प्रभाव पार्न प्रयास गर्ने उम्मेदवारहरू आवेदन स्वतः अयोग्य ठहर गरिने भएकोले यस्ता प्रयास नगर्न सुचित गरिन्छ ।
संयोजक
पदपुर्ति उप–समिति
विवाईसी,बागलुङ
Overview
Category | Agriculture, Social Science, Development and Project, Animal Health |
Openings | 1 |
Experience | 2+ years |
Education | B.V.Sc. (Bachelors in Veterinary Science), Bachelor's degree in social science, B. Sc. in Agriculture |
Posted Date | 20 Jan, 2025 |
Apply Before | 27 Jan, 2025 |
City |